हेरी सक्नु छैन माओवादीको राजसी छाँटकाँट

एक सयभन्दा बढी गाडीहरुको भीडले यतिबेला कोटेश्वरवासी अचम्मित बनेका छन्। कहिल्यै यत्रो गाडी हुँदैनथ्यो, तर माओवादीको कार्यालय स्थापना भएपछि कोटेश्वरमा गाडीहरुको भीड एकाएक बढेको छ भने सडकको व्यस्तता पनि दिनानुदिन बढेको छ, कोटेश्वर पेरिस डाँडानजिकका एक स्थानीय बासिन्दाले भने।अहिले माओवादीको केन्द्रीय कार्यसमितिको बैठक हालै खरिद गरिएको कोटेश्व्ारस्थित पेरिसडाँडामा बसिरहेको छ। माओवादीको केन्द्रीय कार्यालय मात्रै होइन, नेताको जीवनशैलीमा समेत व्यापक परिवर्तन आएपछि अहिले सर्वहारा पार्टीका नेताले अपनाएको जीवनशैली विवादको घेरामा
परेको छ।
व्यक्तिगत सम्पति नराख्ने घोषणा गरेका माओवादी नेताहरुले पछिल्लो. चरणमा व्यक्तिगत सम्पति जोड्न र उच्चशैलीको जीवनस्तर अपनाउन थालेपछि त्यसको व्यापक आलोचना भएको छ। जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार एकएक सम्पत्ति विवरणमाथि चर्चा भएपछि माओवादीले सम्पति छानबिन गर्न समिति नै बनाउने सम्भावना बढेको छ। अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशले राजधानीको कपनमा दश रोपनी जग्गा किनेको चर्चा छ भने अन्य केन्द्रीय सदस्यहरुले समेत व्यक्तिगत सम्पति जोडी राजसी छाँटकाँटको जीवनशैलीमा भुलेको भन्दै माओवादीमा नेताहरुबीच व्यापक आलोचाना शुरु भएको छ।
केन्द्रीय कार्यसमितिमा एकाएक सम्पतिका बारेमा कुरा उठ्नुको मुख्य कारण अध्यक्ष दाहालको जीवनशैली भएको स्रोत बताउँछ। अहिले सबैभन्दा बढी सवारी साधन हुने पार्टीमा माओवादी सबैभन्दा अगाडि रहेको छ। कार्यसमितिमा रहेका सदस्यहरुको सवारी साधन राख्ने समस्या परेपछि माओवादीले तीन करोडको लागतमा कोटेश्वरको पेरिसडाँडामा नयाँ कार्यालय भवन खरिद गरेको थियो। १३७ सदस्यीय केन्द्रीय कार्यसमतिमा रहेका सबैजसोले अहिले सुविधासम्पन्न र महँगा गाडी चढने गरेका छन्। केन्द्रीय कार्यालयका मात्रै होइन, क्षेत्रीय ब्युरो र जिल्लास्तरका माओवादी नेताहरुले महँगा सवारी साधन चढ्न थालेको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको हो। शान्ति प्रक्रियामा आउँदा केन्द्रीय समितिको बैठकले ६ जनाका लागि मात्र गाडीको सुविधा व्यवस्था गरेको थियो। तर, तीन वर्षको अवधिमा माओवादी नेताहरु सुविधामुखी भएको भन्दै केन्द्रीय समितिको बैठकमा शुक्रबार एकाएक चर्चा भएपछि मुख्य छलफलको विषय नै ओझेलमा परेको थियो। अहिले माओवादी नेताले तीन सयको हाराहारीमा अनधिकृत रुपमा सवारी साधनहरु प्रयोग गरिरहेका छन् भने सयौंको ंसंख्यामा मोटरसाइकलहरु प्रयोग भएका छन्। ६५ वटा गाडीलाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयले माओवादी नेताका लागि वैधता दिने प्रक्रिया शुरु गरे पनि माओवादीसँग डेढ सयका हाराहारीमा यस्ता गाडीहरु रहेका छन्। नेताहरुले ३७ र लडाकूहरुले ५७ गाडी अनाधिकृत रुपमा प्रयोग गरिरहेका छन्। बबई सिंचाई आयोजना, नेपाल टेलिकम, नेपाल प्रकृत संरक्षण कोष र दुई दर्जनभन्दा बढी व्यक्तिगत गाडीहरु कब्जामा लिएर माओवादी, हरियो, सेतोमिश्रित कृत्रिम प्लेटमा ०० नम्बर अंकित गरी गाडीहरु प्रयोग गरिरहेका छन्। भन्सार छलेर ल्याइएका र कब्जा गरिएका अन्य सयौं सवारी साधनहरुसमेत माओवादीले प्रयोग गरिरहेको छ।
माओवादी नेता–कार्यकर्ताको जीवनशैलीमा आएको परिवर्तनले नेताहरुलाई समेत चकित पारेपछि ८ महिनाअघि प्रमुख सचेतक पोष्टबहादुर बोगटीको संयोजकत्वमा आचारसंहिता तयार पारिएको थियो। एकता केन्द्र मसाल माओवादीसँग मिलेपछि यसको जिम्मेवारी देव गुरुङलाई सुम्पिएको थियो। तर, माओवादी नेता तथा कार्यकर्ताले आचारसंहितालाई धोती लगाउँदै अगाडि बढेका छन्। सर्वहारा पार्टीको नेतृत्व गरेको दाबी गर्ने माओवादी नेताहरुको सुविधाभोगी प्रवृत्तिप्रति पार्टी नै आक्रोशित बन्न गएको छ। अहिले पनि केही केन्द्रीय सदस्यहरुले त्यस्ता सुविधाहरु लिएका छैनन् भने उनीहरुकै पहलमा उक्त एजेन्डा केन्द्रीय कार्यसमितिको बैठकमा प्रवेश गरेको हो। आइतबारबाट केन्द्रीय समितिको बैठकमा मुख्य एजेन्डामाथि छलफल हुनेछ। पोलिटब्यूरो बैठकमा अध्यक्ष दाहालले पेश गरेका १९ बुँदे रणनीतिमाथि छलफल गरी बैठकले अन्तिम निर्णय गर्नेछ। सत्ता छाडेपछि बसेको माओवादीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको भावी रणनीति र अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पास गर्नेछ। केन्द्रीय नेताहरुहरुको जिम्मेवारी बाँडफाँड, पार्टीको भावी महाधिवेशनसमेत टुंगो लगाउने भनिएको उक्त बैठकमा आइतबारबाट चर्काचर्की हुने अवस्था छ। वरिष्ठ नेता मोहन वैद्यपक्षधरले साम्राज्यवादी र संशोधनवादीका रुपमा माओवादीले प्रस्तुत गर्दै आएका विषयमाथि प्रस्ट पार्दै तिनीहरुलाई किटेर अगाडि ब्ढ्नुपर्ने दबाब दिइरहेका छन्। ०६४ साल भदौको बैठकदेखि नै अल्पमतमा पर्दै आएका अध्यक्ष दाहालका लागि यो बैठक फलामे चिउरा साबित हुनेछ। २०६५ मंसिरको खरिपाटीमा भएको राष्ट्रिय कार्यकर्ता भेलामा पनि अध्यक्ष दाहाल अल्पमतमा परेपछि दुवै पक्षको प्रतिवेदन समेटेर नयाँ प्रतिवेदन तयार गरिएको थियो। आइतबारबाट १४ टोली नेताले अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ। छलफलका क्रममा फेरि प्रचण्ड र वैद्यपक्षधरबीच चर्काचर्की हुने अवस्था छ। वैद्यपक्षधर तत्काल जनविद्रोहको कार्यदिशामा जानुपर्ने पक्षमा छन् भने दाहाल पक्षधर राष्ट्रय सहमतिको सरकारका पक्षमा छन्

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: