नेपाली नागरिकभएको प्रमाणित नगरे विमानस्थल ठप्प पार्ने चेतावनी

इटहरी। विभिन्न १२८ प्रजाति पक्षीको आवाज दुरुस्त नक्कल गर्दै आएका चरीदादा गौतम सापकोटाले अन्तर्राष्ट्रिय विमानस्थलमा चरा सम्मेलनको आयोजना गरी विमानस्थल ठप्प पार्ने चेतावनी दिएका छन्।गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा १५१ प्रजाति चराको आवाज दुरुस्त नक्कल गर्ने क्षमता आफूमा भएको दाबीसहित गिनिज बुकमा नाम लेखाइसकेका चरिदादा सापकोटाले सुनसरीको धरानस्थित भानुचोकमा कागको सम्मेलन गरी त्यस्तो चेतावनी दिएका हुन्।
नेपाल सरकारले आफूलाई नेपाली नागरिक भएको प्रमाणसहितको सिफारिस नपठाएकैले आफ्नो गिनिज बुकमा अङ्कित नामको प्रमाणपत्र आउन ढिलाइ भएको र बारम्बार सरकारका सम्बन्धित मन्त्रालयहरूमा धाउँदा पनि आलटाल गरिएकाले अन्तिम विकल्पका लागि त्यस्तो कार्य गर्ने तयारीमा पुगेको सापकोटाले बताए।
केही दिनदेखि चराको राजधानीको उपनामले परिचित कोसीटप्पु वन्यजन्तु आरक्षमा बसेर थप चराको आवाजको नक्कल गर्दै आएका सापकोटाले धरानको भानुचोकमा काग सम्मेलन गरी धरानका हजारौँ वासिन्दालाई आश्चर्यचकित पारेका छन्।
भानुचोकमा रहेको आदिकवि भानुभक्तको सालिकनजिक बसेर काग तथा अरू धेरै प्रजाति चराका आवाजहरू नक्कल गरेर भानुचोक छेउछाउमा रहेका वरपिपलका रूखमा कागको विशाल झुण्ड बोलाएर धारनवासीलाई आश्चर्यचकित पार्न सफल सापकोटाले पक्षीको मात्र होइन जनावरहरूको आवाज पनि दुरुस्त निकाल्न सक्ने आफूमा खुबी रहेको बताएका छन्।
मकवानपुरवासी युवक सापकोटाले आफू पक्षी, जीवजन्तु, वातावरण र जङ्गलको संरक्षणको सन्देश लिएर देशका विभिन्न भागमा क्रियाशील रहँदै आएको दाबी गर्दै मानव सभ्यताका लागि अपरिहार्य वातावरण संरक्षणबाट मात्र मानिसको कल्याण सम्भव हुनेमा आफू विश्वस्त रहेको बताउँनुभयो।
आफूले २०६५ साल असार २८ गते नै गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भइसकेको भए पनि नेपाल सरकारले एउटा सानो सिफारिस नपठाउनाले प्रमाणपत्र प्राप्त गर्नमा ढिलाइ भइरहेको सापकोटाले जानकारी दिएका छन्।
उनले परराष्ट्र, अर्थलगायतका अरू मन्त्रालयहरूमा समेत आफ्नो विषयमा गिनिज बुकले सिफारिस पठाइदिन परिपत्र आएकाले सोही परिपत्रका आधारमा सिफारिस गरिदिन आग्रह गर्दा पनि मन्त्रालयका कर्मचारीहरूले आनाकानी गर्दै आएको गुनासोसमेत गरेका छन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: