प्रतिवेदन अस्वीकृत भएपछि प्रचण्डले गरे आत्मसमर्पण

निरन्तर शर्मा
सरकार छाडेको एनेकपा माओवादीको पोलिटब्युरोमा एघार दिन लामो गरमागरम बहसपछि अध्यक्ष प्रचण्डले एक स्टेप पछि सरेर असन्तुष्ट नेताहरूमाझ ‘आत्मसमर्पण’ गर्नुभएको छ। पार्टीका समग्र कमजोरी, अबको कार्यदिशा र नेतृत्वको कार्यशैलीका बारेमा अधिकांश नेताले तीव्र आलोचना गरेपछि अध्यक्ष प्रचण्डले अस्ति सोमबारको बैठकमा असन्तुष्ट नेताहरूको प्रशंसामा लामो समय खर्चिनुभयो। असन्तुष्ट नेताहरूको अनुहारतिर फर्केर आफू क्रान्तिबाहेक अर्को विकल्पमा जान नसक्ने धारणा राख्नुभएपछि र किरण पक्षधर नेताहरूलाई एक–एक गरेर सम्बोधन गर्दै उनीहरूले उठाएका सबै कुरा आउँदो दस्तावेजमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेपछि पोलिटब्युरो बैठक सकिएको छ। तर, प्रतिवेदनलाई पारित नगरी केन्द्रीय समितिमा लैजाने निर्णयमा सबै नेतालाई प्रचण्डले सहमत गराउनुभएको छ।
‘आफ्नो अडानबाट अध्यक्ष प्रचण्ड एक स्टेप पछि हट्नुभएको छ। तर, उहाँले केन्द्रीय समितिको बैठकमा कस्तो प्रतिवेदन ल्याउनुहुन्छ त्यसले नै हाम्रो भावी स्टेप निर्धारण गर्नेछ,’ किरण पक्षधर एक वरिष्ठ नेताले घटना र विचारसँग भने, ‘यदि हाम्रो भावनाअनुसारको प्रतिवेदन नआए फरक प्रस्ताव राख्छौँ।’
माओवादी स्रोतका अनुसार किरण पक्षको भावनासमेत समेटेर अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन गर्ने प्रस्ताव अबको केन्द्रीय समिति बैठकमा राख्नुहुन्ोछ। अस्ति सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले असन्तुष्ट नेताहरूको मुखमा हेरेर भन्नुभयो, ‘तपाईंहरूले राखेको प्रस्तावको भावनालाई म सम्मान गर्छु र अबको प्रतिवेदनमा समेट्न कोसिस गर्छु। तपाईंहरूको भावना र विचारभन्दा म टाढा छैन।’ प्रचण्डले वरिष्ठ नेता किरणदेखि युवापुस्ताका नेताहरू नेत्रविक्रम चन्द विप्लव, देवेन्द्र पौडेल सुनील, राम कार्की, हरिभक्त कँडेल प्रतीक, खड्गबहादुर विश्वकर्मालगायतको नामै लिएर उनीहरूले गरेको आलोचनालाई सकारात्मक रूपमा लिएको र त्यो पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। असन्तुष्ट नेताहरूको नामै लिएर र उनीहरूले राखेको सबै विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि प्रचण्डको विपक्षमा कुनै प्रस्ताव राख्ने हिम्मत नेताहरूले गरेनन्। एक पोलिटब्युरो सदस्यले भने, ‘सबैको नाम लिएर कुरा मान्छु भनेपछि अविश्वास गरेर नयाँ
लिखित प्रस्त्ााव राख्नुपर्ने देखिएन। तर, केन्द्रीय समितिको बैठकले टुङ्गो लगाउँछ सबै विषयलाई।’
एकचरणको जनसङ्घर्षपछि संयुक्त सरकार गठन गर्नुपर्ने मोहन वैद्य किरणतर्फको प्रस्तावलाई ‘राष्ट्रिय संयुक्त सरकार गठन गर्ने’ प्रस्ताव राखेर समेट्ने प्रतिबद्धता व्यक्त गरेपछि प्रचण्डप्रति असन्तुष्ट नेताहरू केही नरम भएका थिए। स्रोतका अनुसार प्रचण्डले केही दिनअघि नै नेता किरणलाई भेटी प्रतिवेदन सच्याएर अघि बढ्न आफू तयार रहेको बताउनुभएको थियो।
नयाँ लिखित प्रस्ताव राख्ने तयारी भइसकेका बेला किरणले आइतबार साँझ आफ्ना निकटका नेताहरूलाई बोलाएर तत्काल अर्को प्रस्ताव राख्नु नपर्ने जानकारी दिनुभएको थियो। स्रोतका अनुसार आइतबार साँझ ललितपुरस्थित नेत्री पम्फा भुसालको निवासमा उहाँले आफ्ना पक्षका कट्टर नेताहरू नेत्रविक्रम चन्द विप्लव, देवेन्द्र पौडेल, कुलप्रसाद केसी स्वनाम, खड्गबहादुर विकलगायतलाई बोलाएर प्रचण्ड एक कदम पछि हटिसकेका कारण अहिले फरक प्रस्ताव लानु नपर्ने धारणा राख्नुभएको थियो। त्यसमा सबैले समहति जनाएका थिए। तर, प्रचण्डप्रति विश्वस्त नभएका नेताहरूले भने केन्द्रीय समिति बैठकलाई नै उत्सुकतापूर्वक प्रतीक्षा गर्ने भएका छन्।
बैठकमा आफ्ना निकटस्थ मानिनुहुने डा. बाबुराम भट्टराईले पनि पूरै साथ नदिएपछि प्रचण्ड अप्ठ्यारोमा पर्नुभएको थियो। भट्टराईले प्रचण्डको कार्यशैलीको तीव्र आलोचना गर्दै नेतृत्वको केन्द्रीकरण अन्त्य गर्नुपर्ने र सामूहिक नेतृत्व प्रणालीको विकास गर्नुपर्ने प्रस्ताव राखेपछि प्रचण्ड समस्यामा पर्नुभएको थियो। यसपटक भट्टराईको प्रस्तुतिले किरण पक्ष हौसिएका थिए। तर, किरण र भट्टराईबीच गठजोडको अनेकौँ प्रयास भए पनि सफल भने हुन सकेन।
नयाँ कार्ड–राष्ट्रिय संयुक्त सरकार
एकीकृत नेकपा माओवादीले आगामी भदौसम्म आफ्नो नेतृत्व्ामा नयाँ सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ। प्रधानसेनापति रुक्मांगद कटवालमाथि अघिल्ल्ाो सरकारले गरेको कारबाही रोक्ने राष्ट्रपतिको निर्णय सहज रूपमा सच्चिए सहज रूपमा सरकारमा जाने र नसच्चिए आन्दोलनको बलबाट सरकारमा जाने विकल्प माओवादीले अघि सारेको छ। सहज रूपमा एमाले प्रस्तुत नभए यो सरकारलाई चौतर्फी घेराबन्दी गर्ने र माधव नेपाल नेतृत्वको सरकारको विकल्पमा प्रचण्ड वा डा. बाबुराम भट्टराईको नेतृत्वमा समानान्तर सरकार गठन गर्ने सोचमा माओवादी पुगेको छ। तर, समानान्तर सरकारको नाम जनसरकार दिने कि अरू केही दिने भन्ने विषयमा विस्तृत छलफल हुन बाँकी रहेको माओवादी स्रोतले जानकारी दिएको छ। ‘यही स्थिति रहेमा हामी सरकारलाई ठप्प पार्छौँ र हाम्रो नेतृत्वमा सरकार गठन गर्छौँ,’ घटना र विचारसँग कुरा गर्दै माओवादीका एक पोलिटब्युरो सदस्यले भन्नुभयो।
भारतलगायत मित्रराष्ट्रहरूले माओवादीको अबको कार्यदिशाका विषयमा ध्यान खिचिरहेका बेला राष्ट्रिय संयुक्त सरकारको कार्ड माओवादीले फालेको हो। ‘यो बाहिर भन्नुपर्ने एउटा बाध्यता हो,’ माओवादीका एक शीर्ष नेताले भन्नुभयो, ‘राष्ट्रिय संयुक्त सरकारलाई पनि पार्टीको रणनीतितिक लक्ष्य पूरा गर्ने गरी बनाउनुपर्छ भन्ने हाम्रो सोच हो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: