भक्तपुरको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप, डिएसपीसहित आठ घाइते

२४ असार, काठमाडौं । अपहरणकारीको आरोपमा भक्तपुरबासीको कुटपीटबाट सहपाठीको मृत्युभएपछि दोषीलाई कारबाही माग गर्दै विद्यार्थीहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । झडपमा महानगरीय प्रहरीबृत्त तीनकुनेका डिएसपी विश्वराज पोख्रेलसहित आठ जना घाइते भएका छन् । पोख्रेलको खुट्टामा चोट लागेको छ ।प्रहरी तर्फ पाँच र प्रदर्शनकारी तर्फ ३ गरी आठ जना घाइते भएका प्रहरीले जनाएको छ ।घटनापछि आक्रोशित प्रदर्शनकारीले कोटेश्वरस्थित प्रहरी कार्यालय घेराउ गरेका छन् । अहिले त्यहाँको अवस्था अहिले तनावग्रस्त छ ।

मृतकका आफन्त, विद्यार्थी र स्थानीयबासीले विहानैदेखि भक्तपुरको कौशलटार, गठ्ठाघर, जडिबुटी तथा काठमाडौंका कोटेश्वर र पेप्सीकोलामा चक्काजाम गरेका छन् ।सडकमा टायर बालेर प्रदर्शन गरेको कारण अरनिको राजमार्ग भएर काठमाडौं आउने र काठमाडौंबाट भक्तपुर तर्फ जाने यातायातका साधन चल्न सकेका छैनन् ।

बच्चा अपहरणको प्रयास गरेको आरोपमा भक्तपुरको मध्यपुरठिमीस्थित चपाचोका बासिन्दाले निर्घात कुटपीट गर्दा चितवन घर भएका सबिन क्षेत्री र पाल्पाका जिबन थापा मगरको मृत्यु भएको थियो । जनप्रेमी उच्चमाविमा अध्ययनरत क्षेत्री र थापा आफ्ना अभिभावकका साथ काठमाडौंको पेप्सीकोलामा बस्दै आएका थिए ।

भक्तपुर मै अपहरणकारीको हल्ला

भक्तपुरको कमलविनायकमा अपहरणकारीको हल्लाले आज विहान भक्तपुरबासी त्रसित भए । प्रजापति थरकी एक महिलाले बोकेको बच्चा मानसिक सन्तुलन ठीक नभएकी अर्की महिलाले आफ्नो बच्चा भएको भन्दै खोस्न खोजेपछि अपहरणकारी गाउँ पसेको हल्ला फैलिएको हो । अपहरणकारीको आरोप लगाउँदै मानसीक सन्तुलन ठीक नभएकी महिलालाई स्थानीयवासीले कुटपीट समेत गरेका थिए । सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले महिलालाई उद्धार गरेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: