राजन प्रधानाङ्गद्वारा उम्मेदवारीको घोषणा

६ जुलाई, ०९ । एनआरएन जापानका पूर्व अध्यक्ष राजन प्रधानाङ्गले आईसीसी सदस्यका लागि जापानबाट आफुलाई दाबेदारकारुपमा उभ्याउदैं सार्बजनिकरुपमा उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

c3e1fRajan OK

जापानको प्रतिनिधित्व गर्ने आईसीसी सदस्य तथा चौथो ग्लोबल सम्मेलनका लागि डेलिगेट्सहरुको छनौट गर्ने प्रमुख एजेण्डासहित यही जुलाई १८ मा सम्पन्न हुन गईरहेको एनआरएन जापानको साधारण सभा नजिकिंदैं गर्दा सो संस्थाका सँस्थापक अध्यक्षसमेत रहनुभएका प्रधानाङ्गले एक बिज्ञप्ती प्रकाशित गरी उम्मेदवारीको घोषणा गर्नुभएको हो ।

यसअघि औपचारिक वा अनौपचारिकरुपमा अरु ३ जनाले उम्मेदवारीको घोषणा गरिसक्नुभएको छ । आफ़्नो उम्मदवारी घोषणा गर्दै श्री प्रधानाङ्गले प्रकाशित गर्नुभएको बिज्ञप्तीमा आफुले संगालेको दुइ कार्यकालको अनुभवललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद बिचको सम्बन्धमा थप बिस्तार गरी कार्य सरलता एवं संस्थागत बिकास जस्ता कुराहरुमा उपयोग गर्दै एनआरएन अभियानलाई नयाँ उचाईमा पुरयाउनका लागि आफुले आईसीसीको सदस्यमा दाबी गरेको कुरा उल्लेख छ ।

श्री प्रधानाङ्गद्वारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ – हामी जापानवासी नेपालीहरु विश्वका अरु नेपालीहरु सँगै र कतिपय क्षेत्रमा अघिल्लो पंक्तिमा उभिएर ‘नेपालीका लागि नेपाली’ अभियानमा जुटेका छौं । एनआरएन अभियानकारुपमा चिनिने हाम्रो यो अभियानले विगतका दिनमा उल्लेखनिय उपलब्धीहरु हासिल गरेको छ । जापानमा एनआरएन अभियानको थालनी आधिकारिकरुपमा १२ फेब्रुवरी २००४ बाट भएको हो । स्थापनाकालदेखि ४ मे २००८ सम्म तपाईहरुले मलाई यस संस्थाको अध्यक्षको जिम्मेवारी सुम्पेर हरतरहले सहयोग गरेर ऋणी बनाउनुभएको छ। म तपाई जापानवासी सम्पूर्ण नेपालीहरुप्रति आभारी छु र यहाँहरुले दिएको माया, ममता, सहयोग कहिले पनि भुल्ने छैन ।

एनआरएन जापान तपाईहरुकै सहयोगले संस्थागत तरिकाबाट विकास भईराखेको छ र अब पनि हुँदै जाने छ । त्यस्तै हाम्रो केन्द्रीय समिति अन्तर्राष्ट्रिय समन्वय परिषदको लागि प्रतिनिधि चयन गर्ने वार्षिक साधारण सभाको दिन नजिक आउँदैछ । जापानको २ कार्यकालको मेरो अनुभवलाई यसपाली अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषदको सम्बन्ध र कार्य सरलता एवं संस्थागत विकास गर्नको लागि सुम्पने सोच बनाएको छु । यसका निम्ति जापानबाट अन्तर्राष्ट्रिय प्रतिनिधिकारुपमा एनआरएन जापानको आगामी साधारण सभामा उम्मेदवार हुने इच्छा प्रकट गर्दै सबैसँग सहयोगका लागि हार्दिक अपिल गर्दछु – बिज्ञप्तीमा उल्लेख छ ।

यसैगरी बिज्ञप्तीमा अगाडि भनिएको छ – यसका निम्ति जापानवासी सबै नेपालीहरु, विभिन्न नेपाली संघसंस्था र नेपाली र नेपालको भलो चाहने जापानी मित्रहरुको सहयोग, सद्‍भाव र सहकार्य जरुरी छ । हामी नेपालीहरुले आगामी दिनमा सहकार्यलाई संस्कारकै रुपमा विकास गर्न सकियो भने हामीहरु

बीचको आपसी सम्बन्ध पनि घनिष्ठ हुनेछ र अपेक्षाकृत बढी उपलब्धी हासिल हुन सक्छ भन्ने विश्वास मैले लिएको छु ।

यहाँहरुबाट विगतको जस्तै सहयोग र सद्भाव पाउने पूर्ण आशा र विश्वास राख्दै एनआरएन अभियानलाई अन्तरराष्ट्रिय समन्वय परिषद मार्फत अघि बढाउने प्रतिवद्धता पनि प्रकट गर्न चाहन्छु – बिज्ञप्तीमा उल्लेख छ ।

यसअअघि निबर्तमान आइसीसी सदस्य किरणबिक्रम थापा, एनआरएन जापानका उपाध्यक्षद्वय कपिलदेव थापा र अरुणकुमार श्रेष्ठले उम्मेदवारीको घोषणा गरिसक्नुभएको छ भने पत्रकार भूषण घिमिरेको नाम पनि चर्चामा आउन थालेको छ ।

उता, एनआरएन जापानले सकेसम्म सहमति र समझदारीमा आइसीसीको प्रतिनिधि छनौट गर्ने, त्यसका लागि हरसंभवका प्रयासहरु गरिने तैयारीमा लागेको बुझिएको छ ।

स्मरण रहोस्, एनआरएन जापानको मौजुदा बिधानमा आइसीसीको उम्मेदवार हुनका लागि एनआरएन जापानको कार्यसमितिमा रही एक कार्यकाल पूरा गरेको हुनुपर्ने प्रावधान रहेको बताईन्छ । यो प्रावधानले एनआरएनको साधारण सदस्यतालाई अँगिकार गरेका एनआरएन अभियानलाई अन्तर्राष्ट्रियरुपमा हाँक्न सक्ने योग्य तथा सक्षम ब्यक्तित्वका लागि आईसीसीमा जान बन्देज लगाएको छ । उसो त, यो प्रावधान आफैमा बिबादरहित भने छैन । सामान्यतया: मताधिकारको अधिकारसंगै उम्मेदवारीको अधिकार पनि संगै जोडिएर आउने सर्बत्र प्रचलित मान्यताको खिलाफमा यो प्रावधान रहेको धेरैको गुनासो रहेको पाईन्छ । यसमा संशोधन हुन आवश्यक रहेको कुरा हरेक कोणबाट उठ्न थालेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: