भक्तपुरको पृथक गाईजात्रा

भक्तपुरमा देखाइने गाईजात्रा, अन्य ठाउँको भन्दा पृथक र मनोरञ्जक भएकाले हरेक भाद्र कृष्ण प्रतिपदाका दिन यहाँ करिब दुई लाख जात्रालुहरू आउने गरेका छन्। भीडलाई व्यवस्थित गर्न जात्रा हेर्न आउनेहरूले गाई आउने बाटोको उल्टोपट्टिबाट हिँड्नुपर्दछ। गाई र जात्रामा देखाउन ल्याइने विभिन्न नाचहरू घडीको सुई घुम्ने दिशा भएर घुम्छन्। ‘त्यसैले जात्राका दर्शकहरूले हिँड्दै जात्रा हेर्न, घडीको सुइ घुम्ने उल्टो बाटोबाट हिँड्नुपर्दछ’, स्थानीय युवा राजा प्रजापति बताउँछन्। मौलिकताका रूपमा रहेको ताहासा चारवटा लामा बासहरू ठड्याएर कपडाले बेरी बनाइएका हुन्छन्। ताहासाको पछाडि ‘घिन्ताङ किस्ाी’ लठ्ठी जुधाएर खेलिने नाचमा क्रमबद्ध भएर सहर परिक्रमा गर्ने प्रचलन रहेको छ।
गाईजात्राको दिनमा जात्रालुहरूको सुविधाका लागि विभिन्न समूहहरूले निःशुल्क खानेपानी व्यवस्था गरिएको छ। यसको साथै ठाउँठाउँमा फलफुल, रोटी आदि खाद्य वस्तु जात्राका दर्शकहरूलाई दान दिने गरिन्छ।
‘प्याकेट बन्दी खाजाको सेवन गरी परम्परा र धार्मिक आस्थाका लागि गरिने दानको अपहेलना नगर्र्न’ वर्षाैंदेखि दान दिँदै आएका रामप्यारी कोजूले बताए। दानको रूपमा घरमै बनाइएका फलफुलका विभिन्न परिकारहरू बाँडिने गरिन्छ।
हरित समूह भक्तपुरका श्रीकृष्ण सितिखुले जात्राका बेलामा सिसीहरू, चाउचाउ र बिस्कुटका खोल कागजका टुक्राटाक्री र प्लाष्टिकका झोलाहरू नगरका सडकहरूमा नछोड्न जात्रालुहरूलाई अनुरोध गरेका छन्। यस किसिमका वस्तुहरू आफैंसँग राखी, आफ्नैै ठाउँमा लगेर फ्याँक्न सितिखुले सुझाव दिएका छन्।
लठ्ठी जुधाउने क्रममा, जात्रालुहरूलाई चोट लाग्नसक्ने भएकोले पनि जात्राका दर्शकहरू उल्टो बाटो भएर हिँड्नुपर्ने हुन्छ, भ्ाक्तपुर तापालाछीका लक्ष्मीप्रसाद छ्वालुको भनाइ छ।
जात्रा अवलोकन गर्न दरबार क्षेत्र, टौमढी, नागपोखरी र दतात्रयमा बस्न सकिन्छ। हिँड्दै जात्रा हेर्न आउने पाटन र काठमाडौंका बासिन्दाहरू ब्याँसीमा ओर्ली, खौमा, इताछे, तेखापोखरी, वंशगोपाल, नासमना हुँदै पाँचतले मन्दिर पुग्नुपर्दछ। त्यसपछिको यात्रा टिबुक्छे, सुकुलढोका, गोमारी, इनाचो, दतात्रय, सूर्यमढी, त्वचा गल्ली, गछंे, साकोलान हुँदै नागपोखरी पुग्न सकिन्छ।
नागपोखरीबाट, थालाछे, महालक्ष्मी, तुछिमला, वेछे, त्रिपुरासुन्दरी, बालाखु हुँदै दरबार क्षेत्र पुगी पुनः खौमामा पुगेपछि नगर परिक्रमा पूरा हुन्छ। बनेपाबाट आउने दर्शकहरूले जगातीबाट नगर प्रवेश गरी इनाचो हुँदै उल्लिखित मार्ग भएर जात्रा अवलोकन गर्न सक्छन्।
घिन्ताङ किसीबाहेक नगरका चोकचोकमा परम्परागत नाचहरू दिनभरि नै देखाइरहेको हुन्छ। भैल प्याख, देबी प्याखँ, लुस्ाी प्याखँ आदि नाच हेर्न दर्शकहरू विशेष रूपले आकर्षित हुन्छन्।
माक प्याखँ, किसी प्याखँजस्ता दर्जनौं नाचहरू लोप भइसकेकाले नाच सिकाउने गुरुहरूले चिन्ता व्यक्त गरेका छन्। विदेशी वाद्यवादनको प्रयोगलाई विकृति र साँस्कृतिक अतिक्रमणका रूपमा लिइएको छ।
दतात्रय, लायकु, बसपार्क, ब्याँसी र राम मन्दिरमा भनपाले सार्वजनिक शौचालयको व्यवस्था गरिदिएको छ। खँचा टोल सुधार समितिले पाँचाखेल हनुमानघाटमा निःशुल्क पार्किङ गर्न सकिने जनाएको छ। जात्रा अवधिभर नगरभित्र सवारी साधन नगुडाउन भनपाले जात्रालुहरूलाई अनुरोध गरेको छ। नगर प्रवेश गर्ने सबै नाकाहरूमा सवारी साधन रोक्न क्लबहरूले स्वयम्सेवकहरू परिचालन गर्ने भएको छ।
साँझतिर परालबाट बनाइएको ताहासा नगर परिक्रमा गराइन्छ। भैरवनाथको सो ताहासा नगर परिक्रमा गराइसकेपछि हनुमन्ते खोलामा लगेर बिसर्जन गरिएपछि विधिवत् रूपमा भक्तपुरको गाईजात्रा सम्प्ान्न हुन्छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: