भक्तपुरमा यात्रुवाहक बसहरु एक आपसमा ठोक्किदा चालीसभन्दा अधिक घाइते

भक्तपुरमा सोमबार बिहान दुई वटा यात्रुवाहक बसहरु एक आपसमा ठोक्किदा चालीसभन्दा अधिक घाइते भएका छन।   घाइतेहरुको ठिमीस्थित कोरिया मैत्री अस्पतालमा उपचार भइरहेको छ। काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३३७७ र भक्तपुरबाट काठमाडौँ गइरहेको बा २ ख ४८६० नम्बरको बस भक्तपुरको गुह्येश्वरी फिल्ड भन्ने ठाउँमा सोमबार बिहान साढे ८ बजे ठोक्किएका थिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुको बीएन्डबी अस्पतालका उपचार भइरहेको छ ।यसैगरी सोमबार बिहान साढे ४ बजे मकवानपुरको चुरियामाई, रातोमाटेनजिकै भएको बस दुर्घटनामा ४ यात्रु घाइते भएका छन्।

काँकडभिट्टाबाट काठमाडौंका लागि हिँडेको मे १ ख ८९० नम्बरको बस रातोमाटेको लचकामा पल्टिँदा ४ यात्रु घाइते भएका हुन्। घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। यस्तै, पूर्व पश्चिम राजमार्गको चैनपुरमा तीन वटा टक जुधेपछि सडक अबरुद्ध भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ख ३११७ नम्बरको ट्रक र विपरित दिशाबाट गएको ना २ ख ६२१९ नम्बरको ट्रक जुधेपछि रोकिराकेको ना ३ ख ७५५५ नम्बरको अर्को ट्रकमा ठक्कर खाएको हो। तीनवटा सवारी साधन जुधेपछि चैनपुर १ तरकारीचोकमा आइतबार राती ८ बजेबाटै सडक जाम भएको छ।  ठक्कर खाएका सवारी साधनको अग्रभागमा क्षती पुगे पनि मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।यस्तै, चितवनमा गाडीको ठक्करबाट घाइते भएका व्यक्तिको सोमबार बिहान मृत्यु भएको छ।  आइतबार बेलुका ८ बजे टाँडीचोकमा गाडीको ठक्करबाट टाँडी सुव्वाचोकका ३५ बर्षीय कृष्ण परियारको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सोमबार बिहान सवा २ बजे मृत्यु भएको हो। ठक्कर दिएको आशंकामा ना २ ख ८२८३ नम्बरको ट्रक इलाका प्रहरी कार्यालय टांडीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।यसरी नै दाङमा भएका छुट्टा छुट्टै सडक दुर्घटनामा परी ९ जना घाइते भएका छन्। काठमाडौंबाट सल्यान तर्फजाँदै गरेको बस दाङको गुहारखोलामा सोमबार बिहान पल्टिदा ८ यात्रु घाइते भएका छन।ना २ ख ६१६० नम्बरको बस तुलसीपुर घोराही सडक खण्डको गुहारखोलामा पल्टिदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते मध्य दाङ बिजौरी ३ का ५० वर्षकी ज्ञानी भटटराई र तुलसीपुर ५ की ३८ वर्षकी सवित्री पाण्डेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै, धनगढीबाट घोराहीतर्फ जाँदै गरेको ना २ ख ६१६८ नम्बरको ट्रक आइतबार राती मसोट खोला नजिक दुर्घटना हुदा एक जना घाइते भएको ईलाका प्रहरी कार्यालय लमहीले जनाएको छ।  घाइते हुनेमा धनगढी सहजपुर ६ निवासी गाडी चालक योगेन्द्र खडका रहेको प्रहरीले जनाएको छ। घाइते खडकाको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भइरहेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: