दुर्घटनामा किशोरीको मृत्यु

सुनसरी सुनसरीको सिंगीया ७ स्थित दुर्गापुरीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक किशोरीको ज्यान गएको छ ।
आज बिहान करिब साढे १० बजे सुनसरीको झुम्काबाट महेन्द्रनगर तर्फ जाँदै गरेको को ४ प ४०६ नम्बरको मोटरसाइकलको पछाडी सवार सिंगीया ४ कि संगीता चौधरीको मृत्यु भएको हो । भाँदगाउँ सिनुवारी २ का बिष्णुनाथ चौधरीले चलाई लगेको मोटरसाइकल अनियनित्रत भइ नजिकै रहेको खाल्डोमा खसि दुर्घटना भएको थियो । दुर्घटनामा परि घाइते भएका दुवैलाई उपचारकालागी बिराटनगर स्थित न्यूरो अस्पताल ल्याइएको थियो ।
संगीताको उपचारका क्रममा मध्यान्न १२ बजे मृत्यु भएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । १८ बर्षीया किशोरीको मृत्यु पछि भने चालक बिष्णुनाथलाई सामान्य उपचार पछि मोरङ्ग प्रहरीले नियन्त्रणमा लिएको छ ।यस्तै, उता झापाको सुरुङामा दुध बोकेको ट्याङकर आज बिहान पल्टिदा २ जना गंम्भिर घाइते भएका छन । बिहान साढे ५ बजेतिर पश्चिम गइरहेको बा ५ च १४३ नंबरको ट्याङकर पल्टिदा झापा अर्जुन धाराका चालक नारायण चौधरी र सह चालक गणेश चौधरी घाइते भएका हुन् । घाइते दुबैको झापाको कंचनजघा अस्पतालमा उपचार भैरहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: