विश्वब्यापी महामारीका रुपमा फैलिएको रोग स्वाईन फ्लु नेपालमा भेटियो

काठमाडौं – विश्वब्यापी महामारीका रुपमा फैलिएको रोग स्वाईन फ्लु नेपालमा पनि भेटिएको पुष्टि भएको छ । अमेरीकाबाट कतारको दोहा हुदै नेपालमा आएका तीन जनामा स्वाइन फलुको भाइरस एचवानएनवान भेटिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।सोमबार पत्रकार सम्मेलन गरि महाशाखाका प्रमुख शैलेन्द्रकुमार उप्रेतीले पाण्डेमिक इञ्फ्लुएञ्जा एचवानएनवान भेटिएको जानकारी दिए ।जुन २१ तारिखमा नेपालमा आएका उनीहरु नेपाली नागरिक भए पनि उनीहरुको बारेमा थप जानकारी भने दिइएको छैन । उनीको परिचय गोप्य राखिएको छ ।
उनीहरुलाई महाशाखाले आफ्नो नियन्त्रण लिएर एचवान एन वान नियन्त्रणका लागि विश्व बै‌कको सहयोगमा टेकुमा बनाइएको उपचारकक्षमा विशेष निगरानीका साथ राखेको बताइएको छ ।
लामो समयदेखि परिक्षण जारी राखेपछि मात्र स्वाइन फ्लु भएको पुष्टी भएको उनले बताए । एकै परिवारका ३८ वर्षका श्रीमती, ४२ वर्षका श्रीमान र उनीहरुका ८ वर्षिय छोरा तीनै जनामा स्वाइन फ्लु भेटिएको हो ।
परिक्षणपछि आइतबार मात्र उनीहरुमा स्वाईन फ्लु भएको पुष्टि भएको हो । जुन २१ तारिखमा कतार एयरवेजबाट उनीहरुसंगै नेपाल भित्रिएका नेपालीहरुको पनि परिक्षण शुरु गरिने भएको छ ।
छिमेकि राष्ट्र भारत र चीनमा पनि भेटिएको स्वाइन फ्लु अहिलेसम्म ११३ देशमा भेटिएको छ भने ६० हजार बढी प्रभावित भइसकेका छन् । भारतमा अहिलेसम्म एक दर्जनभन्दा बढीमा एचवानएनवान भेटिएको छ ।
यो महामारी फैलने वित्तिकै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष निगरानी सुरु गरिएको थियो । उनीहरुमा एचवानएनवानको लक्षण देखिएपछि थप अनुसन्धानका लागि बेलायतमा परिक्षण गराउँदा एचवानएनवानको पुष्टि भएको हो
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: