बैद्यसहित तीन उपाध्यक्ष राख्न माओवादीमा सहमति

१३ साउन, काठमाण्डौ । एकीकृत नेकपा माओवादीमा मोहन बैद्य किरण, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तीन जना उपाध्यक्ष रहने भएका छन् ।म्ााओवादीको दिनभर बसेको केन्द्रीय सचिवालय वैठकले पदाधिकारीको चयनमा सहमति जुटाएको हो । बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार डा. बाबुराम भट्टराईकै प्रस्तावमा बैद्यलाई बरिष्ठतम उपाध्यक्ष बनाइएको छ भने बरियताक्रममा भट्टराई तेस्रो र नारायणकाजी श्रेष्ठ प्रकाश चौथो स्थानमा रहनेछन् ।यस्तै महासचिवमा रामबहादुर थापा बादल र सचिवमा पोष्टबहादुर वोगटी र सीपी गजुरेललाई प्रस्ताव गरिएको छ । सो प्रस्तावलाई भोली बिहान ११ बजे वस्ने पोलिटब्युरो वैठकमा पेश गरिने र अपरान्ह केन्द्रीय समितिको वैठकले औपचारिक अनुमोदन गर्ने माओवादी स्रोतले जनाएको छ ।

पदाधिकारी चयन र बरियताबारे बिवाद भएपछि केन्द्रीय समिति बैठक लामो समयदेखि निर्णयबिहीन बनेको थियो । बैद्यलाई दोस्रो बरियता दिन भट्टराई र श्रेष्ठ सहमत भएपछि सचिवालय अन्तिम निर्णयमा पुगेको हो । बादललाई महासचिव बनाउने बिषयमा सवै एकमत भएपनि सचिवमा संस्थापन पक्षका बोगटी र बैद्य पक्षका गजुरेललाई चयन गरिएको हो ।

यता अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनलाई अन्तिमरुप दिन भोली बिहान पुन सचिवालय वैठक वस्ने भएको छ । अपरान्ह वस्ने केन्द्रीय समितिको वैठकमा अध्यक्षले जवाफ दिनुपर्ने भएकाले प्रतिबेदनलाई अन्तिमरुप दिन लागिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । केन्द्रीय समितिले औपचारिकरुपमा बहुपदीय प्रणालीमा जाने निर्णय नगरेको भन्दै शर्माले पहिले बिधान संसोधन हुने र पदाधिकारीको नाम सार्बजनिक गरिने जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: