एनआरएन जापानद्वारा निर्वाचन सम्बन्धि सूचना सार्बजनिक

११ जुलाई, ०९ । एनआरएन जापानको आउँदो १८ जुलाईका दिन सम्पन्न हुन गईरहेको तेश्रो बार्षिक साधारण सभाद्वारा केन्द्रीय प्रतिनिधिकारुपमा आईसीसी सदस्य छनौट गर्ने कार्यक्रम रहेको हुँदा एनआरएन निर्वाचन समितिले सम्बन्धित सबैको जानकारीका लागि तत्सम्बन्धी आवश्यक सूचना सार्बजनिक गरेको छ ।

निर्वाचन समितिका तर्फबाट सदस्य स्वतन्त्र पौड्यालद्वारा जारी गरिएको उक्त निर्वाचन सम्बन्धि सूचनामा केन्द्रीय प्रतिनिधि छनौट गर्दा निर्वाचनमै जानुपर्ने स्थिति आएमा जापान प्रवेश गरेको १८३ दिन पुगेका ११ जुलाईका दिनसम्म एनआरएन जापानको साधारण सदस्यता ग्रहण गरिसकेका नेपाली तथा नेपाली मूलका बिदेशी नागरिकहरुले मतदानमा भागलिन पाउने ब्यवस्था गरिएको कुरा उल्लेख छ । यसैगरी सूचनामा साधारण सदस्यता ग्रहण गर्दा भरिएको फारममा पुरा विवरण खुलेको हुनुपर्ने र खुलाउन बाँकी रहेकाहरुले यहि जुलाई १५ भित्र एनआरएन कार्यालयमा सम्पर्क गरी विवरण खुलाउन आह्वान गरिएको छ ।

मतदानमा भाग लिनका लागि सकेसम्म एनआरएन जापानको सदस्यता कार्ड देखाउनुपर्ने, यदि त्यो नभएमा आनो परिचय खुल्ने परिचय पत्र जस्तै एलियन कार्ड, पासपोर्ट आदि देखाउनुपर्ने प्रावधान राखिएको कुरा पे्रषित सूचनामा जनाईएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: