केको फोटो होला यो?

यो कुनै जात्रा उत्सबको फोटो हैन। कही नभको जात्रा त झन पक्कै हैन किन कि कही नभाको जात्रा पनि हुन्छ। सर्बबिदितै छ हादिगाउ….आखिर के रहेछ यो हेर्ने हो कि?

राष्ट्रपति डा. रामवरण यादव राजकीय सम्मानका साथ संविधानसभा, व्यवस्थापिका-संसदको भवन, नयाँ बानेश्वरमा सरकारको नीति तथा कार्यक्रमको सम्बोधन गर्न आउनुभएको थियो ।राष्ट्रपतिलाई प्रधानमन्त्री र सभामुखले संसद परिसरमा स्वागत गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले सम्मानगारद चढाएको थियो । सरकारले प्रस्तुत गरेका ९४ बुँदाको नीति तथा कार्यक्रमहरु जस्ताको तस्तैराष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका संसदको बैठकमा नेपाल सरकारको आर्थिक वर्ष ०६६/६७ को वाषिर्क नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

परम्परागत दायित्व पुरा गर्दै राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपति डा.रामवरण यादवले बिहीबार सरकारको नीति तथा कार्यक्रम संविधानसभा व्यवस्थापिका संसदमा प्रस्तुत गरेका थिए।

सरकारको योजना र बजेट पेश गर्ने बाटो खोल्ने गरी सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको लामो राजनीतिक असमझदारी गतसाता तोडिए पछि संसदको हिउँदे अधिवेशन बुधवारदेखि शुरु भएको हो।

प्रधानसेनापति प्रकरणलाई लिएर प्रमुख दलहरु दुई विपरित ध्रुवमा बाँडिएपछि नयाँ संविधान जारी हुनेमा थुप्रै आशंका प्रकट गर्नेहरुलाई सरकारले आश्वस्त पार्न खोजेको छ।

राष्ट्रपति डा.यादवले घोषणा गरेको नीति तथा कार्यक्रममा भनिएको छ, निर्धारित समयभित्र राष्ट्रिय सहमतिका आधारमा नयाँ संविधानको निर्माण, राज्यको पुनर्संरचना, सामन्तवादको अन्त्य र आर्थिक-सामाजिक रुपान्तरणका साथ तीव्र आर्थिक विकास सरकारको मुख्य प्राथमिकता रहेको छ।

दलहरुबीच विभाजन ल्याउने गरी उत्पन्न प्रधानसेनापति प्रकरणलाई लिएर उक्त सरकार अल्पायुमै ढल्न पुगेको थियो।

घरीघरी प्रकट हुने चरम राजनीतिक विवादको एउटा विषय बन्ने गरेको माओवादी लडाकुको टुंगो शान्ति सम्झौता अनुसार लगाउने सरकारको कार्यक्रममा उल्लेख छ।

कार्यक्रममा भनिएको छ, संविधान निर्माणले पूर्णता पाउनु अगावै माओवादी सेनाका लडाकुहरुको रेखदेख निर्धारित, पुनस्थापना र समायोजनका कार्य सम्पन्न गरिनेछ।

सरकारले आफ्नो कार्यक्रममा कतिपय महत्वाकाँक्षी लाग्ने विकास निर्माणको लक्ष्य पनि लिएको छ।

कार्यक्रममा अल्पसंख्यक, गरीब र पिछडिएका जाति-समुदाय र दुर्गम क्षेत्रको हित गर्ने उदेश्य पनि छ।

बन्द रोक्ने

सबैलाई हैरानै पारेको जहाँ सुकै जतिबेला पनि हुने गरेको बन्द र चक्काजाम रोक्ने सरकारले बताएको छ।

बन्दका नाममा अत्यावश्यक सेवा र प्रमुख मार्गहरु अवरुद्ध हुने कार्य रोक्न राष्ट्रिय सहमति कायम गर्दै विशेष योजना सञ्चालन गरिनेछ, राष्ट्रपतिले आफ्नो संबोधनमा भने।

गणतन्त्र स्थापना पछि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गरेको यो दोश्रो पटक हो।

उनले गत वर्ष माओवादी नेतृत्वको सरकारको कार्यक्रम सार्वजनिक गरेका थिए।

तर प्रमुख प्रतिपक्षमा पुगेको माओवादीले यस पटक दुईजना सभासदमात्र पठाएर राष्ट्रपतिको संबो्धन कार्यक्रम अघोषित बहिष्कार गरेको संकेत दिएको छ।

संसद चलाउन प्रमुख प्रतिपक्षी दलको उपस्थिति अनिवार्य मानिने भएकाले सरकारसंग केही दिन अघि भएको सहमति पालना गर्न माओवादीले औपचारिकताको निम्ति मात्र उपस्थिति जनाएको ठानिएको छ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: