कलात्मक नगरमा फोहरको डंगुर

काठमाडौं। कलात्मक मन्दिर र दरबारहरुको संग्राहलय भक्तपुरमा हिजो आज फोहरको डंगुर भेटिन थालेका छन्। पर्यटकसंग भक्तपुर नगरपालिकाले लिने ७५० रुपियाँ सदुपयोग भएको छैन। भक्तपुरको बिश्वबिख्यात पाँचतले मन्दिरबाट करीब सय मिटर ओरालो लागेपछि, फोहोर थुपार्ने स्थान हनुमन्ते खोला पुगिन्छ। त्यहाँ नपाले फोहर बस्तुबाट मल बनाउने भनिए पनि, उदेश्यअनुसार कर्माचारीहरु खटाइएको छैन। सो ठाउँमा बर्षौंदेखि फोहर फाल्ने गरिदा स्थानीयबासीको स्थास्थ्यमा नकारात्मक असर परेको छ। फोहर फाल्न छुट्टाइइएको कम्पाउण्डमा लगाइएको पर्खाल स्थानीयबासीले भत्कादिएका छन्। तस्विरमा पाँचतले मन्दिरको तिनतला छाना समेत देखिएको छ।
फोहरबाट मल बनाउन हुने र पुन प्रयोग गर्न सकिने बस्तु छुट्टयाएर संकलन गर्न नगरपालिकाले हरेक परिवारलाई दुइवटा बाल्टिन दिने गरेको छ। तर सो बाल्टिनको सही प्रयोग नहुदा मिश्रित फोहर सडकमा नै फालिन्छन्। यसरी फालिएका फोहरबस्तु सो स्थानमा नगरपालिकाले थुपार्दा भने हजारौं मानिसहरु प्रभाबित भएका छन्। यसबाट बर्षेनी डेढ लाख बिदेसी पर्यटकरुह प्रभाबित भएका छन्।
यसै स्थानमा रहेका आर्दश आजाद शिक्षा क्याम्पसका बिद्यार्थीहरु फोहर बासनाले पढाई गरिरहेका छन्। त्यसै गरी श्याम धौभडेल अस्पतालमा स्वास्थ्य उपचारको लागि जाने बिरामीहरु फोहरबाट निस्कने दुषित हावाको कारण रोगमा अझ जटिलता उत्पन्न हुने गरेको छ। यसै क्षेत्रबाट बिभिन्न कलेज र स्कुलकाका बिद्यार्थीहरु ओहरदोहर गर्ने गरेका छन्। वाल्यसे स्कुल, प्रदिप क्षेत्री सेकेण्डरी स्कुल, बिद्या बिकास माबि, काठमाण्डौं बिश्वबिद्यालय संगीत बिभाग, खोप कलेज, पद्म उमाबि आदिमा पढ्ने बिद्यार्थीहरु यहाको दुषित बाताबरण हुदै पढाई गर्न बाध्य भएका छन्।
नपाले पर्यटकबाट संकलन गरेको रकम स्थानीय बिकासमा भन्दा बिभिन्न राजनैतिक दलले गर्ने कार्यक्रमहरुको लागि चन्दा तथा अनुदान दिने गरेको छ। तर सरसफाई र फोहर ब्यबस्थापनमा स्थानीयबासीलाई सहभागी गराउन कुनै पनि कार्यक्रम सञ्चालनमा छैनन्।
फोहरले अस्तब्यस्त भएको हनुमन्ते खोला किनारमा रहेका सम्पदा क्षेत्रहरु बिनास हुदै जादा पनि नगरपालिकाले कुनै वास्ता लिएको छैन। अहिले गर्मी बढेको कारण खोलाको फोहरवाट निस्केको हावा पाँचतले मन्दिर क्षेत्रमा समेत फैलिएको छ। नगरपालिकाले टिकट काटेर पर्यटक केहीबेर यहाँ बसी फर्कून भन्ने इच्छा राख्ने गरेको छ। दुषित हावाको कारण पर्यटक फर्काउनु नै भक्तपुर नगरपालिकाको पर्यटकीय गतिबिधि बन्न पुगेको छ। नगरपालिकाले पर्यटकीय क्षेत्रहरुमा फोहरले भरिएको दुर्गन्धित सवारी साधनहरु ओहरदोहर गर्ने गराएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: