नेपाल वायुसेवा निगमले न्यारोवडीयुक्त नयाँ जहाज किन्ने अन्तिम तयारी

2009-06-25 05:27:25
काठमाडौं – नेपाल वायुसेवा निगमले न्यारोवडीयुक्त नयाँ जहाज किन्ने अन्तिम तयारी गरिरहेको छ । निगमले १४० देखि १९० सिट क्षमताको न्यारोवडीयुक्त जहाज र २४० देखि ३१० सिट क्षमताको वाइड वडी भएको जहाज किन्ने यस अघिनै निर्णय गरि गत चैत २५ गते प्रस्ताव आव्हान गरेको थियो ।

निगमलाई अमेरिकी कम्पनी वोइङ्गका तर्फबाट न्यारोवडीमा वोइङ्ग ७३७/८०० सय र वाइड वडीमा बोइङ्ग ७७७/२०० र बोइङ्ग ७६७/३०० मोडेलको जहाज बेच्ने प्रस्ताव परेको थियो । यसैगरि निगममा युरोपियन कम्पनी एयरवसका तर्फबाट १५० सिट क्षमताको एयरवेज ३२०/२००न्यारोवडी युक्त जहाजको प्रस्ताव परेको थियो । यसैगरि २८० सिट क्षमताको एयरवेज ३३०/२०० मोडेलको प्रस्ताव आएको निगमका नायबप्रबन्ध निर्देशक इन्जिनियर गणेश ठाकुरले बताए ।
समितिले छनोट गर्दा जहाजको उडान क्षमता १५ वर्षको अवधिमा कम्पनीका जहाजले पाएको सफलता मर्मत सम्भारमा लाग्नसक्ने खर्च आदिलाई आधार मानिएको ईन्जिनियर ठाकुरले जानकारी दिए । बोइङ्गले प्रस्तावित गरेको वाइड वडी मध्ये वोइङ्ग ७७७ को सिट क्षमता बढी भएको र ७६७ मा उत्पादन बन्द भइसकेकोले एयरवेजका नया जहाज किन्ने सम्भावना बढी रहेको छ ।
निगमका तर्फवाट किन्नका लागि यसअघि नायवप्रवन्ध निर्देशक ठाकुरको नेतृत्वमा १४ सदश्यीय मुल्याङ्कन समिति गठन गरिएको थियो । समितिका तर्फबट सिफारिस गरिएको न्यारोवडीको मूल्य ४ करोड ५० लाख अमेरिकी डलर सम्म पर्नेसक्ने बताइएको छ । यसअघि निगमले जहाज भाडामा लिदै संचालनमा ल्याएको थियो । नया जहाज निगमको पुरानै रुटमा उडान गरिने योजना बनाइएको छ।
नेपाल सरकारले सन २०११ लाई नेपाल पर्यटन वर्षका रुपमा मनाउने प्रस्ताव गरेको र भ्रमण वर्षका सन्दर्भमा पर्ने यात्रुको चापलाई कम गर्न आगामी ५ वर्ष भित्र २ वटा ठूला र ४ वटा साना थप जहाज किन्ने तयारी गरिरहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: