बाढीको विपत्ति

काठमाडौं/लगातारको बर्षासागै आएको बाढीले धनजनको क्षति हुनुका साथै देशभर जनजीवन अस्तव्यस्त भएको छ। महोत्तरीको जलेश्वरमा बाढीले बगाउादा एक बालिकाको मृत्यु भएको छ। जिल्लाका दर्जनौं गाउाबस्ती डुवानमा परेका छन्। बाढीले बगाउादा प्रहरी जवान जितेन्द्र सिंहकी तीन वर्षीया छोरीको मृत्यु भएको हो। रातु नदीमा आएको बाढीले बााध भत्काएर नगर क्षेत्रमा प्रवेश गरेकाले सदरमुकाम जलेश्वर जलमग्न भएको छ। जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल, सिंचाई, भूमिगत जलस्रोत, लोकसेवा आयोग, विद्युत प्राधिकरण, दुरसञ्चार, कृषि विकास बैंक, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, पशुलगायत सरकारी कार्यालयमा पानी पसेको छ। सेना प्रहरी, रेडक्रसका उद्धार टोली सदरमुकामबाहिर जान नसकेकाले ग्रामीण भेगमा पानीले पुर्यारएको क्षतिको विवरण आउन नसकेको प्रहरी उपरीक्षक कृष्णप्रसाद गौतमले बताए। जलेश्वर कारागार जलमग्न हुादा कैदीको विजोग भएको छ। कारागारभित्र तीन फिटभन्दा बढी पानी जमेकाले कैदीले छतमा बसेर रात कटाईरहेका छन्। ख श्रेणीको एक सय ३५ जना क्षमता रहेको यो कारागारमा अहिले १७ महिला, चार आश्रीत सहित तीन सय पााच कैदी छन्। लगातारको बर्षाले कन्चनपुर जिल्लाको अधिकांश भूभाग डुवानमा परेको छ। बर्षाले जिल्लामा तीन सयभन्दा बढी परिवार विस्थापित भएका छन् भने हजारौं विघा जमिन डुवानमा परेको छ।

महाकाली नदीको बाढीले भीमदत्त नगरपालिकाका ५० परिवार विस्थापित भएका छन्। दुई दिनदेखि नेपाल भारत जोड्ने महाकाली आवागमन ठप्प छ। एक लाखभन्दा बढीको जलस्तर पुलका लागि जोखिम मानिने महाकाली नदीमा तीन लाख ३१ हजार चार सय क्वीसेक पानी मापन गरिएको छ। दोदा, स्याली, सुनबरा, कन्चनपुर र कैलालीको सीमावर्ति नदी मोहनाको बाढी गाउा पसेको छ। रौतलिविचवा, शंकरपुर, देखतभुली, रैकरवारविचवा, श्रीपुर, परासन, त्रिभुवनवस्ती, कृष्णपुर लगायत गाविसमा बाढीबाट तीन सयभन्दा बढी परिवार विस्थापित भएका छन्। रौतेलिविचवाका एक सय घर डुवानमा परेका छन्। दोदा नदीको बाढीले शंकरपुर, देखतभुली, श्रीपुरका डेढ सय परिवार विस्थापित भएका छन्। मोहनाको बाढीले कृष्णपुरका १४ परिवार विस्थापित भएका छन्।

भारी बर्षासागै आएको पहिरोले घर पुरिादा डडेलधुराको अमरगढी ५ बस्ते तीन बर्षिय गणेश थापाको मृत्यु भएको छ भने उक्त परिवारका चार जना घाइते भएका छन्। रंगुन खोलामा आएको बाढीले आलिताल गाविसमा पााचवटा पसल बगाएको छ भने जोगबुढामा एक बचत संस्थाको भवनसमेत बगाएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। बाढीकै कारण जोगबुढास्थित इलाका प्रहरी कार्यालय विस्थापित भएको छ। जिल्लाका विभिन्न गाविस गरी १८ परिवार विस्थापित भएका छन्। सुदुरपश्चिमका पहाडी सडक अवरूद्ध छन्। बाढीका कारण बुटवलस्थित तीनाउ नदी किनारका दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन्। भैरहवामा रहेका आधा दर्जन सरकारी कार्यालय डुवानमा परेका छन्।  कन्काई नदीमा आएको बाढीले झापाको सतासीधाम ८ आापटारी बस्तीमा दुई घर बगाएको छ। सेती नदीको बाढीले डोटी बल्लेक गाविसका ११ वटा पसल र लाटामाडौं गाविसस्थित गौघाटबजारका सातवटा पसल बगाएको छ। बारबाटा गाविस ८ किमडाका सातवटा घर पहिरोले पुरेको छ। सिलगढी नगरपालिका १० मेघिटोलमा २० वटा घरभित्र पानी पसेको छ। गडसेरा गाविसमा एक र सात गाविसमा दुईवटा घर पहिरोले बगाएको प्रहरीले जनाएको छ।

बर्षाका कारण दाङको देउखुरी उपत्यका पनि डुवानमा परेको छ। दैलेखको विभिन्न ठाउामा पहिरो जादा सुर्खेत दैलेख सडक अवरूद्ध भएको छ। त्रियुगा नदीमा आएको बाढीले उदयपुरको त्रियुगा नगरपालिका ि७ का तीन परिवार विस्थापित भएका छन्। गुल्मीको बढीघाट खोलामा आएको बाढीले खाल्डेफााटमा रहेको ३० रोपनी खेत बगर बनाएको छ। बर्षाका कारण बााके र बर्दियाको जनजीवन प्रभावित भएको छ। राप्ति नदीकिनारका होलिया र बेतहनीका केही घर डुवानमा परेका छन्। फत्तेपुर र होलियामा पनि दर्जनौं घर डुवानमा परेको जिल्ला प्रशासन कार्यालय बााकेले जनाएको छ।

तीन दिनको लगातार वर्षापछि आएको बाढीले कन्चनपुरमा एकजनाको मृत्यु भएको छ भने सयौं परिवार अझै घर फर्कन सकेका छैनन्। बाढीले बगाउादा लक्ष्मीपुर ४ खैरेनीका ३२ बर्षिय हर्कबहादुर थापाको मृत्यु भएको हो। बाढीले घर डुवानमा परेपछि परिवारका सबै सदस्यलाई तारेर सामान तार्न खोज्दा उनी बगेका थिए। उनको घर समेत बगाएको छ। वर्षा रोकिएपनि बाढीले भरिएका घरखेतको पानी नघटेकाले विस्थापित परिवार अझै घर फर्किन सकेका छैनन्। दानव नदीले बगाएर रुपन्देहीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोनाहा ९ का १४ बर्षिय चिन्कु मुसलमान रहेको प्रहरीले जनाएको छ। खेतबाट आउने क्रममा अचानक हराएका मुसलमान बुधवार गोनाहा ८ स्थित नदीकिनारमा मृत अवस्थामा भेटिएका थिए। बाढीका कारण सो क्षेत्रमा करिव आधा दर्जन घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

अविरल वर्षाका कारण राप्ति नदी तथा अन्य सानातिना नालाको बाढीले राप्तिपारी गंगापुरका कुदरबेटवा, कुडवा, चौफेरी, गंगापुर, सोनवर्षा र राप्तिवारीको होलियाको टेपरी गाउा डुवानमा परेको छ। नदी छेउछाउका बासिन्दालाई उद्धार तथा आपतकालीन सहयोग गर्न नेपाली सेनासहित दुई सय १३ सुरक्षाकर्मी रबर बोर्डसहित परिचालन गरिएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: