नेपालीको बानी चेञ्ज !

वसन्तप्रकाश उपाध्याय

नेपालीको बानी चेञ्ज !

नेपालीको बानी चेञ्ज !!

एउटा चाउचाउको विज्ञापनले प्रष्ट्याएको सत्य यो हो । यद्यपि हाम्रा आनीबानी, धर्मसंस्कृति, रीतिरिवाज एवं समग्र जीवनशैली परिवर्तित भएको छ । यथार्थ यही हो । यसैकारण दस रुपियाँको चाउचाउ खाएर मकै भट्मासको खाजालाई प्रतिस्थापित गर्न खोज्नु ठिकै हो । वानीहरू यसैगरी बदल्नु पर्छ कि !चाउचाउले स्वादमा नौलो मिठास दिए पनि मध्यपश्चिम क्षेत्रले अझै जीवनजल बाहेक अरू केही चाहेको छैन । झाडापखालाबाट त्राण पाउनुबाहेक अरू केही इच्छा अपेक्षा रूकुम र जाजरकोटमा छैनन् । बाजुरामा समस्या त्यस्तै छ । चामलको गेडो देख्न नपाउने भोकमरी सन्त्रासबीच गिट्ठा भ्याकुरको पुरानै बानी दोहोर्‍याउन बाध्य छन् बाजुराबासी ।

भोकमरीको कुरा के गर्नु ? सभ्य समाज र सहरकेन्दि्रत मानसिकतालाई यस्तो लाग्न सक्छ । रोगमाथि पनि सत्तापक्षीय प्रतिवाद र प्रतिपक्षीय आरोपको नयाँ बानीमा नेपालीहरू ‘चेञ्ज’ भएका कारण भोकमरी समेत सरकारको नालायकी बनाइएला एकदिन । यो विडम्बना कसले चिर्ने ?

साउनको शुरुवातसम्म पानी नपरेर भित्रिएको खडेरीले अस्तव्यस्त थियो आमजीवन । वर्षौंवर्षसम्म वैकल्पिक स्रोतको अभावमा खेतबारीबाँझो हुँदासम्म ‘इनार’ कुलो वा सिंचाई व्यवस्था गरिएन । चाउचाउले खाजा बानी ‘चेञ्ज’ गराए पनि ‘भ्यागुतो-बिहेको परम्परालाई भने कोही कसैले परिवर्तन गराउन सकेनन् । जसको कारण भगवान भरोसामा हर हर महादेव ! पानी देऊ देom !! कै माग यत्रतत्र गरिएको देखियो ।

भगवान धेरै खुसी भए कि, उनको पनि बानी चेञ्ज भयो ? थाहा भएन । तर पानी धेरै पर्‍यो कैयौं ठाउँमा । जसका कारण पहिरो र बाढीको कहरले फेरि सन्त्रास फैलायो यत्रतत्र । नभइकन पनि नहुने र भएर बढी हुँदा बेहोर्नै नसकिने क्षति देखापर्ने विडम्बनायुक्त स्थितिले इङ्गति गरेको तथ्य हो, हामीबीच दोहोरो मापदण्डको जीवनशैली छ ।

लोकतान्त्रिक परिवेशभित्र आम अपेक्षा र समावेशी संस्कृतिको जतिसुकै चर्को कुरा गरिए पनि हामीकहाँ सहर र त्यसको सुविधाले ग्रामीण वर्ग र क्षेत्रलाई क्वाप्पै निलेको छ । शिक्षादेखि स्वास्थ्य, सुरक्षादेखि सहुलियत र विकासदेखि निर्माणसम्मको मुद्दाले सहरी क्षेत्रमा छिट्टै ‘तारेख’ पाउने र ‘फैसला’ समेत चाँडो हुने गर्छ । एकपटक उपत्यकाको वाग्मतीनदीमा आएको बाढीले थापाथली कुपण्डोलबीचको पुल भत्काउँदा रातारात अर्को पुल बनाउन तीव्रता र तदारूकता देखाइयो । तर अहिले महिनौं भइसक्दा जाजरकोट र रूकुममा स्वास्थ्यसुविधा यथेष्ट बन्न सकेको छैन ।

कतिपय मान्छेहरू राजधानी प्रवेशको सडकखण्डको कृष्णभीरलाई कमिसनभीर भन्छन् । कृष्णभीरको पहिरोले राजधानी क्षेत्रमा कुनै किसिमको समस्या नहोस् भनेर के मात्र गरिएन । सरकारीदेखि गैरसरकारी स्रोतसाधनको भरपुर प्रयोग गरियो । अरू त अरू एक हूल कवि साहित्यकार कृष्णभीर गएर ‘कविगोष्ठी’ समेत गरे । तर यसैपटक स्याङ्जा र तनहूँ क्षेत्रमा पहिरोले आतातायी घटनाक्रम निम्त्याउँदा सरकारी संयन्त्र पुग्यो कि हाम्रा साहित्यकार पुगें ? प्रश्न गर्ने हो भने जवाफ भेटिंदैन ।

यस्ता हज्जारौंहजार अनुत्तरित प्रश्नहरूको सँगालोभित्र भेटिने वास्तविकता त्यही हो, अचेल समस्याले राष्ट्रिय बहस नबनेसम्म समाधान पाउँदैन । अझ समस्याभित्र राजनीतिले मिसाएको एउटा रोगरूपी बन्द, हड्ताल, थुनछेक र अवरोध नगरिएसम्म यथोचित निकास भेटि्दैन ।

बुधबार राजधानीमै एउटा कहालिलाग्दो र वीभत्स कार दुर्घटना देखियो । सडकको छेउ पेटीमा हिड्ने हक समेत नपाएर जीवन गुमाएका ६।६ जना पैदल यात्रुहरूको अवस्थाले मुलुकलाई स्तब्ध तुल्यायो । दुर्घटना आफैमा जति अप्रत्याशित हुन्छ, उत्तिकै त्यसले धेरै अर्थको संशय समेत जन्माउँछ । उक्त कार दुर्घटनापछि अहिलेसम्मको अवस्थामा कारधनीसँगै चालकले आत्मसमर्पण गरेको प्रहरी प्रशासनले दावी गरेको छ । सडक दुर्घटनाको हकमा प्रहरी प्रशासनले कुन हदको सक्रियता दर्शाउँछ भन्ने पत्तो आमनागरिकलाई नहुन सक्छ । तर म आफै भने गएको चैत ८ गते एउटा कारले गराएको दुर्घटनामा घाइते भएको हुँदा भलीभाँती प्रहरी प्रशासनको सक्रियताका बारेमा जानकार छु ।

मेरो दुर्घटना हुँदा पनि ट्राफिक प्रभागका प्रमुख नै थिए रविराज श्रेष्ठ । यसपटकको कारदुर्घटनामा तिनै श्रेष्ठले विभिन्न टेलिभिजन एवं पत्रपत्रिकामा प्रहरी सक्रियताको विभिन्न दावी गरेको मैले देखें । तर उनको ती दावी भन्दा विहीवार मृतकका आफन्तहरूले सडकमा उत्रेर दिइएको दबाबले काम गरेको हो भन्नैपर्छ । मैले मेरो दुर्घटनामा एउटा जिम्मेवार नागरिकको भूमिका निर्वाह गरेर अनुसन्धानका लागि उजुरी मात्र गरेको थिएँ । दबाबका लागि दबाबका लागि घेराउ र थुनछेक गर्दिन । अझ भनौं मैले मेरो बानी र मर्यादा ‘चेञ्ज’ गरिन । त्यसैकारण आजसम्म पनि उक्त फरार गाडी र चालक फेला परेको छैन ।

प्रचलित सोच, संस्कार र सिद्धान्तभन्दा पृथक चल्तीका आनीबानी ‘चेञ्ज’ गर्नु एउटा बाध्यता जस्तो भइसकेको छ अचेल । जहाँ थुनछेक नगरिकन सुनुवाई नै हुँदैन ।

अवरोध नजन्माएसम्म सम्बद्ध निकायको कानमा बतास नै लाग्दैन । अहिले म यस्तै सोचिरहेको छु शायद जाजरकोट र रूकुमका पीडितहरूले पनि ठूलै ‘ताण्डव’ देखाएको भए यथासमयमा सुनुवाइ हुन्थ्यो कि । त्यसैले साँच्चि नै नेपालीको बानी परिवर्तन विज्ञापित चाउचाउले गराउन सक्छ भने त्यस कम्पनीले सबै निकाय र क्षेत्रमा त्यो चाउचाउ पुर्‍याइदिए केही न केही, कुनै न कुनै परिवर्तन त पक्कै देख्न पाइन्थ्यो कि ! अब यस्तो सोच्ने दिन पनि आइसकेको छ ।

Advertisements

One Response to “नेपालीको बानी चेञ्ज !”

  1. dinesh shrestha Says:

    nepali ko baani …

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: