विदेशी झुक्याउन दस्तावेज लुकाइयो

सेना समायोजनका नाममा आफ्नो हात माथि परेपछि शान्ति प्रक्रियालाई लत्याएर सत्ता कब्जा गर्ने रणनीतिसहितको प्रचण्डको भिडियो टेप सार्वजनिक भएपछि पार्टीका रणनीतिक योजना खुल्न नदिन माओवादीले पोलिटब्यूरो बैठकको राजनीतिक प्रतिवेदन सदस्यहरूबाट थुतेको छ।
अन्य राजनीतिक दल र अनमिनलाई समेत झुक्याएर अहिलेसम्म सफलता हासिल गरेको भिडियो टेप सार्वजनिक भएपछि पार्टी रणनीतिक प्रतिरक्षामा जान बाध्य भएको भन्दै चालु पोलिटब्यूरो बैठकमा प्रस्तुत प्रतिवेदन सदस्यहरूबाट पार्टी हेडक्वार्टरले थुतेको हो।
माओवादीको चालु पोलिटब्यूरो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले १९ पेज लामो आफ्नो रणनीतिक प्रतिवेदन पढेर सुनाउन्जेल मात्र पोलिटब्यूरो सदस्यहरूका हातमा १/१ प्रति दिइएको थियो। दाहालले प्रतिवेदन बाचन गरिसकेपछि पार्टीका रणनैतिक महत्वका दस्तावेज सञ्चार माध्यमसम्म पुग्ने गरेकाले त्यसलाई रोक्न सबैले प्रतिवेदनको प्रति फिर्ता गर्नुपर्ने बताइएको थियो।
पोलिटब्यूरो बैठकमा छलफलका लागि तयार गरिएको र पार्टीको कार्यदिशा र रणनीतिको बारेमा गम्भीर छलफलमा लैजानु पर्ने प्रतिवेदन माथि राम्रोसग बहस नै हुन नदिने नियतसाथ लुकाउन खोजिएको भन्दै तत्काल केही सदस्यहरूले आपत्ति जनाएका थिए। प्रचण्डको प्रतिवेदन विदेशी दलाल, भारतीय विस्तारवाद र देशीय यथास्थितिवादसग सम्झौतापरस्त भएकाले, त्यसलाई सार्वजनिक गरेर केही असर नपर्ने मोहन वैद्य पक्षधरले बताएका थिए।
‘शत्रुले थाहा पाएर बिग्रने कुरा यो प्रतिवेदनमा केही छैनन्, बरु संसदवादी पुराना दलहरूकै शैलीमा संसदीय जोड घटाउले पार्टीको नेतृत्वमा सरकार गठन गर्ने आत्मसमर्पणवादी कुरा छन्’ वैद्य पक्षधर एक नेताले पार्टी आत्मसमर्पणवादी र सुधारको अवसरवादी बाटोमा गएको बताउदै भनेका थिए। प्रतिवेदनमा प्रचण्डले माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कुरा उल्लेख गरेका छन्। वैद्यले राष्ट्रिय सहमतिको सरकार गठन गरेर पुरानै संसदीय दलहरूको रिमोटमा चल्ने सरकारले जनयुद्धका कार्यभारमाथि आघात मात्र पुर्याधउने उल्लेख गरेका थिए। उनले अहिलेको समय जनविद्रोहका लागि उपयुक्त भएकाले नया जनवादी क्रान्तिका लागि जनविद्रोहमा जानुपर्ने अडान राखेका थिए। सहमतिको सरकारको कार्यदिशा बाहिर सार्वजनिक नगरे आफ्नो पार्टीको शान्ति प्रक्रियाप्रतिको प्रतिबद्धतामा प्रश्न उठ्ने र पार्टी एक्लिदै गएपछि विद्रोहको परिपक्व स्थिति नबन्ने प्रचण्डले आफ्नो प्रतिवेदनमा औंल्याएका छन्।
स्रोतका अनुसार शान्ति प्रक्रियाको प्रतिबद्धताकै नारामा जनविद्रोहको तयारी हुने भएकाले पार्टीको यो संवेदनशील रणनीतिक योजना विरोधीहरूसम्म पुग्न नहुने भन्दै सदस्यहरूका हातबाट प्रतिवेदन ब्युतिएको हो। प्रचण्डको भिडियो टेप सार्वजनिक भएपछि माओवादी छापामारहरूलाई मासिक ४ हजारका दरले रकम दिदै आएको विश्व बैंकले सो रकम रोक्का गरेपछि माओवादी आफ्ना दस्तावेज लुकाउन लागेको हो।
‘विद्रोहमा त नजाने नै हो, तर शान्तिको नारा नबोकी जनविद्रोहलाई कसैले पत्याउदैन, विद्रोहको अन्तर्वस्तु बोकेको शान्तिको नारा फेरि विरोधीहरूले मुद्दा बनाउन सक्छन्’, सदस्यहरूसग प्रतिवेदनको गोपनीयता जोगाउन आग्रह गर्दै प्रचण्डले भनेका थिए। त्यस क्रममा प्रचण्डले भनेका थिए– ‘जनताले जे चिजको खाचो महसुस गरेका छन्, त्यसलाई नारामा समेटेर विद्रोह गर्नुपर्छ तर, यो कुरा शत्रुले चाल पाउनु हुदैन।’ कार्यकर्तालाई जनविद्रोहमार्फत् जनवाद र अनमिन तथा अन्य दलहरूलाई राष्ट्रिय सरकारमार्फत् शान्ति प्रक्रियाको भ्रम दिनु पर्ने प्रचण्डको तर्क छ।
गोपनीयता बचाउन पोलिटब्यूरो सदस्यहरूलाई नै नदिएको प्रचण्डको राजनीतिक प्रतिवेदन मोहन वैद्य, बाबुराम भट्टराई र नारायणीकाजी श्रेष्ठलाई भने दिइएको थियो। प्रचण्डको राजनीतिक प्रतिवेदनमा माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको कार्यदिशा तय गरिएको छ। सेनापतिलाई कारवाही गर्ने आफ्नो सरकारको निर्णय कार्यान्वयन नभएपछि राष्ट्रपति डा. रामवरण यादवको कदम असंवैधानिक भएको भन्दै प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

— SAMBODHAN

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: