नारायणहिटी छाडेपनि नेपालीहरु सुखी भएनन- पूर्वराजा

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्रबीक्रम शाहले देशको राजनीतिक अवस्थाप्रति असन्तुष्टी व्यक्त गरेका छन् । देशको शान्ति प्रक्रियामा सुधार आउने आशाले आफूले सहज रुपमा नारायणहिटी राजदरवार छाडेको तर सबैले सोचेजस्तो हुन नसकेकोमा दुःख लागेको बताएका छन् ।पूर्व राजा ज्ञानेन्द्र शाहले परिवर्तित परिस्थीतिमा पनि नेपालीहरुको अबस्थामा सुधार आउन नसकेकोमा आफु अत्यन्तै चिन्तित भएको बताएका छन । आफ्नो ६३ औं जन्मदिनको अबसरमा आज सन्देश जारी गर्दै शाहले देशमा शान्ति सुरक्षाको अबस्थामा सुधार आइ नेपाल शान्त, सम्बृद्ध र सुन्दर होस भन्ने हेतुले आफुले नारायणहिटी छाडेको बताउनुभएको छ । असार २३ गते अर्थात मंगलबार पूर्व राजा ज्ञानेन्द्रको जन्मदिन पर्दछ । गत बर्ष जेठमा नारायणहिटी छाडेपछि ज्ञानेन्द्रको यो पहिलो सार्बजनिक अभिब्यक्ति हो ।

परिवर्तित परिबेशमा पनि देश र प्यारा देशबासी दाजुभाई दिदीवहिनीको स्थीतिमा सुधार आउन नसकेकोमा म उग्दीन, चिन्तीत र मर्माहत छु । हाम्रा पुर्खा र सम्पूर्ण नेपालीहरुको प्रयासबाट निर्मित हिमाल, पहाड र तराई रहेको यो नेपाली पुष्पमाला आन्तरिक बिग्रह तथा बाह्य बिद्वेषबाट नचुँडियोस भन्ने मेरो आग्रह छ ।–ज्ञानेन्द्र शाह

काठमाडौं – म ६३ बर्षको जीवनकालमा आइपुगेको छु । दुनियाँ जसदेखि राजी रहन्छन र मेरो देश बाँचिरहोस भन्ने पुर्खौली आदर्शप्रति मेरो हार्दिक दृढता छ । त्यही आर्दशमा निष्ठावान हुँदै राष्ट्रियता, राष्ट्रिय एकता र युगसम्मत प्रजातन्त्रप्रति म सदैब प्रतिबद्ध छु ।

मैले नारायणहिटी छाडेको पनि एक बर्ष पुगीसकेको छ । छोडनुको कारण देशमा शान्ति सुरक्षाको अबस्थामा सुधार आइ नेपाल शान्त, सम्बृद्ध र सुन्दर होस अनि नेपालीहरु सुखी सन्तुष्ट रहुन भन्ने नै थियो ।

यो कालक्रममा म र मेरा पुर्खाप्रति सकारात्मक र नकरात्मक दुवैखाले टिप्पणी गर्नेहरुप्रति म जानकार छु । र, सकरात्मक सोचाई राख्नेहरुप्रति आभार ब्यक्त गर्न चाहान्छु ।

परिवर्तित परिबेशमा पनि देश र प्यारा देशबासी दाजुभाई दिदीवहिनीको स्थीतिमा सुधार आउन नसकेकोमा म अत्यन्त उग्दीन, अन्यत्त चिन्तीत र अन्तन्त मर्माहत छु । हाम्रा पुर्खा र सम्पूर्ण नेपालीहरुको प्रयासबाट निर्मित हिमाल, पहाड र तराई रहेको यो नेपाली पुष्पमाला आन्तरिक बिग्रह तथा बाह्य बिद्वेषबाट नचुँडियोस भन्ने मेरो आग्रह छ ।

राष्ट्रिय राजनीतिमा संलग्न, राज्य संचालन शक्तिसंग आबद्ध स्वदेशीहरु र बिदेशी हितैसीहरुप्रति नेपाल र नेपालीहरुप्रति सच्चा दिलले माया गरिदिनुहुन पनि मेरो आह्वान छ । हाम्रो नेपाली माटो, हाम्रो हिमाल र हाम्रो समथर भुभाग तथा हाम्रा नद नदी, तालतलैया र मनोरम हराभरा प्रकृति मेरानिम्ती सदैब पि्रय छन् ।

यही मनोहरी प्रकृतिमा म र मेरा दरसन्तान सदैव नेपाली आत्मीयजनसंग रहिरहुँ भन्ने मरो पबित्र आकांक्षा छ । मेरो जन्मदिनका सन्दर्भमा मेरो दिर्घायु तथा सुख स्वास्थ्यको सुभेच्छा राख्ने सवै देशी, बिदेशी शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: