चन्द्रमामा मानव पाइलाः ४० वर्ष

४० वर्षअघि सन् १९६९ जुलाइ २० तारिखमा जब अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङले पहिलो मानवका रुपमा चन्द्रमामा पाइला टेके त्यतिखेर उनले मानव सभ्यताकै सबैभन्दा पुरानो सपना साकार भएको महशुस गरे। चन्द्रमामा मान्छेले पाइला राखेको हेर्न संसारभरका ५० करोड मानिस टेलिभिजन र रेडियोअगाडि झुम्मिएका थिए। यानको भर्याङ ओर्लिँदै आर्मस्ट्रङले चन्द्रमामा पाइला राखे।एउटा मान्छेको लागि यो एउटा सानो पाइला हो तर मानव जाति कै लागि यो एउटा महान फड्को हो लामो दूरी पार गर्दै थुप्रै साचार उपकरणबाट छिर्दै आइपुगेको उनको अस्पष्ट आवाज रेडियो र टेलिभिजनमा सुनियो। चन्द्रमामा पाइला राख्ने बित्तिकै निल आर्मस्ट्रङले बोलेको त्यो वाक्य सँधैको लागि इतिहासका कितावहरु लेखियो।

निल आर्मस्ट्रङलाई उनीसँगै गएका अर्का यात्री बज एल्ड्रिनले पनि साथ दिएपछि टेलिभिजन र रेडियोअगाडि झुम्मिएका भिडहरु खुशिले चिच्याउन थाल्यो। एल्ड्रिनले चन्द्रमाको धरातलको सदृश्य वर्णन गरेको पृथ्वीमा देखियो ।

हालसम्म १२ जना पृथ्वीवासीले मात्र पृथ्वीको एक मात्र र रहस्यमय उपग्रह चन्द्रमामा पाइला टेकेका छन्। पृथ्वीमा मानवविकासको प्रारम्भिक चरणदेखि नै चन्द्रमाले मान्छेका सपना र कल्पनालाई उर्जा प्रदान गरेको थियो। चन्द्रमामा पछिल्लो पटक मान्छे पुगेको सन् १९७२ पनि वर्षौं भइसक्यो ।
शीत युद्ध उचाइमा रहेका बेला एपोलो अभियानको सफलताले अन्तरिक्ष दौडमा अमेरिकी आधिपत्य प्रमाणित गरेको थियो। सन् १९६९ मा चन्द्रमामा अमेरिकी झण्डा गाडिएपछि त्यसले अमेरिकालाई सोभियत संघविरुद्ध नैतिक बल प्रदान गरेको थियो।

एपोलो कार्यक्रम अन्तर्गत सन् १९६९ देखि सन् १९७२ सम्ममा चन्द्रमामा ६ वटा सफल अवतरण भए। तर ८ वर्षअघि नै सन् १९६१ मा तत्कालिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले एक दशकभित्र चन्द्रमामा मान्छे पठाउन कंग्रेसलाई चुनौती दिएपछि एपोलो कार्यक्रमको सुरुवात भएको थियो । मलाई विश्वास छ एक दशकभित्रै चन्द्रमामा मान्छे पठाएर उनलाई सकुशल पृथ्वीमा फकाउने उदेश्यका लागि यो राष्ट्र आफैंप्रति प्रतिबद्ध हुनुपर्छ केनेडीले भनेका थिए ।

चन्द्रमामा मान्छे पठाउने योजना अन्ततः एउटा राजनीतिक विषय भएको अमेरिकाको नेशनल एयर एण्ड स्पेस म्युजिमयका विशेषज्ञ जोन लग्सडन बताउँछन् । स्पुतनिक यानको प्रक्षेपण गर्दै अन्तरिक्षमा भुउपग्रह पठाउने सोभियत संघ पहिलो सन् १९५७ राष्ट्र भएको थियो । अन्तरिक्षमा मान्छे पठाउन पनि सोभियत संघ नै पहिलो भयो । सन् १९६१ मा युरी गागरिन अन्तरिक्षमा पुगे ।
सोभियत संघले अन्तरिक्ष उपलब्धिलाई शक्ति र आधुनिक समाजको चाहनाका रुपमा परिभाषित गरेको थियो । त्यसैले अन्तरिक्ष दुनियाँका नाटकीय उपलब्धिहरु सोभियत संघको नाममा मात्र हुनु अमेरिकी हीत होइन भन्ने केनेडीले बुझेका थिए। लग्सडनले भने । त्यसैले शीत युद्धको बेला धुब्रीकृत विश्व र वैचारिक प्रतिस्पर्धाका बीच अन्तरिक्ष दौड सांकेतिक लडाईं जस्तै देखिएको थियो । अमेरिकाले चन्द्रमामा मान्छे पठाएको केही महिनापछि नै सन् १९७० मा सोभियत शासनका एक विरोधी आन्द्रेइ साखारोभले क्रेमलिनलाई लेखेको खुला पत्रमा भनेका थिए चन्द्रमामा अमेरिकाले मान्छे पठाउनु प्रजातन्त्रको जित हो।

केनेडीले चन्द्रमामा मान्छे पठाउने घोषणा गर्नुअघि नै नासाले यसको सम्भाव्यता बारे अध्ययन गरेको थियो र कुनै ठुलो प्राविधिक अवरोध नरहेको ठहर गरेको थियो । लग्स्डनले बताए अर्को पक्षमा चन्द्रमा मिसन पुरा गर्न चाहिने विशाल र जटिल संयन्त्र निर्माणमा अमेरिकाको कम मात्र अनुभव थियो।
यद्यपी वैज्ञानिक र प्राविधिक उपलब्धिमा सफलाता उन्मुख अमेरिकाले त्यो सपना पुरा गरी छाड्यो। एपोलो कार्यक्रमले सफलता पायो। चन्द्रमामा मान्छे पठाउने यस महत्वाकांक्षी योजनामा त्यो बेला नै २५ अर्ब डलर खर्च भएको थियो । अहिलेको मुद्राको मूल्य अनुसार त्यो १ सय १५ अर्ब डलर हुन्छ पुरै नासाको वार्षिक बजेटको ६ गुणा ।

एपोलो कार्यक्रमले केही निराशाहरु पनि जन्मायो । सन् १९६७ मा जमिनमै भएको एक दुर्घटनामा ३ जना अन्तरिक्ष यात्रीले ज्यान गुमाए । सन् १९६८ डिसेम्बरमा एपोलो ८ को प्रक्षेपण भयो । मान्छेसहितको यो मिसनले चन्द्रमालाई फन्को मात्र लगायो । त्यसको ६ महिनापछि ३ जना अन्तरिक्ष यात्रीले एपोलो १० मा चक्कर लगाएर फर्के ।

त्यसपछि सन् १९६९ जुलाई १६ मा मिसन कमाण्डर एल्ड्रिन आर्मस्ट्रङ र माइक कोलिन्स चन्द्रमा यात्रामा निस्किए । उनीहरुलाई बोकेकेा एपोलो ११ लाई १११ मिटर अग्लो स्याटर्न पाँचौं रकेटले विहान ९ बजेर ३२ मिनेट जाँदा केनेडी स्पेस सेन्टरबाट हुँइक्यायो ।

४ दिन पछि आर्मस्ट्रङले इगल नामको एउटा रोबोटिक यन्त्रलाई चन्द्रमामा ओराले । केही बेरपछि उनी आफैंले चन्द्रमामा टेके । ३८ वर्षिय आर्मस्ट्रङले चन्द्रमामा पाइला राख्दा राती १० बजेर ५६ मिनेट ४८ सेकेन्ड गएको थियो । २० मिनेटपछि एल्ड्रिन पनि चन्द्रमामा ओर्ले । ती दुईले चन्द्रमाको सतहमा २१ घन्टा बिताए । उनीहरुले अमेरिकी झण्डा गाडे र शान्तिको सन्देश लेखिएको एउटा स्टीलको पाता त्यहीँ छोडे ।

उनीहरुले चन्द्रमाको सतहबाट २१ किलो चट्टान बोके र पृथ्वीका लागि रमाना भए जहाँ लाखौं मान्छे उनीहरुको विजयी स्वागतको लागि तयार थियो ।

४ दिन पछि उनीहरुलाई बोकेको यान प्रशान्त महासागरमा अवतरण भयो ।

COPYRIGHT @ THE TIMES OF EARTH www.timesofearth.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: