सीमा अतिक्रमण गर्दै जाने षडयन्त्र

काठमाण्डौ। राष्ट्रिय सुरक्षाा परिषद सचिवालयले गरेको अध्ययन अनुसन्धानको प्रतिवेदन प्रधानमन्त्री माधवकुमार नेपाललाई बुझाएका छन् र त्यो प्रतिवेदनमा राष्ट्रिय सुरक्षामा कसबाट कसरी आँच आउने काम भएको छ भनेर स्पष्ट बुझ्न सकिने गरी सरकार प्रमुखलाई सजग गराइएको छ। आफै बुई चढेर प्रधानमन्त्री बनेको ‘अतिक्रमणकारी पक्ष’ लाई माधव कुमार नेपालले कसरी संवोधन गर्ने छन् त्यो भने हेर्न बाँकि छ। राष्ट्रिय सुरक्षा परिषद् सचिवालय भनेको अत्यन्त संवेदनशील औपचारिक निकाय हो। त्यस्तो निकायले निकालेको निश्कर्षप्रति बे–वास्ता गर्नु भनेको अत्यन्त निकृष्ट व्यवहार हो।

राष्ट्रिय सुरक्षाका मामलामा पनि गम्भीर अवस्थाको प्रतिवेदन प्राप्त गर्दा पनि निरीहर लाचार बस्नु एक प्रकाकरो राष्ट्रप्रति गद्दारी र बेइमानी पनि हो। तसर्थ माधवकुमार नेपालमा एकरत्ति पनि राष्ट्रिय स्वाभिमानको लेस बाँकि छ भने त्यस्ता ‘अतिक्रमणकारी पक्ष’लाई परास्त गर्न देशब्यापि आन्दोलनका लागि समस्त राजनीतिक दल र देशभक्त जनताहरूलाई आग्रह गर्नुपर्दछ।   ‘रणनीतिक दृष्टिले उपयोगी भू–भाग कब्जामा लिने नीति अतिक्रमणकारीले लिएको’ जस्तो प्रतिवेदनमा किटानी गरिसकिएपछि यो अतिक्रमणकारी को रहेछ भनेर प्रश्न गरि रहनै परेमा यसो गर्ने भारत नै हो। तर सरकार प्रमुख र परराष्ट्र मन्त्री यस मामलामा चुप देखिन्छन्।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले प्रधानमन्त्रीलाई बुझाएको सो गोप्य प्रतिवेदनमा ‘अतिक्रमणकारी पक्षले नेपालको बिग्रँदो राजनीतिक स्थिति एवं कमजोर सुरक्षा प्राणालीका कारण आफ्नो सुरक्षा घेरालाई कसिलो बनाउँदै सीमाका रणनीतिक दृष्टिले उपयोगी रणनीतिक दृष्टिले उपयोगी भूभागमा कब्जा जमाउँदै अघि बढ्ने नीति लिएको स्पष्ट देखिएको उल्लेख गरेको छ। प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी सल्लाह दिने परिषद्मा रक्षा सचिव संयोजक, नेपाली सेनाका उपरथी सहसंयोजक, प्रहरी र सशस्त्र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक सदस्य छन्। प्रधानमन्त्री कार्यालय स्रोतबाट प्राप्त परिषद्को ३२९ नम्बरको विशेष विश्लेषण प्रतिवेदनमा ‘अतिक्रमणकारी पक्ष’ भनेर भारतीय पक्षलाई संकेत गरिएको देखिन्छ। केही दिनअिघ नेपाल भ्रमणमा आएका मारतीय विदेश सचिव शिवकुमार मेनन र नेपालस्थित राजदूत राकेश सुदले परराष्ट्रमन्त्री सुजाता कोइरालाकै उपस्थितिमा ‘सिमा विवाद नरहेको’ भनी दिएको अभिव्यक्तिको सांकेतिक विरोध प्रतिवेदनमा छ।  ‘जनस्तरमा सीमा विवादले व्यापकता पाइरहेका बेला नेपाली राजनीतिक दलका नेतृत्व पंक्ति एवं उच्च प्रशासनिक व्यक्ति र कूटनीतिक मर्यादासमेत ख्याल नगरी नेपाली नेताहरूलाई साक्षी राखी अतिक्रमणकारी पक्षबाट सीमा विवाद अतिक्रमणकारी पक्षबाट सीमा विवाद हालको प्रमुख मुद्दा नभएको भनी जारी गरिएको वक्तव्यले नेपाली पक्षको मनोबल गिराएको छ’ प्रतिवेदनमा उल्लेख छ।
मेचीदेखि महाकालीसम्मका सीमा अतिक्रमणका साथै दुर्व्यवहारका घटना व्यापक भइरहेको प्रतिवेदनमा औल्याइएको छ। ‘सीमासम्बन्धी विवादलाई सार्वभौम सत्ता सम्पन्न संसदका टोलीले स्थलगत भ्रमण गरी यथार्थता पुष्टि गरिसकेको अवस्थामा’ नेपाली राजनीतिक नेतृत्व तथा अतिक्रमणकारी पक्षबाट आएको गैरजिम्मेवार अभिव्यक्तिप्रति ध्यानाकर्षण गराइएको छ’। राजनीतिक तहमा मुलुकको हितभन्दा पनि दलगत एवम् व्यक्तिगत स्वार्थका लागि राष्ट्रियतालाई साधनका रूपमा उपयोग गर्ने द्वैध मानसिकता रहेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तो मानसिकता अन्त्य नभएसम्म यस्ता विषयवस्तु दोहोरिइरहने, सीमावासी जनताले सास्ती बेहोरिरहनु पर्ने र सीमास्तम्भसमेत सुरक्षित नहुने अवस्था रहेकोतर्फ प्रतिवेदनमा सचेत गराइएको छ।  ‘राष्ट्रियतासँग गाँसिएका मुद्दालाई सत्ताको भर्यातङ बनाउने प्रवृत्तिको अन्त्य हुनु अति आवश्यक देखिएको छ’, प्रतिवेदनको निचोड उपशीर्षकअन्तगैत १० नम्बर बुँदामा भनिएको छ।   राष्ट्रिय दृष्टिले ज्यादै महत्व राख्ने र दीर्घकालीन असर पार्ने यस्ता द्विपक्षीय एवम् कूटनीतिक विषयलाई हलुका ढंगबाट प्रस्तुत नगर्नसमेत सुझाव दिइएको छ। परिषद्ले सीमा क्षेत्रमा अविलम्ब उच्चस्तरीय प्राविधिक टोलीसहितको संयन्त्र खटाउन र राजनीतिक, कूटनीतिक तथा प्रशासनिक प्रक्रियाबाट समस्या समाधान गर्नु अति जरुरी भएको निष्कर्ष निकालेको छ।
तत्कालका लागि सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बललाई आर्थिक, भौतिक र सांगठनिक रूपले विस्तार गर्न तथा सशक्त बनाउन सकेमात्र पनि सीमा क्षेत्रमा बेलाबखत देखिने विवाद केही हदसम्म नियन्त्रण हुने परिषद्को ठहर छ।
सबै सुरक्षा निकाय मातहतका अधिकृत र अन्य कर्मचारीसहित करिब ६० जनाको दरबन्दी रहेको परिषद्ले साप्ताहिक र विशेष परिस्थितिमा दैनिक रूपमा समेत प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने एक सदस्यले बताएका छन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: