नेपाली बास्केटबलको ऐतिहासिक जित

photo of the day

इतिहास रच्ने नेपाली महिला बास्केटबल टोली।

नेपाली महिला बास्केटबल टोलीले गौरवमय रूपमा पहिलो अन्तर्राष्ट्रिय जित हात पारेको छ।सिङ्गापुरमा जारी प्रथम युथ एसियन गेम्स २००९ अर्न्तर्गत शुक्रबार एन्लिकन हाइस्कुलको कोर्टमा नेपालले कुबेतलाई ३२-२७ को स्कोरले घुँडा टेकाएको हो।नेपालले अन्तर्राष्ट्रिय महिला बास्केटबलमा सहभागिता जनाएको यो नै पहिलो पटक हो। दक्षिण कोरियासँग उत्कृष्ट प्रदर्शन गरेका महिला खेलाडीले यस जितलाई ऐतिहासिक भएको बताएका छन्।‘यो हाम्रा लागि अविस्मरणीय प्रेरणा बनिरहनेछ। यसले आगामी दिनमा नेपाली महिला बास्केटबलको भविष्यलाई गन्तव्य दिनेछ’ – टोलीकी सदस्य समिक्षन विष्टले भनिन् सि•ापुरबाट प्राप्त जानकारीअनुसार सो खेल नेपाल बास्केटबलको अन्तिम खेल पनि थियो। पुरुष टोलीका सबै तीन खेलको हार र महिलाले दुई पराजयको अनुभव पाइसकेको अवस्थामा अन्तिम खेलमा टोलीले अनुपम स्वाद चाख्न पायो। यो जित अनुपम कोसेढुङ्गा पनि बन्यो।पहिलो क्वार्टर १०-४ ले आफ्नो पक्षमा पार्यो। दोस्रोमा भने ८-१० ले पछि परेको थियो। तेस्रोमा १४-१३ को झिनो स्कोरले अगाडी रहँदै विजय बन्यो। समिक्षन विष्टले ११, शिवा कर्माचार्यले ९, कप्तान नोरा गुरुङले ८ र राजस्वी शाहले ५ स्कोर गरेका थिए।त्यसअघि भएको पुरुषतर्फलिग चरणको अन्तिम खेलमा नेपाल कतारसँग २७-२३ स्कोरले पराजित भएको थियो। नेपालका लागि सिर्द्धार्थ महर्जनले र्सवाधिक ११, विदितरत्न ताम्राकारले ९, कप्तान नोर्बू लामा र सागर थापाले समान २ स्कोर गरेका थिए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: