प्रवासी नेपाली सेवा समिति साउदीअरवको एघारौ महाधिवेशन सम्पन्न

१३ जुलाई, ०९ । हेमकुमार खड्काको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गर्दै प्रवासी नेपाली सेवा समिति साउदीअरवको एघारौं महाधिवेशन अलखोबरको होटल अप्सरामा गत शुक्रवार सम्पन्न भएको छ ।१९५ जनाको केन्द्रीय समिति र ९ सदस्यीय कार्यसमितिको र्सवसम्मत चयन गर्दै सम्पन्न भएको उक्त महाधिवेशनको उदघाटन प्रमुख अतिथि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबका अध्यक्ष इ. धरम केसीले गर्नुभएको थियो । समितिका निवर्तमान महासचिव हेमकुमार खड्काले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व समितिका निवर्तमान अध्यक्ष तारानाथ भण्डारीले गर्नुभएको थियो । अतिथिहरुमा गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रि समन्वय परिषद, मध्यपूर्वका सह-संयोजक चोलाप्रसाद पाठक, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबका महासचिव नारायण गुरुङ, समाजसेवी हरिसाद घिमिरे लगायत विभिन्न संघसंस्थाका पदाधिकारी, वुद्घिजीविर्, इन्जिनियर तथा पत्रकारको आतिथ्यमा सम्पन्न भएको थियो ।

उक्त महाधिवेशनमा विभिन्न वक्ताहरुले सबैभन्दा जेठो संस्था यो समितिले साउदी अरब जस्तो देशमा पनि दशौं वर्षदेखि पींडित नेपालीहरुलाई पुर्‍याएको सहयोगका लागी प्रशंसा गर्नुभएको थियो । नेपाली कामदारहरुले भोग्नुपरेका यावत समस्याहरुको तत्कालिन र दीर्घकालिन निराकरणको लागि नेपाली राजदूतावास, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र मेनपावर कम्पनिहरुसँग वार्ता, सहकार्य र समन्वय गरेको तथा महिला कामदारहरुले भोग्नु परेका नारकीय जीवनबाट मुक्त गर्न यो समितिले गरेको पहलकदमीको कदर गरिएको थियो । त्यसैगरी, देशमा भएको प्राकृतिक प्रकोप बाढीपिडितहरुको उद्वारको लागी र विभिन्न सामाजिक कार्यमा पुरयाउँदै आएको सहयोगको पनि प्रशंसा भएको थियो ।

यस एघारौं महाधिवेशनद्वारा हेमकुमार खड्काको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसमा यामबहादुर लिम्बु उपाध्यक्ष, बलराम गिरी महासचिव, मेघराज दाहाल उपमहासचिव, विष्णु अधिकारी कोषाध्यक्षमा चुनिनुभएको भने सदस्यहरुमा प्रमोद शर्मा लामिछाने, रेशम ठकुरी, भरत केसी, कोमलनारायण पौडेल रहनुभएको छ ।

यसैगरी तारानाथ संस्थाको भण्डारी संरक्षक तथा प्रमुख सल्लाहकारमा रहनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: