सुजातालाई सफाई:अनमिनको काम चित्त नबुझ्दो भएको

काठमाडौं, नेपाली कांग्रेस संसदीय दलले परराष्ट्र मन्त्री सुजाता कोइराला भारत भ्रमणमा नगएको विषयमा थप छलफल नगर्ने भएको छ। संसदीय दलका कार्यालय सिंहदरवारमा म‌ंगलबार भएको बैठकले कोइरालाको स्पष्टीकरण चित्तबुझ्दो भएको भन्दै त्यस विषयमा थप छलफल नगर्ने निष्कर्ष निकालेको हो । बैठकमा कोइरालाले स्वास्थ्य समस्याकै कारण आफूले भारत भ्रमण रद्द गरेको दोहोर्याएकी छिन् । उनले भ्रमणमा जान नसकेको कारण पार्टी र आफू दुवैलाई घाटा भएको बताएइन् ।

आफ्नो दलबल सहित ‌संसदीय दलको कार्यालयमा पुर्दा त्यहाँ भेला भएका कोइराला समर्थकहरुले उनको पक्षमा नारावाजी गरेको थियो । प्रधानमन्त्री माधवकुमार नेपालको ५ दिने औपचारिक भारत भ्रमण टोलीमा सहभागी नभए पछि पार्टी भित्र र बाहिर कोइरालाको चर्को आलोचना भएको थियो।उप प्रधानमन्त्री नबाएको भन्दै कोइलालाले अन्तिम समयमा भ्रमण रद्द गरेको समाचार प्रकासित भएका थिए ।यसअघि शनिबार बैठकमा आफू उपस्थित नभै स्पष्टीकरण पत्र मात्रै पठाएपछि आक्रोसित भएका सभासद्हरुले कोइरालालाई मंगलबारको बैठकमा आफै उपस्थित भएर स्पष्टीकरण दिन अन्तिम मौका दिने निर्णय गरेका थिए ।संसदीय दलले नेपालमा शान्ति प्रकियालाई सहज पार्न बसेको संयुक्त राष्ट्रस‌घीय मिसन अनमिनको काम चित्त बुझ्दो नभएको निश्कर्ष पनि निकालेको छ। शिविरमा रहेका माओवादी लडाकु र तिनका हतियारको अनमिनले अनुगमन गर्नुपर्नेमा त्यसअनुसारको व्यवहार नपाएको भन्दै संसदीय दलले असन्तुष्टि व्यक्त गरेको हो।

सशस्त्र प्रहरीले २० जना माओवादी लडाकुलाई सोमबार हतियारसहित रुपन्देहीमा पक्राउ गरेको थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: