कतारमा पानी जहाज दुर्घटनामा १२ नेपालीसहित २९ वेपत्ता

दोहा, कतार — दोहा नजिकै समुन्द्री तटमा मंगलवार विहान भएको पानी जहाज दुर्घटनामा १२ नेपालीसहित २९ जना कामदार हराइरहेका छन् । तीमध्ये सातजनाको शव फेला परेको छ । छ जनालाई जिवितै उद्धार गरिएको छ । मृतक तथा जिवित उद्धार गरिएकाहरुको सनाखत हुन नसकेको दोहा स्थित नेपाली दूतावासले जनाएको छ ।

संयुक्त अरब ईमिरेट्स-युएई) स्थित एचबीक पावर क्लिनिङ्ग कम्पनीले कामदारहरुलाई कतारस्थित आफ्नै कम्पनीमा पानी जहाजबाट ल्याउदै गरेको बेला जहाज दुर्घटनाग्रस्त भएको थियो । जहाजमा सबार ३५ जनामध्ये २४ जना एचबिके कम्पनीकै कामदार थिए भन्ने ९ जहाजकर्मी तथा दुई कैटरीङ्ग स्टाफ रहेको दोहाबाट प्रकाशित हुने गल्फ टाईम्स दैनिकले जनाएको छ । दुर्घटनाग्रस्त जहाजमा १२ नेपाली, ११ भारतीय तथा एक वंगलादेशी रहेको समाचारमा उल्लेख छ ।

कतारका लागी नेपाली राजदूत डा.सूर्यनाथ मिश्रका अनुसार-दुबईस्थित एचबिके कम्पनीले गंगाबहादुर गुरुंग,लीलाराम पौडेल,मेहदी हुसेन मियाँ,अब्बास अहमद सई,मानसिंह खत्री,शेषनाथ यादव,राजीवकुमार दत्त,तीलकबहादुर खम्चा,शंकर विष्ट,ऋषिप्रसाद शर्मा पौडेल,जयबहादुर पुन मगर र घनश्याम सार्कीलाई कतार ल्याउदै गरेको बेला जहाज दुर्घटनाग्रस्त भएको थियो ।

सम्बद्ध कम्पनीले दुर्घटनामा परेका नेपालीहरुको पासपोर्ट नम्बर उपलब्ध गराए पनि ठेगाना उपलब्ध गराएको छैन । दुर्घटना भएको २४घन्टा  बढि भई सकेकोले दुर्घटनामा परेकाहरुको जिवित रहने सम्भवना न्यून रहेको बताईन्छ । यद्यपि उनिहरुको अवस्था बारे आधिकारिक रुपमा केही भनिएको छैन ।

झण्डै २६ वर्ष पुरानो यो पानी जहाज दुर्घटनाग्रस्त हुदा प्रायः सबै यात्री सुतिरहेको अनुमान गरिएको छ ।

दुवई स्थित नेपाली नियोगका प्रमुख अर्जुनबहादुर थापाले घटनाको विस्तृत जानकारी प्राप्त हुन बताए

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: