सङ्गीतकार न्ह्यू बज्राचार्यले एकल साङ्गीतक प्रस्तुति गर्ने

काठमाडौं। सङ्गीत यात्रा आरम्भ गरेको २५ वर्ष पुगेको अवसरमा सङ्गीतकार तथा गायक न्ह्यू बज्राचार्यले यही असार २७ गते एकल साङ्गीतक प्रस्तुति गर्नुहुने भएको छ। मंगलबार राजधानीमा आयोजित पत्रकारसम्मलेनमार्फत “एकछिन” नाम दिइएको सो एकल प्रस्तुति सास म्युजिक इन्टरनेसनलको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुने जानकारी दिइयो। कार्यक्रममा आफ्नो सङ्गीतमा आनिछोइङ डोल्मा, निमारुम्बा, सत्यराज आचार्य, स्वरुपराज आचार्य र सिन्सि गुरुङले करिब २० वटा गीत प्रस्तुत गर्नुहुने सङ्गीतकार तथा गायक बज्राचार्यले बताउनुभयो।
आफ्नो २५ वर्षे साङगीतिक जीवनमा १८ वटा एल्बममा काम गरेको, सुरुका वर्षका नेपाली गीतसङ्गीतमा संलग्न भएको तथा पछिल्ला दिनमा नयाँपुस्ताका कलाकारका साथै बालगीतदेखि भजनमा समेत सङ्गीत भरेको सङ्गीतकार बज्राचार्यले जानकारी दिनुभयो। उहाँले सो साङ्गीतिक कार्यक्रम विगतका दिनलाई सम्झेर नयाँ दिनका लागि योजना बनाउने अवसर पनि भएको अनुभव सुनाउनुभयो। नेपाल पर्यटन बोर्डका शरद प्रधानले नेपाली साङ्गीतिकक्षेत्रमा योगदान दिएका सङ्गीतकार तथा गायक बज्राचार्यको २५ वर्षे यात्रा सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। सो प्रस्तुति हेर्नका लागि दर्शकहरूले रु.४०० र रु. एक हजारका टिकट किन्नुपर्नेछ। यसबाट उठेको रकम अस्कल कलेजका पूर्व विद्यार्थीहरूको सङ्गठन सेवा समाजलाई सामाजिक सेवामा खर्च गर्न हस्तान्तरण गरिने बताइयो। कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: