श्रेष्ठ दम्पतीद्वारा जापानबाट आफ्नो गाउँका लागि एम्बुलेन्स प्रदान

=

२८ जुलाई, ०९ । बिगत लामो समयदेखि जापानमा ब्यवसाय गर्दै आउनु भएका भोजपुर दाँवा निवासी रामकृष्ण श्रेष्ठ र श्रीमती अरुणा श्रेष्ठले आफु जन्मेको ठाउँ दाँवाका लागि एउटा एम्बुलन्स प्रदान गर्नुभएको छ ।एम्बुलन्स हालै राजधानीमा आयोजित एक समारोहकाबिच राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा दावाली मिलन क्लव भोजपुरलाई हस्तान्तरण गरिएको हो ।लामो समयदेखि जापानमा व्यवसाय गरिरहनु भएका रामकृष्ण श्रेष्ठ र श्रीमती अरुणा श्रेष्ठले आफ्नो अथक प्रयासबाट प्रदान गर्नुभएको अत्याधुनिक सुविधायुक्त जापानी एम्बुलेन्स क्लवका अध्यक्ष बीरेन्द्रप्रकाश श्रेष्ठ र महासचिव रोशन श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

आफु जन्मेको घर झुप्रो नै होस त्यही आंगन प्यारो लाग्ने, जन्मदिने आमाबाबु गरिव नै भएपनि तिनकै माया धेरै लाग्ने भनाईलाई चरितार्थ गर्दै समाजसेवामा निरन्तर लागिपर्दै आईरहेका श्रेष्ठ दम्पतीलाई उहाँहरुको प्रशंसनिय कार्यको कदर गर्दे समारोहमा सम्मान पनि गरियो ।

निस्वार्थ भावनाले समाज र राष्ट्रको विकासमा अनवरत सेवा गर्ने श्रेष्ठदम्पतीको भावना र प्रयासलाई कदर गर्दै सम्माननिय राष्ट्रपति डा. रामवरण यादवले उहाँहरु दूवैलाई हार्दिक धन्यवाद दिनुभयो ।

रामकृष्ण श्रेष्ठले विगतका दिनहरुमा आफु जन्मेको थलो भोजपुरको दूर्गम स्थानमा अध्ययन गर्ने गरिव विद्यार्थीको अध्ययन र विद्यालयको भौतिक पूर्वाधार विकासको लागि जापानमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी प्राप्त भएको रकम सहयोग प्रदान गर्दै आउनुभएको छ, उहांको यस कार्यको लागि क्लवको तर्फबाट हार्दिक सह्राना गर्दै धन्यवाद प्रदान गरिएको थियो ।

गत बर्ष पनि रामकृष्ण श्रेष्ठ र अरुणा श्रेष्ठले नेपालका अपांगहरुका लागि प्रदान गर्नुभएको अत्याधुनिक हृवील चियरले अपांगहरुलाई ठूलो राहत पुगेको कुरा दाँवाली मिलन क्लवका महासचिव रोशन श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: