लभ स्टेसन सिद्धपोखरीमा इन्द्रजात्राको मेला

रविन राचलिका

इन्द्रजात्राको भोलिपल्ट आधुनिक पुस्ताले लभ स्टेसन भनेर नामाङकन गरेको भक्तपुरको सिद्धपोखरीमा मेला लाग्ने भएको छ । मेला आगामी शुत्रवार भदौ १९ हुने भएको छ । इन्द्रजात्राको दिन भक्तपुरको इन्द्रायणी देबीको खट यात्रा अवेर राति हुने गर्दछ । त्यसको भोलिपल्ट भने खटलाई सिद्धपोखरीमा राखिन्छ । यसै दिन यहाँ मेला लाग्ने गरेको हो ।मेलाका दिन बिहान पख भक्तजनहरुको सिद्धपोखरीमा स्नान गर्नको लागि जाने गरेका छन् । दिउसोतिर बाजागाजा सहित इन्द्रयाणीको खट ल्याइए पछि भने पुजा अर्चना हुने गर्दछ । इन्द्रायणीको जात्रा हुने भएकोले यस पोखरीलाई इन्द्रसरोबर पनि भन्ने गरिएको छ ।

एक दशक अघि पोखरी पुरिन लागेको बेलामा लोप हुने देखिएको सिद्धपोखरी मेला केही बर्ष यता फेरी भब्यताका साथ मनाउन थालिएको हो । पोखरीको जिर्णोद्धार भए पछि युवाहरुको लागि यो स्थान युवाहरुको लागि डेटिङ स्पटको रुपमा बिकसित हुदै आएको छ । यस बर्ष भने सिद्धपोखरी मेलाको रौनक दिन साँझ पोखरी परिसरमा स्थानीय युवाहरुले दिपावली गर्ने भएका छन् । अघिल्ला बर्षहरुमा पनि उनीहरुले अवेर राति सम्म दिपावली गरेर राति पोखरीमा घुम्ने चाहने युवाहरुको लागि अवसर प्रदान गरेका थिए ।

चारैतिर पर्खालले घेरिएको पोखरी परिसरमा साँझ सात बजे पछि प्रबेश निषेध गरिएको छ । दिपावलीको गरिने भएकोले बर्षको एक चोटी यसै दिन मात्र सिद्धपोखरी राति अवेर सम्म खुल्ला रहन्छ । भक्तपुर कै सबैभन्दा ठुलो पोखरीको रुपमा रहेका यस पोखरीलाई स्थानीय भाषामा तःपुखु पनि भन्ने गरिएको छ । पोखरीको करीब ९ मिटरको परिधि परिक्रमा गर्न सरदर १० मिनेट समय लाग्ने गर्दछ । मेलाका दिनमा पोखरीका चार वटा ढोका मध्ये पुर्बको एउटै ढोका मात्र खुल्ला राखिन्छ । हजारौंको संख्यामा उपस्थित हुने दर्शकको ओइरोलाई ब्यबस्थित गर्न वान वेको ब्यबस्था गरिएको छ ।

के गर्ने

पोखरीमा माछा पालन गरिएको छ । धेरै मानिसहरु माछा हेरेर मन बहलाउछन् । केहीले माछालाई खाजा खुवाएर आनन्द लिन्छन् । माछालाई खुवाइने खाजाको पसल पोखरीमा साचालित छ । उत्तरतिरको मनोरम पहाडको दृष्य पनि हेर्न सकिन्छ । साँझ भने दिपावलीको कारण पोखरीमा आगोलागको जस्तो अनुभुति गर्न सकिन्छ । टाढाबाट आएर यहाँ बस्न चाहनेहरुको लागि सिद्धपोखरी क्षेत्र वरपार लजहरु खुलेका छन् । उनीहरु यही बास बस्न पनि सक्छन् । पोखरी परिसार बाहिर रहेको सुन्दर बगैचा भने केही दुष्टहरुले भत्काए पछि कुरुप भएका छन् । मेलाको दिनसम्ममा बगैचाको हालत सुधार्न स्थानीयबासी रमेश सिल्पकारको अनुरोध रहेको छ । पोखरी क्षेत्रमा रहेका साना ठुला गरी १९ वटा पाटीहरुमा बसेर साथीसंगीसंग दुखसुखका बात मार्न सकिन्छ ।

Advertisements
Posted in nepal. Tags: , . Leave a Comment »

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: