नयाँ नेपाल ?

बिश्वनाथ शर्मा
मानिसको स्वभाबिक सिद्दान्त के हो त भन्दा हालको आफ्नो स्वभाबिक बस्तुस्थिति भन्दा एक कदम अगाडि बढ्नु नै हो । यसमा ब्यबहारिक रुपमा अनेकौँ सोचाई हुन्छन नै । देश र जनताहरु स्वत: गरिबीको रेखाभन्दा माथि तथा सम्पन्न जीवन बिताउनका लागि अति आवश्यक पर्ने जस्तै उदाहरणको रुपमा लिने हो भने प्रमुखत: शैक्षिक, आर्थिक, राजनैतिकरुपले सम्पन्न हुनु नै हो ।

हाम्रो देशको हालको स्थितिमा हेर्ने हो भने हामी नेपालीहरुले आफ्ना सन्ततिहरुको लागि घरखेत बेचीबेची उच्चशिक्षा हासिल गराउछौँ के का निम्ति ? सम्पूर्ण न होला अधिकाँशको कुरा गर्दै छु म, बिदेशमा तल्लो स्तरको काम गराउनको लागि नै देखिएको छ हैन ? यो परिस्थिति कस्ले जन्माउछन ? देश संचालन गर्ने नेताहरुलाई यसको कारण सोध्नोस उनिहरुको उत्तर एउटै हुन्छ, त्यो हो देशको राजनैतिक अस्थिरता । यस्तो अस्थिरता नगराउने हो भने नेताहरुले कसरी अर्थ सँकलन गर्न सक्छन ? देशका अधिकांश साक्षर तथा शिक्षित युबासमुह आज भारत, मलेसियाको जंगल, अरबको खाडी, कोरिया, जापान, अमेरिका, युरोप, अस्ट्रेलिया तथा अन्य मुलुकमा मेहनत गरिरहेका छन् । आज देशको अर्थतन्त्र केही अँशमा यिनै बिदेशिएका नेपालीहरुको रिमिटेन्सको आधारमा जोगिएको छ र यसलाई कसले नकार्न सक्छ ?

तर यसलाई हामी बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुले सोच्नपर्ने बाध्यता देखेको छु, किनभने बास्तबमै मुलुकले इमानदार र सक्षम सरकार खोजिरहेको छ र जनताको शान्ति, उन्नति, प्रगति र सम्बृद्दिका लागि त्यस्तो सरकारको आबश्यकता छ । हाम्रो दूर्भाग्य के रह्योभने बेइमान बन्ने अबसर नपाएर ईमानदार देखिएका तथा जनताले नपत्याएका ब्यक्तिहरुलाई नेता मानेर, तीनलाई अघि लगाएर हिड्नु परिरहेको छ । असल र ईमानदार मुलुकको हितप्रति चिन्तित र समर्पित एबम् निष्कलंक छबि भएका नेताहरु नेपाली भूमिमा दूर्लभ रहेछन् तर यसो भनेर निराशा फैलाउन खोज्ने अभिप्राय मेरो कदापि होईन ।

आजको परिप्रेक्षमा हाम्रो मुलुकले न त ६०१ जना सांसद धान्न सक्ने क्षमता छ, न त ४५ जनाको मन्त्री मन्डलनै, यहि स्थिति रह्यो भने अब उप्रान्त तपाईहामी फर्कने त कुरै जाओस हाम्रा अभिबाबक तथा १० बर्ष कटेका हाम्रा भाईभतिजाहरु बिदेशिन बाध्य हुनुपर्ने देखिन्छ नत्र यत्रो खर्च कहांबाट उपलब्ध हुन्छ ? देशभित्र न कलकारखाना चलोस न त कुनै उपलब्धिमूलक ब्यबसाय चलाउन सकियोस, यसतर्फ सरकारको ध्यान जाने लक्षण पनि देखिएन किनकि उनिहरुमा को, के मन्त्री बन्ने कुन मन्त्रालय भए कति हात लाग्छ, कहांबाट कति र कसरी सहयोग आउछ भन्ने मै ब्यस्त छन् । देशलाइ उन्नतिको बाटोमा डोरयाउंछु भन्नेहरुको लागि मन्त्रालय रोज्नुपर्ने देखिदैन । यसको उदाहरण त बाबुराम भटराइले देखाईसके हैन र ? हाम्रो दूर्भाग्य यी ६०१ जनालाई नेपली जनताले संबिधान बनाउन पठाएको हो न कि मन्त्रीमण्डलको भागबन्डा गर्न ।

यस्तो अबस्थामा कुन कोणबाट हेर्दा नयाँ नेपालको जग बस्दैछ भन्ने सोच्नुहुन्छ । प्रजातन्त्रको दुहाईदिने पार्टीले २१ शौ शताब्दीमा आएर पनि जहांनिया शासनको झझल्को दिन्छन, कसैले त्यसको बिरोध गर्ने आँट गर्न सक्दैनन भने हामीले नयाँ नेपालको सपना देख्ने आधार के छ त ? हामी अहिले जुन भूमरीभित्र छौँ त्यसबाट बाहिर निस्कनको लागि जबसम्म मल्लिक आयोग, रायमाझी आयोगको कार्यबाही र अधिकाँश बिदेशिएका शिक्षित नेपाली युबा समूहलाई नेपाल भित्र्याउने बाताबरण बन्दैन तबसम्म हाम्रो देश नेपाल र हामी नेपालीले टाउको उठाएर बाच्न गाह्रो पर्ने स्थिति रहने छ ।

(लेखक नेपाली समाज जापान (NCJ) संस्थापक अध्यक्ष हुन्)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: