बाढी पहिरोले पूर्वमा ९ को ज्यान लियो

२० अगष्ट, ०९ । अविरल बर्षापछि आएको बाढी पहिरोका कारण आज मात्र पूर्वमा ९ जनाको ज्यान गएको छ ।सिरहाको सारस्वर गाविस नजिक पर्ने कमला नदीमा डुवेर आज दिउँसो तीनजना वालकहरुको मृत्यु भएको छ ।मृत्यु हुनेमा सास्वर -२ का मोहम्मद हविव दथालीका पाँच वर्षीय छोरा अफराज दथाली, मोहम्मद मजिद दर्जीका पाँच वर्षीय छोरा वकील दर्जी र मोहम्मद मफुज दर्जीका पनि सोही उमेरका छोरा काजीर दर्जी रहेका छन् ।तीनैजना नावालकहरु दिउँसो करिव ३ वजेतिर साथीहरुसंग सो नदीमा नुहाउन गएका वेला डुवेर मृत्यु भएको हो ।यस्तै रातभर परेको अविरल बर्षाका कारण सङ्लु खोलाले बगाएर इलामको महमाइ ९ का दुइजना बालबालीका को ज्यान गएको छ ।खोलाले बगाएर स्थानिय सविरमान राइका ३ बर्षिय छोरी इला राइ र ६ महिनाको नाम नखुलेका छोराको ज्यान गएको हो ।यस्तै इलामकै इरौंटार ८ मा पैरोले पुरिएर २ जना वालिकाको मृत्यु भएको छ ।
राती २ वजे सन्त वहादुर राइको घर पैरोले पुरे पछि उहाको २ जना छोरीहरु १२ वर्षिय फुल माया राइ र नौ वर्षिय अनिषा राइको मृत्यु भएको हो ।यस्तै बस्तीमा पसेको विरिङ्ग खोलाको भेलले बगाएर आज विहान झापाको घैलाडुब्बामा एक बालिकाको मृत्यु भएको छ ।घरभित्र पसेको भेलले बगाएर घैलाडुब्बा ८ की अढाई वर्षीया सविना मुर्मुको मृत्यु भएको हो । विरिङ्ग खोलाले बगाएर घैलाडुब्बा १ का ढलबहादुर पुलामी वेपत्ता भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।यस्तै रतुवा खोला दमक १२ मा परेर डुवान हुदा एक जना सिसुको ज्यान गएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: