एन आर एन इटली का रास्ट्रीय संयोजक बाट रास्ट्रीय सम्म्लेलन र पंजीकृत सदस्यता बारे स्पष्टीकरण

मिलान, १३ जुलाई २००९ | एन आर एन इटली का रास्ट्रीय संयोजक डा. भीम बहादुर बम ले विभिन्न वेबसाईट मा एन आर एन इटली बारे छापिएको भ्रामक र आधार न भएका समाचार प्रति दुःख प्रकट गर्दे खंडन गर्नु भएको छ | त्यसै गरी उंहाले केही महिना अघि त्यस्तै प्रकाशित गरेको समाचार प्रति पनि खंडन गर्नु भएको कुरा पनि स्मरण गराउनु भएको छ र विभिन्न वेबसाइटका माननीय पत्रकार/ प्रकाशकज्यूँ लाइ पनि स्वंतंत्र र निष्पक्ष रही छानबीन गरी मात्र कसैको ब्यक्तिगत प्रतिष्ठा र चरित्र माथी आक्षेप न लागने गरी र एन आर एन इटली सम्बन्धी अधिकारिक र ओपचारिक सुचना मात्र प्रकाशित गरी दिन हार्दिक अनुरोध पनि यसे साथै गर्नु भएको छ |

यसै सन्दर्भ मा उंहाले आउँदो १९ जुलाई २००९ मा हुन गैरहेको प्रथन रास्ट्रीय सम्मलेन को मूल आयोजक समितिका संयोजक श्री दोलत कुमार साम्बा र निर्वाचन समिति का संयोजक श्री कृष्ण सुबेदीज्यूँ संग लगातार संपर्कमा रही परामर्श गरी सम्मेलनको पूरा तयारी भई रहेको जानकारी दिनु भयो | साथै आई सी सी र एन सी सी का सम्पूर्ण समिति लाइ पनि निमंत्रा पनि पठाई सकेको जानकारी दिनु भयो |

अंतमा, एन आर एन एउटा गैर राजनितिक, गैर वर्गीय, निस्वार्थ र सर्व सम्मतिको संस्था भएकोले अहिलेको राजनीती र खीचतान भैरहेकोले उंहाले कुनै पनि पद मा आफ्नो उम्मेदवारी न दिने पहिलाने घोषणा गरी सकेको पनि जानकारी गराउन भयो र इटलीमा सबभन्दा पहिला एन आर एन को बिधान तयार गरी पंजीकृत सदस्यको नमूना तयार गरी सम्पूर्ण क्षेत्रीय संयोजक लाइ बितरण गरि तर आफु निर्वाचन पछि मात्र पंजीकृत सदस्य बन्ने जानकारी पनि गराउन भयो | यस साथै उंहाले सम्पूर्ण इटलीवासी नेपालीहरुमा जे जस्तो स्तिथि भए पनि आउँदो प्रथम रास्ट्रीय सम्मलेनमा सहभागी भई सफल बनाउन हार्दिक अनुरोध पनि गर्नु भएको छ |

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: