एसएलसी परिक्षा परिणामले इन्टरनेट जाम

एसएलसी परिणाममा अहिलेसम्मै सर्वाधिक बढि उत्तिर्ण, अब रहेन फलामे ढोका
Posted By: अर्घाखाँची
2009-06-28 05:01:25
काठमाडौं – नेपालमा लामो समयदेखि प्रवेशिका परीक्षालाई फलामे ढोकाको संज्ञा दिने गरिन्छ । किनभने यो देशको सबभन्दा धेरै व्यक्ति सहभागी हुने राष्ट्रियस्तरको परीक्षा हो । एसएससी परीक्षा शुरु भएयता उत्तिर्ण दर हेर्ने हो भने करिब ३० प्रतिशतको हाराहारीमा रहदैं आएको थियो । तर, यो बर्ष झन्डै ३० प्रतिशतमात्र असफल भएका छन् । यो अहिलेसम्मकै सर्वाधिक उत्तिर्ण दर हो ।

शिक्षावीदहरुले ठूलो संख्यामा विद्यार्थी उत्तिर्ण हुदाँ यो परिक्षाको महत्व घट्दै गएको टिप्पणी गरेका छन् । प्रवेशिका परीक्षामा उत्तिर्ण भएकालाई देशमा एकातिर रोजगारीका अवसर छैनन भने अर्कोतिर उच्च शिक्षाका अवसर समेत छैनन ।

विभिन्न जिम्मेवारीसमेत दिइने गरेकाले यसको गुणवत्तामा कुनै असर पर्न नहुने उनीहरुको भनाई छ । नेपालमा पछिल्लो तीन चार बर्षदेखि धेरै उत्तिर्ण हुने गरेका थिए । २०६५ को एसएलसी परीक्षामा २ लाख ५६ हजार ७ सय ७९ विद्यार्थी उत्तीर्ण भएका छन् । यो ६८।७४ प्रतिशत हो । नियमिततर्फ उत्तीर्ण हुनेमा २ लाख ५६ हजार ७ सय ७९ जना छन्। परीक्षामा ३ लाख ८८ हजार ५ सय २२ जना परीक्षार्थी सामेल थिए।

२०५४/५५ ताका ५० प्रतिशतको हाराहारीमा प्रवेशिाकामा विद्यार्थीहरु उत्तिर्ण हुने गरेका थिए भने २०५७ सालपछि ६१ सालसम्म ३५ प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तिर्ण हुने गरेको पाइन्छ । २०६२ सालदेखि भने ६० प्रतिशतभन्दा बढीको हाराहारीमा प्रवेशिका उत्तिर्ण हुने गरेका छन् । शिक्षावीदले संख्या भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने माग गरेका छन ।
एसएलसी नतिजा
साल उर्तिण प्रतिशत
२०५४ ४७.६
२०५५ ४९.२
२०५६ ४५.४२
२०५७ ३१.२२
२०५८ ३१.२२
२०५९ ३२.५१
२०६० ४६.१८
२०६१ ३८.७२
२०६२ ४६.५१
२०६३ ५८.६४
२०६४ ६३.७३
२०६५ ६८.७४

एसएलसी परिक्षा परिणामले इन्टरनेट जाम

-स्कूले जीवनको फलामे ढोका मानिने प्रवेशिका परिक्षाको परिणाम प्रविधिका कारण हेर्न सजिलो भएको छ । मध्यरातमा प्रवेशिका परिक्षाको परिणाम प्रकाशित गर्ने र विहान १० बजेपछि प्रकाशित हुने सरकारी गोरखापत्र प्रकाशित हुनु पर्दैन ।

यस पटक प्रवेशिका परिक्षाको परिणाम ५ बजे साँझ नै प्रकाशित हुने अनुमान गरिएको थियो । तर, बेलुका आठ बजेपछिमात्र रिजल्ट प्रकाशित गरिएको थियो । सरकारले चार वटामात्र वेभसाइटमा रिजल्ट प्रकाशित हुने बताइएपनि दैनिकी डटकम लगायत थुप्रै समाचारमूलक वेभसाइटले प्रवेशिकाको परिणाम प्रकाशित गरेका छन् । आइतबार साँझ आठ बज्नुभन्दा अगावै प्रवेशिका परिक्षा दिएका धेरै जना विभिन्न वेभसाइट खोलेर बसेका थिए । आठ बजेदेखि १० बजेसम्म धेरै वेभसाइट खोलेका आधा घण्टापछिमात्र रिजल्ट आउने गरेको थियो ।

७५ बर्षदेखि सरकारी पत्रिका गोरखापत्रलाई मात्र पैसा तीरेर एसएलसी परिक्षाको नतिजा प्रकाशित गर्दे आएको परिक्षा नियन्त्रण कार्यालयले गत वर्ष देखी भने आम्दानी पनि गर्न थालेको थियो । गत बर्ष अन्नपूर्ण पोष्टले परिक्षाफल प्रकाशित गरेको थियो । पत्रिकाले कार्यालयलाई परिणाम छाप्दा प्रत्येक सिम्बल नम्बरको ५ रुपैया ५० पैसा तिर्नेछ । अब पत्रिकामा परिणाम छाप्नुको कुनै औचित्य देखिदैंन । परिक्षा परिणाम सार्वजनिक भएको केही मिनेटमा देशका थुप्रै स्थानबाट परिणाम हेर्न पाइने व्यवस्था गरिएको थियो ।

नेपाल टेलिकमको ल्याण्ड लाईन १६०० र युटिएलको ल्याण्ड लाइन १२१५ मा डायल गरेर नतिजा धेरैले थाहा पाएका थिए । नेपाल टेलिकमको यस वर्ष पाँचवटा एसएमएसबाट नतिजा हेर्न सकिने व्यवस्था गरेको थियो । निजी क्षेत्रको मेरो मोबाइ र युटिएलले पनि एसएमएसबाट नतिजा हेर्ने व्यवस्था गरेको थियो । पनिकाले http://www.soce.gov.np , http://www.ntc.net.np , http://www.educationsansar.com , http://www.educationdirectory.com.np मा नतिजा हेर्न सकिने बताएको छ । देशका दुर्गम क्षेत्रका विद्यार्थीलाई एसएलसीको नतिजा तुरुन्तै थाह पाउन सुविद्या हेास् भन्ने उदेश्यले यस पटक थप एसएमएस ,फोन र बेवको ब्यवस्था गरेको थियो ।

दुइ घण्टाको अवधीमा आधुनिक प्रविधिबाट कम्तीमा पनि १ लाखले नजिता हेरेका छन् । टेलिकमको मात्रै २० हजारभन्दा बढीले हेरेका छन ।यो अवधीमा इन्टरनेट साइटहरु निकै ढिलो खुल्ने गरेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: