नयाँ सेनापतिको नयाँ इतिहास

vनयाँ सेनापतिको नयाँ इतिहास
२४ साउन, काठमाडौं । नेपाली सेनामा नयाँ इतिहास कोर्दैछन् उनी । झन्डै अढाई सय वर्षको सैनिक इतिहासमा शाह, राणा र छेत्रीबाहेकका पहिलो प्रधानसेनापति बन्दैछन् छत्रमानसिंह गुरुङ । प्रधानसेनापति प्रकरणसँगै विवादमा आएको सेनालाई हाँक्ने दायित्व आदिवासी-जनजातिबाट पहिलो सेनापति बनेका गुरुङको काँधमा आएको छ ।
तनहुँ पुलिमराङमा जन्मिएका गुरुङले सोमबारदेखि कायममुकायम सेनापति पद सम्हाल्ने छन् । सेनापति रुक्मांगद कटवाल अवकाशअघिको अनिवार्य एक महिने बिदामा साउन २६ बाट बस्दैछन् । रक्षा मन्त्रालयले रथी गुरुङलाई कायममुकायम नियुक्तिका लागि पत्र पठाएपछि उनी सेनापति हुने पक्का भएको हो । प्रधानसेनापतिमा भने भदौ २४ गते नियुक्त हुनेछन् ।
शमशेरदल गण मातृ ब्यारेक भएका गुरुङ जनसाधारण परिवारबाट आएका सेनापति हुनेछन् । यसअघि उच्च घरानिया पृष्ठभूमिका व्यक्ति सेनापति हुँदै आएका थिए । कटवाल ओखलढुंगामा जन्मेका भए पनि राजा महेन्द्रले धर्मपुत्रका रूपमा रानी रत्नको संरक्षणमा दरबारमै हुर्काएका हुन् ।
भारतको देहरादूनमा आधारभूत अधिकृत तालिम, अमेरिकाबाट स्टाफ कलेज र चीनबाट एनडीसी गरेका गुरुङलाई सेनाभित्र ‘ब्ल्याकबेल्ट’ तथा ‘ट्रुआर्मी’ जर्नेलसमेत भन्ने गरिन्छ । तेक्वान्दोमा उनले हासिल गरेको ब्ल्याकबेल्ट र इमानदार सैनिक छविका कारण उनलाई यसो भनिने गरिएको हो ।
उनले लोकतान्त्रिक आन्दोलनताका सुर्खेतमा रही मध्यपश्चिम पृतनाको कमान्ड सम्हालेका थिए । विवादमा नपरेका सैनिक अधिकारीमध्ये उनलाई पनि लिइन्छ । त्रिचन्द्र क्याम्पसका स्नातक गुरुङ सैनिक जीवनका तालिममा बिरलै दोस्रा भएको सैनिक स्रोतले जनाएको छ ।
सेनापति नियुक्तिसँगै तरल राजनीतिक अवस्थामा सेनालाई विवादबाट जोगाउनु उनको प्रमुख चुनौती हुनेछ । सेनामा विभिन्न ढंगले राजनीति छिरेको प्रसंग चर्किंदै गएको छ ।
माओवादी नेतृत्वको सरकारले गत वैशाखमा सेनापति कटवाललाई हटाएर तत्कालीन बलाध्यक्ष रथी कुलबहादुर खडकालाई कायममुकायम दिएपछि सेनाभित्र अन्योल भएको थियो । त्यसबेला सैनिक अधिकारीहरूले आआफ्नो तहबाट सकेको राजनीतिक पहुँच प्रयोग गरेर सुरक्षित हुने बाटो अपनाएका थिए । सेनापतिकै विषयले सरकार ढल्ने र नयाँ बन्नेसम्मको वातावरण बन्यो । विदेशी कूटनीतिज्ञहरूले व्यापक रूपमा आफ्नो पहुँचको प्रयोग बढाए ।
‘सैनिक अधिकारीको विभक्त मानसिकतालाई एक गनर्नु गुरुङको पहिलो दायित्व हुनेछ,’ एक उच्च सैनिक अधिकारीले भने । पहिलोपटक जनजातिबाट सेनापति भएका गुरुङले इतिहासमा पाखा पारिएका समुदाय र आफ्नो वर्चस्व कायम रहेको ठान्नेहरूबीच सन्तुलन मिलाउनुपर्ने चुनौती पनि अर्कोतर्फ छ । यससँगै माओवादी छापामारहरूको व्यवस्थापन गर्ने शान्ति प्रक्रियाको मूल दायित्व गुरुङकै कार्यकालमा टुंगोमा पुर्‍याउनु पर्ने हुन्छ । आज प्रकाशित कान्तिपुर दैनिकमा खबर छ ।

२४ साउन, काठमाडौं । नेपाली सेनामा नयाँ इतिहास कोर्दैछन् उनी । झन्डै अढाई सय वर्षको सैनिक इतिहासमा शाह, राणा र छेत्रीबाहेकका पहिलो प्रधानसेनापति बन्दैछन् छत्रमानसिंह गुरुङ । प्रधानसेनापति प्रकरणसँगै विवादमा आएको सेनालाई हाँक्ने दायित्व आदिवासी-जनजातिबाट पहिलो सेनापति बनेका गुरुङको काँधमा आएको छ ।तनहुँ पुलिमराङमा जन्मिएका गुरुङले सोमबारदेखि कायममुकायम सेनापति पद सम्हाल्ने छन् । सेनापति रुक्मांगद कटवाल अवकाशअघिको अनिवार्य एक महिने बिदामा साउन २६ बाट बस्दैछन् । रक्षा मन्त्रालयले रथी गुरुङलाई कायममुकायम नियुक्तिका लागि पत्र पठाएपछि उनी सेनापति हुने पक्का भएको हो । प्रधानसेनापतिमा भने भदौ २४ गते नियुक्त हुनेछन् ।

शमशेरदल गण मातृ ब्यारेक भएका गुरुङ जनसाधारण परिवारबाट आएका सेनापति हुनेछन् । यसअघि उच्च घरानिया पृष्ठभूमिका व्यक्ति सेनापति हुँदै आएका थिए । कटवाल ओखलढुंगामा जन्मेका भए पनि राजा महेन्द्रले धर्मपुत्रका रूपमा रानी रत्नको संरक्षणमा दरबारमै हुर्काएका हुन् ।

भारतको देहरादूनमा आधारभूत अधिकृत तालिम, अमेरिकाबाट स्टाफ कलेज र चीनबाट एनडीसी गरेका गुरुङलाई सेनाभित्र ‘ब्ल्याकबेल्ट’ तथा ‘ट्रुआर्मी’ जर्नेलसमेत भन्ने गरिन्छ । तेक्वान्दोमा उनले हासिल गरेको ब्ल्याकबेल्ट र इमानदार सैनिक छविका कारण उनलाई यसो भनिने गरिएको हो ।

उनले लोकतान्त्रिक आन्दोलनताका सुर्खेतमा रही मध्यपश्चिम पृतनाको कमान्ड सम्हालेका थिए । विवादमा नपरेका सैनिक अधिकारीमध्ये उनलाई पनि लिइन्छ । त्रिचन्द्र क्याम्पसका स्नातक गुरुङ सैनिक जीवनका तालिममा बिरलै दोस्रा भएको सैनिक स्रोतले जनाएको छ ।

सेनापति नियुक्तिसँगै तरल राजनीतिक अवस्थामा सेनालाई विवादबाट जोगाउनु उनको प्रमुख चुनौती हुनेछ । सेनामा विभिन्न ढंगले राजनीति छिरेको प्रसंग चर्किंदै गएको छ ।

माओवादी नेतृत्वको सरकारले गत वैशाखमा सेनापति कटवाललाई हटाएर तत्कालीन बलाध्यक्ष रथी कुलबहादुर खडकालाई कायममुकायम दिएपछि सेनाभित्र अन्योल भएको थियो । त्यसबेला सैनिक अधिकारीहरूले आआफ्नो तहबाट सकेको राजनीतिक पहुँच प्रयोग गरेर सुरक्षित हुने बाटो अपनाएका थिए । सेनापतिकै विषयले सरकार ढल्ने र नयाँ बन्नेसम्मको वातावरण बन्यो । विदेशी कूटनीतिज्ञहरूले व्यापक रूपमा आफ्नो पहुँचको प्रयोग बढाए ।

‘सैनिक अधिकारीको विभक्त मानसिकतालाई एक गनर्नु गुरुङको पहिलो दायित्व हुनेछ,’ एक उच्च सैनिक अधिकारीले भने । पहिलोपटक जनजातिबाट सेनापति भएका गुरुङले इतिहासमा पाखा पारिएका समुदाय र आफ्नो वर्चस्व कायम रहेको ठान्नेहरूबीच सन्तुलन मिलाउनुपर्ने चुनौती पनि अर्कोतर्फ छ । यससँगै माओवादी छापामारहरूको व्यवस्थापन गर्ने शान्ति प्रक्रियाको मूल दायित्व गुरुङकै कार्यकालमा टुंगोमा पुर्‍याउनु पर्ने हुन्छ । आज प्रकाशित कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: