मृतक दिनेश श्रेष्ठका परिवारलाई सान्त्वना दिन रुक्मांगत कटुवाल काभ्रेमा

रुक्मांगत कटुवालले नेपाल आमा र नेपालीहरुलाई अफ्ठयारो परेको समयमा जस्तोसुकै बलिदान दिन पनि नेपाली सेना तयार रहेको  बताउनुभएको छ। इनारमा डुबेको बच्चालाई उद्दार गर्ने क्रममा ज्यान गुमाएका पनौती चौकोटका दिनेश श्रेष्ठको मृत्यु भएको तेह्रौं दिनको पुन्यतिथिमा परिवारलाई सान्त्वना दिन काभ्रे पुग्नुभएका कटुवालले सो कुरा बताउनुभएको हो। रक्षामन्त्री विद्यादेवि भण्डारीले समेत दिनेशको परिवारलाई भेटने चाहना गर्नुका साथै सहिद घोषणा गर्नका लागि सकारात्मक रहेको  जानकारी दिएको उहाँले परिवारलाई जानकारी दिनुभयो।सो अवसरमा प्रधानसेनापति कटुवालले मृतक श्रेष्ठका परिवारलाई व्यक्तिगत पच्चिस हजार र सैनिक कल्याणकारी कोष लगायतवाट  जम्मा भएको चार लाख पचासि हजार रुपैया बराबरको सहयोग उपलब्ध गराउनुभएको थियो।

श्रेष्ठका पिता दृष्टिविहिन र आमा सुस्त श्रबणको अवस्थामा हुनुहुन्छ। साथै नेपाली सेनाको तर्फवाट दिनेशको घर निर्माणमा समेत सहयोग गर्ने जानकारी कटुवालले सो अवसरमा गराउनुभयो। प्रधानसेनापतिको भेटमा दिनेशका आमाबाबुले छोराको मृत्युसँगै आफु सहाराविहिन भएकोले सहयोग उपलब्ध गराईदिन अनुरोध गरेका थिए। अपांग आमाबाबुलाई पाल्नका लागि सेनामा भर्ती भएका दिनेशको  मृत्युपछि परिवार साहरा विहिन बनेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: