एनआरएनलाई गैर आवासीय परिचयन पत्र दिइने

१४ साउन, काठमाडौं । नयाँ संविधानमा गैरआवासीय नेपाली (एनआरए)लाई दोहोरो नागरिकताको सट्टा ‘गैरआवासीय परिचयत्र’ दिने व्यवस्था गरिने भएको छ । यसबाट उनीहरुलाई नेपाल आउजाउ र लगानी गर्ने सुविधा पुग्नेछ ।यस्तो प्रावधान लागू भए एनआरएनले परिचयपत्रका आधारमा भोट हाल्नेबाहेक सम्पूर्ण अधिकार पाउनेछन् । उनीहरुले नागरिकता र मतदान दुवै अधिकार माग्दै आएका छन् ।

नेपालमा लगानी गर्ने आउजाउका लागि सजिलो पार्न परिचयत्रपत्रको व्यवस्था गर्ने तर ‘मतदानको अधिकार नदिने गरी प्रतिवेदन आउँदैछ,’ मौलिक अधिकार तथा राज्यको निर्देशक सिद्धान्त समितिका सदस्य हेमराज भण्डारीले भने । उनका अनुसार यस्तो प्रस्तावप्रति गैरआवासीय भने खुसी छैनन् ।

आफूहरुले विदेशमा कमाएको सीप र पैसा नेपालमै लगानी गरी निवृत्त जीवन बिताउने आंकाक्षामाथि तुषारापात हुने एनआरएनहरुले जनाएका छन् ।

‘कोही दोहोरो नागरिकता दिनुपर्छ भन्ने कोहीचाहिँ दिनैहुन्न भन्ने । यो बीचको प्रस्ताव हो,’अर्का सदस्य गगन थापाले भने- ‘तर अहिले नै अन्तिम होइन छलफलकै अवस्थामा छ ।’ थापाले आफू दोहोरो नागरिकताको पक्षमा रहेको बताए ।

उनीहरुलाई दिइने कार्डलाई ‘गैर आवासीय परिचयपत्र’ वा ‘प्रमाणपत्र’ भनेर प्रस्तावित गरिने छ । उनीहरुका माग पूरा नभए पनि यस्तो प्रस्ताव पनि उनीहरुकै माग सम्बोधन गर्न ल्याउन लागिएको थापाको भनाइ छ । ‘भारतमा पनि यस्तै व्यवस्था छ । त्यसमा नागरिकतासँगै परिचय हुने गरी बनाउने भनेका छौं,’ उनले भने।

अमेरिका र बेलायतमा बस्ने उनीहरुले त्यस्तो कार्ड लिनुको अर्थ नहुने बताएका छन् । ‘उनीहरुलाई दिइएको कार्डको अन्तर्राष्ट्रिय मान्यता के हुने उनीहरुको प्रश्न छ । तर यसको उत्तर हामीसँग छैन,’ भण्डारीले भने । उनले सीमा क्षेत्रलाई कडा बनाएर दोहोरो नागरिकता दिए पनि हुने कुरा समितिमा राखेको बताए ।

हालसम्म नेपाली नागरिकता त्याग्नेको संख्या २ सय २९ मात्र छ । यसले अन्य गैरआवासीयसँग दोहोरो नागरिकता नै रहेको देखाएको छ, आज प्रकाशित नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: