पूर्वराजाकी बहिनीले तिरिन् दुई करोड कर

image ज्ञानेन्द्र शाहकी कान्छी बहिनी शोभा शाहीले १६ वर्षको घरजग्गा करबापत करिब दुई करोड कर तिरेकी छिन् । पूर्वराजपरिवारका सदस्यले राजतन्त्रकालको पनि कर तिरेको यो पहिलो घटना हो ।महानगरपालिकाले ‘तत्कालीन श्री ५ बाहेक राजपरिवारका अन्य सदस्यबाट पनि कर उठाउने’ निर्णय गरे पनि राजतन्त्रकालमा राजपरिवारका कुनै पनि सदस्यले कर तिरेका थिएनन् । महानगरपालिकाले यो कानुन बनेको साल ०४९ बाटै लागू हुने गरी कर उठाउन ३५ वटै वडालाई परिपत्र गरेको थियो । तर, राजपरिवारका कुनै पनि सदस्यले कर तिर्ने र वडा कार्यालयले कर उठाउने प्रयास नै गरेका थिएनन् ।

गणतन्त्र स्थापना भएपछि भने राजपरिवारका सदस्यहरू पनि कर तिर्ने प्रयासमा लागेका छन् । यही क्रममा शोभाले बुधबार ०४९ यता १६ वर्षको करबापत दुई करोडको चेक बुधबार काठमाडौं महानगरपालिकालाई बुझाएकी छिन् ।

शोभाले चेक बुझाएको रसिद लगेकी छिन्, तर कर चुक्ता तथा कर निर्धारणको कागजात पाएकी छैनन् । महानगरपालिकाका कार्यकारी अधिकृत कार्यालयमा नभएका कारण ‘डकुमेन्ट’ दिन नसकिएको कर्मचारीहरूले बताएका छन् ।

काठमाडौं महानगरपालिका राजस्व महाशाखा प्रमुख राज्यप्रकाश प्रधानांगका अनुसार शोभाले घरजग्गा करबापत १६ वर्षको डेढ करोड र लिजमा दिएको जग्गाको ५० लाख गरी करिब दुई करोड तिरेकी हुन् । ‘पूर्वराजपरिवारका सदस्यले ०६३ यताको मात्र कर तिर्ने कुरा आइरहेको छ, तर शोभाले ०४९ देखिकै कर तिरेकी छिन्,’ प्रधानांगले भने ।

महानगरपालिकाको वडा नम्बर ३१ कमलादीस्थित १९ रोपनी ६ आना २ पैसा क्षेत्रफलमा शोभाको घर छ । यो घर र जग्गाको १६ वर्षको कर महानगरपालिकाले डेढ करोड निर्धारण गरेको थियो । त्यस्तै, उनको चार रोपनी जग्गा हिमालय हाउजिङले लिजमा लगेको छ, यसको कर महानगरपालिकाले करिब ५० लाख निर्धारण गरेको छ ।

पूर्वअधिराजकुमार धीरेन्द्रका तीन छोरीले ‘घरजग्गा कर निर्धारण गरिपाऊँ’ भन्दै काठमाडौं महानगरपालिकामा नौ महिनाअघि निवेदन दिएका थिए । महानगरपालिकाले ०४९ यताको कर लिने निर्णय गरे पनि स्थानीय विकास मन्त्रालयले ०६३ यताको मात्र कर लिन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिकाले भने कानुनी सल्लाहकारको सुझाब लिएर ०४९ सालदेखि कर लिने निर्णय गरिसकेको छ ।

मन्त्रालय र महानगरपालिकाबीचको विवादका कारण धीरेन्द्रपुत्रीहरूको कर निर्धारण हुन सकेको छैन । धीरेन्द्रका छोरीहरू सीताष्मा शाह, पूजा शाह र दिलासा शाहका नाममा महानगरपालिका वडा नं. ३ महाराजगन्जमा जग्गा छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: