आज भोटो देखाउने जात्रा

19870104_seto machindar natha19870104_seto machindar nathaआज भोटो देखाउने जात्रा
समुद्रपारि डट कम सम्वाददाता

19870104_seto machindar natha२७ जुन, ०९ । वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन आज जावलाखेलमा भोटोजात्रा मनाइँदै छ ।करिब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म हुन्छ ।यो वर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा गत वैशाख १३ गतेदेखि पुल्चोकबाट विधिपूर्वक सुरु भएको थियो । यसपटक रथ परिक्रमा गराउने क्रममा गत जेठ २२ गते पाटनस्थित मङ्गलबजारमा रथ ढलेपछि जात्रा करिब एक महिना लम्बिएको हो ।सो जात्रालाई पाटनको सबैभन्दा महìवपूर्ण तथा उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मनाइन्छ updated

१३ असार, ललितपुर । वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन आज जावलाखेलमा परम्परागत भोटोजात्रा सम्पन्न भएको छ ।

राष्ट्रपति डा. रामबरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल लगायतका उच्च अधिकारीहरु भोटो देखाउने जात्रामा सहभागी थिए । राजतन्त्र रहँदासम्म शाहबंशीय राजाहरु भोटो देखाउने जात्रामा उपस्थीत हुने चलन थियो ।

bhote-jatraबैशाख शुक्ल प्रतिपदा देखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चलेको लामो जात्रा रत्नजडीत भोटो देखाएपछि आज सकिएको छ ।

लोक कथनअनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पारेवाफत् एक वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो खेतको आलीमा राखी काममा व्यस्त भएको बेला एक्कासी हरायो । मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भिडमा भूतले भोटो लगाएर आएको देखेपछि ती किसानले आफ्नो भोटो भन्दै दावी गरेपछि दुवै पक्षबीच खोसाखोस भयो । सो विवाद लिच्छवि राजा गुणकामदेवसमक्ष पुग्यो, तर उनले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भन्ने निर्णय गर्न सकेनन् ।

उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाई रथमा राखेर ‘कसैको प्रमाण छ कि’ भन्ने जानकारी लिने उद्देश्यले अर्को वर्ष देखाए । सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो ‘भोटो कसको हो’ भनी रथको बुर्जाबाट पुजारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ ।

करिब एक हजार ६ सय वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुईमहिनासम्म हुन्छ । गत जेठ २२ गते पाटनस्थित मङ्गलबजारमा रथ ढलेपछि जात्रा एक महिना लम्बिएको हो ।

यसैबीच गृहमन्त्रालयले जात्रामा सहभागी हुने सबै अतिथिलाई नेपाली राष्ट्रिय पोशाकमा उपस्थिति हुन अनुरोध गरेको थियो । उपराष्ट्रपति परमानन्द झाले सपथ लिने क्रममा नेपाली राष्ट्रिय पोशाक नलगाउँदा देशव्यापी विरोध प्रदर्शन भएपछि देशकै प्रमुख जात्रामा कुनै विवाद हुन नहुने भन्दै मन्त्रालयले यस्तो अनुरोध गरेको हो । अनुरोध अनुसार सवै अतिथि दौरा सुरवाल तथा कोट टोपीमा उपस्थीत थिए ।


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: