सोचेजस्तो थिएन पपकिङको जिन्दगी

पपसंगीतका बादसाह माइकल ज्याक्सनको हृदयाघातका कारण मृत्यु भएको समाचारले विश्वभरिका

माइकल ज्याक्सन प्रसिद्धिको त्यो कल्पनातीत चुलीमा पुगे जहाँ पुग्नेको जीवनमा केही पनि साधारण रहन सम्भव हुँदैन । सदा अस्तव्यस्त, सदा धपेडीपूर्ण र सदा तेज गतिमय रह्यो उनको जीवन । प्रेम, परिवारर सम्बन्धमा उनी कहिल्यै व्यवस्थित र ‘नर्मल’ हुन सकेनन् ।

संगीतप्रेमीका धड्कन रोकिए । आउँदो जुलाईदेखि लन्डनबाट संगीतमा पुनरागमन गर्ने तयारीमा रहेका ज्याक्सनले बिहीबार यस धर्तीबाटै बहिर्गमन गरे । खुन-पसिना एक गरेर विश्व-संगीत जगत्मा माइकल ज्याक्सनले कुनै माईका लालले कल्पनै गर्न नसक्ने खालको बादसाहत निर्माण गरे । तथापि, उनको बादसाहत एक निमेष पनि काण्ड, प्रकरण, चर्चा र विवादले खाली रहेन ।

उनले हासिल गरेको सर्वाच्चता यस अर्थमा पनि महत्त्वपूर्ण छ कि यसले अमेरिकामा अफ्रिकी-अमेरिकी नागरिकहरूको युगौँदेखिको (मार्टिन लुथर किङदेखिको) ‘अस्तित्व स्थापना महाअभियान’लाई पनि शक्तिशाली टेवा पुर्‍याएको छ ।

निख्खुर कालो वर्णको मान्छे कालान्तरमा हिउँजस्तो गोरो भए ज्याक्सन । चर्मरोगको ‘बहाना’मा उनले आफ्नो अनुहारसित यति खेलबाड गरे कि उनको अनुहारको नाक-नक्सा ऋतु परिवर्तन भएझैँ परिवर्तित भइरह्यो । प्लास्टिकको पुतलीको नाकजस्तो कृत्रिम देखिन्थ्यो उनको नाक । अनुहारमा व्याप्त थियो, एकप्रकारको जनानापन, अझ भनूँ, प्लास्टिक सर्जरीका सहायतामा निर्मित एक कोमलता ।

ज्याक्सन प्रसिद्धिको त्यो कल्पनातीत चुलीमा पुगे जहाँ पुग्नेको जीवनमा केही पनि साधारण रहन सम्भव हुँदैन । त्यो कहालीलाग्दो चुलीमा पुगेका उनको जीवनमा केही पनि सामान्य र सरल रहेन । यथार्थमा शिरदेखि पाउसम्म उनी एकढिक्को जटिलता थिए । सदा अस्तव्यस्त, सदा धपेडीपूर्ण र सदा तेज गतिमय रह्यो उनको जीवन । प्रेम, परिवार र सम्बन्धमा उनी कहिल्यै व्यवस्थित र ‘नर्मल’ हुन सकेनन् ।

भयानक दिनमा भएको अपूरणीय क्षति
माइकल ज्याक्सनसँग एकपटक गाएकी ब्रिटनी स्पियर्सले भनिन्, ‘लन्डनमा हुने उनको सोलाई म कति व्यग्रतापूर्वक पर्खिरहेकी थिएँ । उनी मेरा आदर्श थिए । तर, सब वर्वाद भयो ।’अर्की चर्चित गायिका बियोन्सेले भनिन्, ‘आजको दिन भयानक छ किनभने विश्व संगीत इतिहासमा अपूरणीय क्षति भएको छ । हाम्रो पिँढी माइकल ज्याक्सनको कलाको स्वाद लिन पाएर गौरवान्वित भएको छ ।’

अर्का चर्चित कलाकार युसर भन्छन्, ‘माइकल ज्याक्सनले संस्कृतिको क्षितिजलाई फराकिलो बनाइदिए । उनले अपरा विनफ्रे र बाराक ओवामाहरूलाई मूलधारको संसारलाई प्रभावित गर्न सक्ने बनाइदिए ।’
नागरिक अधिकारकर्मी तथा ज्याक्सनका मित्र रेभ अल सार्पटनले आफ्नो शोक सन्देशमा माइकल ज्याक्सनमाथि अन्याय भएको उल्लेख गरेका छन् । ‘तर, म आशा गर्छु,’ उनी भन्छन्, ‘समसामयिक मिडियाले भन्दा इतिहासले उनीमाथि बढी उदारता देखाउनेछ ।’

माइकल ज्याक्सन प्रसिद्धिको त्यो कल्पनातीत चुलीमा पुगे जहाँ पुग्नेको जीवनमा केही पनि साधारण रहन सम्भव हुँदैन । सदा अस्तव्यस्त, सदा धपेडीपूर्ण र सदा तेज गतिमय रह्यो उनको जीवन । प्रेम, परिवार र सम्बन्धमा उनी कहिल्यै व्यवस्थित र ‘नर्मल’ हुन सकेनन् ।
दुव्र्यसनी ज्याक्सन
ज्याक्सनका सहकर्मी तथा निकटस्थ मित्रहरू उनको गिर्दा स्वास्थ्यका बारेमा चिन्तित थिए । उनीहरूका अनुसार १९८४ देखि नै ज्याक्सन ‘पेनकिलर’ का दुव्र्यसनी थिए । जुलाईदेखि लन्डनबाट सुरु हुँदै थियो उनको पुनरागमन संगीत भ्रमण । यसका कारण पनि उनी विशेष तनाव र दबाबमा थिए । उनी राम्रोसँग रिहर्सल गर्न पनि सकिरहेका थिएनन् । ४५ रिहर्सलमा उनी केवल दुईवटामा मात्र सहभागी भएका थिए ।

ज्याक्सनको परिवारको भनाइअनुसार उनी पेनकिलरको दुव्र्यसनबाट बाहिर आउनै सकेनन् । उनको ढाडमा पीडा थियो । र, उनी सधँ पेनकिलर प्रयोग गर्थे । १९८४मा पेप्सीको विज्ञापनमा ‘स्टन्ट’ गर्दा उनी घाइते भए । त्यहीवेलादेखि उनी पेनकिलरमा निर्भर हुन थाले । १९९३ मा सांगीतिक भ्रमणको एक रिहर्सलमा दुर्घटनाग्रस्त भएपछि त उनले सार्वजनिक रूपमै आफू पेनकिलरको दुव्र्यसनी भएको स्वीकार गरे ।

एक वर्षअघि मात्रै किनमेल गर्न गएका वेला हिँड्न नसकेर उनले हि्वलचेयर मगाएका थिए । नाकको लगातार शल्यक्रियाका कारण सास फेर्न अप्ठ्यारो भएको बताउँदै आएका थिए उनी । उमेरका दृष्टिले प्रौढ भइसके पनि आफ्नो सोम्यान र इन्टरटेनरको छवि कायम राख्न उनी जवान देखिनु जरुरी थियो ।

बाबुको यौनदुराचारका सिकार
१९९३ मा विख्यात अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता ओपरा विनफ्रेलाई दिएको अन्तर्वार्तामा ज्याक्सनले आफ्नो बाल्यकाल विल्कुल सुखद नभएको बताएका थिए । उनी एकान्तमा धुमधुमती बसिरहन्थे र बाबुको अनुहार देख्नासाथ आतंकित हुन्थे । बाबु आफ्नाअगाडि पर्नासाथ उनी रोइहाल्थे ।
बाल्यकालमा आफ्नै बाबुको यौन दुव्र्यवहारका सिकार भएका थिए ज्याक्सन । उनका बाबु उनलाई निर्घात पिट्ने र मानसिक यातना दिने गर्थे ।

‘आई वान्ट यू ब्याक’ देखि थ्रिलरसम्म
१९६४ मा पाँचभाइ ज्याक्सन मिलेर एक पप ग्रुप बनाएका थिए । जसको नाम थियो ज्याक्सन फाइभ । त्यतिवेला माइकल ट्याम्बोरिन बजाउँथे । संगीतमा चुलुम्र्मै डुबेका यी पाँचभाइ विभिन्न स्टेज सो गरेर नाम कमाउन थालेका थिए । एकै परिवारका पाँच दाजुभाइको यो सांगीतिक समूहलाई यसको नौलोपनका कारण पनि स्रोताहरू मन पराउँदै जान थालेका थिए ।

ज्याक्सन फाइभले १९६९मा आफ्नो पहिलो एल्बम ‘आई वान्ट यू ब्याक’ निकाल्यो । त्यतिवेला ज्याक्सन केवल ११ वर्षका थिए । यो एल्बमले तहल्का मच्चायो । माइकल ज्याक्सन अब व्यावसायिक गायक बने । र, पपसंगीतको क्षेत्रमा उनको स्थान बन्दै गयो । त्यसपछिका ६ वर्षमा ज्याक्सन फाइभले एबिसी, द लब यू सेभ, आई विल बी देयर’ जस्ता हिट एल्बम बजारमा ल्यायो । १९७५ मा ज्याक्सन दाजुभाइले मोटाउन रेकर्ड कम्पनी छाड्ने फैसला गरे र सिबिएस कम्पनीसँग सम्झौता गरे ।

१९७८ मा माइकल ज्याक्सनको विख्यात म्युजिक प्रोड्युसर क्विंसी जोन्ससँग भेट भयो । ज्याक्सनले जोन्सलाई आफूले एकल एल्बम निकाल्न चाहेको बताए । ज्याक्सनको प्रतिभा र संगीत बजारमा उनको बढ्दो प्रभावलाई राम्ररी बुझेका जोन्सले तत्काल ज्याक्सनको प्रस्ताव स्वीकार गरिहाले । जोन्सको म्युजिक कम्पनीबाट ज्याक्सनका अफ द वाल(१९७९), थ्रिलर(१९८२), ब्याड(१९८७), डेन्जरस(१९९१) र हिस्ट्री(१९९५) एल्बम निक्ले । अफ द वाल एक करोडभन्दा बढी प्रति बिक्री भएका थिए भने थि्रलरले ज्याक्सनलाई पैसा र प्रसिद्धिको त्यो चुलीमा पुर्‍यायो जहाँ सायदै कोही पुगे । थि्रलर अहिलेसम्म सबभन्दा बढी बिक्री भएको एल्बममा पर्छ । गिनिजबुक अफ वल्र्ड रेकर्डस्का अनुसार थि्रलरका ६ करोड ५० लाखभन्दा बढी कपी बिकिसकेका छन् । तर, केहीका विचारमा गिनिजबुकको यो आँकडा त्रुटिपूर्ण छ । उनीहरूका अनुसार थि्रलर १० करोडभन्दा बढी प्रति बिक्री भइसकेका छन् ।
यस एल्बमका नौमध्ये सात गीत असाध्यै लोकपि्रय छन् । ज्याक्सनले थि्रलर एल्बमका लागि नयाँ शैलीमा पाँच लाख डलर खर्च गरेर १४ मिनेटको भिडियो बनाए । यो भिडियो एकदमै हिट भयो ।

यसैबीच, पेप्सीको विज्ञापनको सुटिङका क्रममा सेटमा आगो लाग्यो । आगोमा परेर उनको कपाल डढ्यो । उनी घाइते भए । उनलाई तुरुन्तै स्ट्रेचरमा हालेर अस्पताल लगियो । यो दुर्घटनाका कारण उत्पन्न जनसमवेदना थि्रलरको बिक्रीमा सहायक-सिद्ध हुन पुग्यो । एक पत्रिकाले उनलाई अक्सिजनको टेन्टमा सुत्ने गरेको आरोप लगाएलगत्तै ज्याक्सनले तुरुन्त नयाँ रिसोर्ट किने । नेभरल्यान्ड नामको त्यस रिसोर्टमा चिडियाघरलगायत सम्पूर्ण सुविधा थियो । १९८७ मा उनको ब्याड एल्बम आयो । यस एल्बमको भिडियोमा माइकल ज्याक्सन गोरो भएका थिए । प्लास्टिक सर्जरीमार्फत प्राप्त उनको यो गोरोपनले उनलाई झन् लोकपि्रय बनायो । यो एल्बम तीन करोड प्रति बिके ।
यो एल्बमपछि उनले पहिलो सांगीतिक भ्रमण गरे । ब्याडको कन्सर्ट पनि अत्यन्तै सफल रह्यो । पि्रन्स चाल्र्स र डायनाले पनि हेरेका थिए, ब्याडको कन्सर्ट ।

ध्वस्त हुँदै गएको छवि
११ वर्षीय जोर्डी चेडलरको यौन शोषण गरेको आरोप लाग्यो उनलाई । ज्याक्सनले यस आरोपलाई अस्वीकार गरे पनि प्रहरीले उनको घरमा छापा मार्‍यो । त्यसवेला माइकल ज्याक्सनमा टुरमा थिए ।
अदालतबाहिर चेडलर परिवार र ज्याक्सनबीच सम्झौता भयो । ज्याक्सनले चेडलर परिवारलाई दुई करोड डलर दिए ।

१९९४ मा माइकल ज्याक्सनले एल्भिस प्रेस्लेकी छोरी लिजा मेरी प्रेस्लेसँग विवाह गरे । आफ्नो बिग्रेको छवि सुधार्ने हतियारका रूपमा उनले यो विवाहलाई प्रयोग गरे भन्ने हल्ला चल्यो । यो विवाह १९ महिनाभन्दा बढी टिकेन । मेरीले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘माइकल कहिलेकाहीँ एकदम सनकी, घमण्डी र असंगत हुन्छन् ।’
२००५ मा फेरि उनीमाथि बाल यौनदुव्र्यवहारको आरोप लाग्यो । यस मुद्दामा उनले सफाइ पाए पनि उनको छवि भने लगभग ध्वस्त भयो । कुण्ठित र यौनदूराचारीका रूपमा उनको सर्वत्र आलोचना भइरहेको थियो ।

एकान्तवास
२००५ पछि उनी सीमित मानिसका सम्पर्कमा रहे । स्टाफ तथा अन्तरंग मित्रहरूको वरपर मात्र बस्न थाले उनी । त्यतिवेला उनको स्टाफखर्च वर्षको २५ लाख अमेरिकी डलरभन्दा बढी थियो । आफ्नो सुरक्षाखर्चमा पनि उनले रेकर्ड नै राखिदिएका थिए ।
मोटा-मोटा क्षतिपूर्ति रकमको माग गर्दै उनीविरुद्ध दायर भएका थुप्रै मुद्दाका कारण ऋणमा चुर्लुम्म डुबेपछि आफ्नो स्वप्न-महल नेभरल्यान्डबाट बाहिरिए माइकल । गत वर्ष लस एन्जलसस्थित भाडाको घरमा सरेका थिए उनी । परिवारका साथमा खाना खानुबाहेक माइकल ज्याक्सन प्रायः एक्लै सुतिरहन्थे ।

१३ ग्रामी अवार्ड जितेका ज्याक्सन संगीत उद्योगमा सबैभन्दा बढी रोयल्टी पाउने व्यक्ति थिए । उनले ७५० मिलियन डलरबराबरको सम्पत्ति कमाएका थिए ।
सबथोक लगभग ध्वस्त भए पनि ज्याक्सनको हिम्मत भने ध्वस्त भएको थिएन । आगामी जुलाईदेखि आफ्नो अद्भूत क्षमताका बलमा पपसंगीतमा पुनः तहल्का मच्चाउने तयारीमा रहेका ज्याक्सनको बिहीबार निधन भयो । उनीसँगै पपसंस्कृतिको एक महत्त्वपूर्ण अध्याय पनि समाप्त भएको छ । र, समाप्त भएको छ जटिलतै-जटिलतामा गुजुल्टिएको एक ‘भूतो न भविष्यति’ लोकप्रिय कलाकारको जीवनयात्रा ।

एजेन्सीको सहयोगमा
विनोदविक्रम केसी/बिनु रिजाल

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: