कर्मचारीको तलब बढ्ने

काठमाडौं। तलव बृद्धिको माग गर्दै आन्दोलनरत कर्मचारी र सरकारबीच भएको वार्तामा केहि सहमति नभएपनि शुक्रबार पुनः वार्ता हुने भएको छ।
वार्तामा कर्मचारीको तलब बढाउन सरकार तयार भए पनि कति बढाउने भन्ने विषयमा विवाद देखिएको छ । कर्मचारीहरुले कति रकम वा प्रतिशत भन्ने तोक्नु पर्ने अडान लिएका छन् भने सरकार भने देशको आर्थिक अवस्थालाई हेरेर बढाउन तयार रहेको बताएको छ ।वार्तामा सरकारका पक्षबाट अर्थमन्त्री सुरेन्द्र पाण्डे, सामान्य प्रशासनमन्त्री रविन्द्र श्रेष्ठ र सिंचाईमन्त्री बालकृष्ण खाँड रहनुभएको छ भने कर्मचारीका तर्फबाट कर्मचारी संगठनहरुका नेतृत्व संलग्न थियो।
यसअघि मन्त्रिपरिषद्को बैठकले कर्मचारीको तलब वृद्धि गर्नेसम्बन्धी निर्णय अधिकार अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा विहिबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीको तलबमानमा अव्यावहारिक नहुनेगरी वृद्धि गर्न अधिकार दिएको हो।
बैठकले समयानुकूल र स्वविवेक प्रयोग गरेर कर्मचारीको तलब वृद्धि गर्न उहाँलाई जिम्मेवारी दिएको ऊर्जामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिनुभयो।
बैठकमा कर्मचारीको स्वेच्छिक अवकासका बारेमा पनि छलफल भएको थियो।
यस्तै मुलुकको प्रमुख प्रशासनिक केन्द्रका रुपमा रहेको सिंहदरबारमा कर्मचारीले आन्दोलन गर्दा सुरक्षाका विषयमा नकारात्मक असर परेकाले सिंहदरबारभित्र सुरक्षामा कडाइ गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: