बन्दमुक्त जिल्लामा बन्दै बन्द

धनकुटालाई बन्दमुक्त जिल्ला घोषणा गरिएको छ भन्ने शायदै थोरैलाई थाहा होला। तर यस जिल्लालाई ६ महिना अघि बन्दमुक्त घोषणा गरिएको छ। बन्दले हैरान भएपछि जिल्लास्थित राजनैतिक दल, अधिकारकर्मी, नागारिक समाज, स्थानिय प्रशासन, संञ्चार जगत लगायतले एकमुष्ठ समर्थन र ऐक्यबद्धता जनाएका थिए। गत मंसिर तेस्रो हप्ता यस जिल्लालाई बन्दमुक्त घोषणा गरिएको हो। तर मुक्त घोषणा गरिएको छोटो समयमा कति पटक बन्द भयो भनेर औंला भाँच्ने हो भने झण्डै हाम्रा हातका सबै औंला गनिन्छन्। यसै हप्ता मात्र तीन वटा बन्दका कार्यक्रम राजनैतिक दलबाटै गरिएको छन्। नागारिकको सर्वौच्चताको लागि जुट्ने राजनैतिक दलबाटै बन्दलाई उल्लंघन बढी गरिएको गुनासो बढ्दै गएको छ। बन्दको घोषणा गर्न हतारिएर त्यसलाई कार्यान्वयन नगरिनु दुखद पक्ष हो, धनकुटा ४ देब्रेबासका भक्त बसेलले गुनासो गरे।
त्यसो त उनको मात्र गुनासो होइन्। अधिकांश सर्वसाधरण बन्दको नाम सुन्ना साथ हैरान हुने गरेको बताउछन्। नाम मात्रको बन्दमुक्त जिल्ला घोषणा गरिनु हाँस्यास्पद कुरा हो, कुरुलेतेनुपाका नोदनाथ त्रितालले भने– कस्कालागि बन्द घोषणा गरिएको हो? यदि जनताको लागि हो भने बन्दलाई सदाका लागि अन्त्य गरिनु आवश्यक भएकोमा सर्वसाधरणलाई जोड दिएका छन्। गत मंगलबार बन्द गराउन आग्रह गर्दै सुचना गरिएको थियो। एकिकृत नेकपा माओवादीले लिम्बूवान क्षेत्र बन्द गराउने सार्वजानिक सुचना गरेको हो। तर आफैले बन्दमुक्त जिल्ला घोषणा गर्न प्रतिबद्ध भई हस्ताक्षर गरेको कुरा बिर्सनुले जनताको अपमान भएको टिप्पनी हुन थालेको छ। यस अघि पनि दैनिक रुपमा दुई घण्टाको दरले बन्द गरिए। पूर्व सुचना अनुसार बुधबार पनि यातायात तथा पसल पनि बन्द हुने छ। विगतमा पनि पटक पटकको बन्दले हैरान भएका सर्वसाधरण पुन बन्दको पुनरावृत्तिले कति हैरान भए त्यसको कुनै लेखाजोखा नगरिनु दुखद पक्ष भएको धनकुटा ७ हुलाकटोलका देवका कार्कीको भनाई छ। बन्दमुक्त घाषणामा मात्र सिमित नभई सदाका लागि बन्द बन्द हुनु पर्नेमा स्थानियबासीहरुको धारणा छ। विभिन्न समुहको नाममा बारम्बार राजमार्ग बन्द हुने गर्दा सर्वसाधारणले हैरानी खेप्नु परेको भन्दै जिल्लाको राजनैतिक दल, नागारिक समाज, अधिकारकर्मी, प्रशासन सोमबार देखि जिल्लालाई बन्दमुक्त जिल्ला घोषणा गरिएको थियो। सर्वपक्षिय भेलाले जिल्लालाई कुनै पनि दल तथा समुहले गर्ने बन्द, हड्ताल अबदेखि नगर्ने निर्णय गरि पत्रकार भेला गरिएको थियो। तर अखवारको पानामा बन्द र त्यसको असरको बारे समाचार लेखिन बाध्य छ।
बन्द, हड्ताल गरिनेलाई कडा कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी राम प्रसाद उपाध्यायले त्यस बखत प्रतिबद्धता जनाएका थिए। तर त्यस बखत उक्त प्रतिबद्धता कार्यान्वयन गर्न नसक्ने उनले बताए। बन्दका कारण जिल्लाबाट उत्पादन हुने कराडौं मुल्यको कृषि जन्य वस्तु नोक्सानी हुने गरेको छ भने जनजिवन कष्टकर बन्ने गर्दछ। बन्दमुक्त जिल्ला भनेर फेसनको लागि हचुवाको भरमा नगरिएर त्यसलाई कार्यान्वन गराउन जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिबद्धता हुन सके निश्चय नै त्यसको महत्व हुनेमा पनि स्थानियबासीको धारणा छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: