रानाभाटको घरमा दिनदिनै किचलो

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्रका कार्यकालमा उनका विश्वास पात्र मानिएका तत्कालिन सभामुख तारानाथ रानाभाट अहिले आफ्नै छोरीज्वाइाको घरमा हुने दिनहुाको पारिवारिक किचलोले हैरानीमा मात्रै परेका छैनन्, ज्वाइाको शंकास्पद व्यवहारबाट छोरीको भविष्यलाई लिएर निकै चिन्तित बन्न थालेका छन्। दशक अघि प्रेम विवाह गरेका ज्वाइा पछिल्ला दिनमा छोरीतर्फ विकर्षण भई परस्त्रीतर्फ पल्केपछि रानाभाटको परिवारमा दिनदिनै किचलो हुन थालेको हो।
विभिन्नखाले दर्जनौं व्यापार व्यवसायमा लागेका रानाभाटका छोरी ज्वाइा पुष्प रानाको गोप्य व्यवहार उनकै विश्वासपात्रबाट चुहीएको बताइन्छ। ससुरालीसाग सम्वन्ध रहेका एक नातेदारलाई विश्वास गर्दाको परिणाम यतीबेला पुष्पले भोग्नु मात्रै परेको छैन, परिवार तथा नातागोताका नजरमा समेत उनी गिर्न पुगेका छन्। व्यापार व्यवसायमा सक्रिय पुष्प रानाको ‘परस्त्री मोह’ले उनको घर भत्कन थालेको मात्रै नभएर एक पटक ‘ब्रेन हेमरेज’को खतरनाक अवस्था पार गरिसकेका ससुरा पूर्व सभामुख तारानाथ रानाभाटलाई समेत दिनदिनैको घरायसी किचलोले उत्तिकै तनाव उत्पन्न गराइरहेको छ। छोरी ज्वाइाको परिवार समेत सागै बस्दै आएको उच्च खानदानीहरूको बसोबास क्षेत्र हात्तिगौंडास्थित घरमा दिनहुाको किचलोले उनीहरूको पारिवारिक अवस्था कसरी गुज्रदैा छ भन्ने स्पष्ट भइरहेको छ।
मन्त्री र सभामुखजस्ता प्रभावशाली पदमा रहादा रानाभाटले कमाएको कालोधनलाई सेतो बनाउन र भ्रष्टाचारको आरोपबाट बच्न हाल रानाभाट परिवार बसेको आलिसान महल ज्वाइा पुष्पको आम्दानीबाट निर्माण भएको देखाइएको छ। ज्वाइा पुष्प केही वर्ष वैदेशिक रोजगारमा गएर फर्केको भए पनि त्यो घर र करोडौंको आर्थिक कारोबार तथा व्यापार व्यवसाय सञ्चालन गर्ने हैसियतमा पुग्नुको रहश्य सबैले बुझेकै छन्। जानकारका अनुसार ससुरा प्रभावशाली पदमा रहादा दैलेख घर भएका ज्वाइा पुष्प र उनका साला (रानाभाट पुत्र) आतंकले कर्मचारी सरुवा बढुवा, छपाई, निर्माण, ठेक्कापट्टाजस्ता काममा चासो दिएर पनि करौडौं कमाएको उनलाई नजिकबाट चिन्नेजान्नेहरू बताउाछन्।
विभिन्न व्यवसायिक काममा आवद्ध पूर्व सभामुख रानाभाटका ज्वाइा पुष्पले कामको सिलसिला भन्दै महिनामा दुई चार पटक काठमाडौंबाट बाहिरिने र युवतीसाग मोजमस्ती गरेर फर्कने गरेको रहश्य उनकै साझेदारका रुपमा भित्रिएका नातेदारबाट रिसैरिसको झोकमा ठाउाठाउामा फुत्क्याइपछि उनको घरमा पारिवारिक कलहले उग्ररुप धारण गरेको हो। आफूलाई विभिन्न लोभ देखाएर साझेदार बनाए पनि सामान्य कर्मचारी बराबर पनि हैसियत नदिएको भन्दै ठाउाठाउामा पुष्पको विरोधमा उत्र्ने गरेका साझेदारले आफ्नै नैतिकता गिराउने काम गर्न थालेपछि दुई बीचको नाता सम्वन्धमाथि नै प्रश्न उठ्ने गरी विवाद बढेपनि त्यो गोप्यता लुकाउन खोज्दाखोज्दै पनि श्रीमती र सासुससुरा तथा सालासमक्ष पुगेपछि यतीबेला रानाभाट परिवारको घरमा तनावको तुफान आएको हो।
यता, पुरानो प्रेसको मुल्य नयाा प्रेसको भन्दा पनि बढी मुल्याकंन गरी आफूबाट रकम असुल्ने नियत देखाएकाले पुष्पलाई साइजमा ल्याउन पनि उनको कर्तुत एकदुई ठाउामा आवेशमा आएर भनेको तर आफ्नो नियत पारिवारिक कलह उत्पन्न गराउने नरहेको प्रेसमा पार्टनर छिराइएका आफ्नै नातेदार राजु बस्नेत जो खोजतलास पत्रिकासाग आवद्ध छन्, उनले हिजोआजका दिनमा प्रेसका कामदारसाग यसैगरी फतफताउने गर्दै आएका छन्। तर, पुष्प रानाले भने आफ्नो सामान्य कमजोरीलाई लिएर पार्टनरका रुपमा भित्र्याइएका आफ्नै नातेदार (बस्नेत)बाट चौतर्फी बद्नाम गरिएको गुनासो आफू निकट व्यक्तिहरूसाग गर्न थालेका छन् भने श्रीमतीलाई विश्वासमा लिन उनले एउटा सहकारी संस्थाको स्थापना गरी त्यसको हर्ताकर्ता श्रीमतीलाई नै बनाएका छन्। नातामा भिनाजु साला पर्ने उनीहरूबीच यसअघि बढ्दो असमझदारीलाई मौकाको फायदाका रुपमा लिादै प्रेसका चलाख कामदारले एउटाको कुरा अर्कालाई लगाएर फायदा उठाउन समेत पछि नपरेको बताइन्छ। भिनाजु साला बीचको यही विवाद पछिल्ला दिनमा गएर परिवार र नातागोतामा समेत पुगेपछि दुबैका परिवारबीच हिजोआज बोलचाल समेत बन्द भएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: