अपहरणका श्रृंखला बढ्दो, प्रभावकारी सुरक्षाको माग

राजधानीमा एकजना किशोरीको अपहरण र उनको जघन्य हत्याको खबर सेलाईनसक्दै आफ्ना साथीभाईहरु लगालग अपहरित भएपछि उनीहरुको यस्तो भनाइ सार्वजनिक भएको छ।पैसाको निम्ति अपहरण गरेर शरीर बन्धक बनाउने घटनाहरु तीव्र भएपछि व्यापारिक समुदायमा मनोवैज्ञानिक त्रास छाएको छ।गएको तीन साता यता यस्ता घटनाहरुमा ह्वात्तै वृद्धि भएको बताइएको छ।अपहरणको कुल संख्या त यकीन छैन तर अहिलेपनि ६ जना व्यापारीहरु विभिन्न समूहहरुद्वारा अपहरित अवस्थामा रहिरहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले भने।धेरैजसो घटनाहरु बाहिर नै आएका छैनन्। अहिलेपनि छ जना व्यापारीहरु अपहरित भइरहेको खबर हामीले पाएका छौं, उनले भने। आशंका

चल्तीका व्यापारीलाई अपहरण गरेर तीन, चार करोड रुपियाँसम्म फिरौती माग गर्ने र पचास लाखदेखि एक करोडसम्ममा मान्ने गिरोहहरु सक्रिय रहेको मालाकारले उल्लेख गरे। उनका अनुसार हालै अपहरित हुनेहरुमध्ये अधिकांश केही समय अगाडि आयको स्वयं घोषणा अन्तर्गत सरकारलाई सम्पत्तीको विवरण बुझाउने व्यवसायीहरु छन्। जसले सम्पत्ती घोषणा गरेका थिए तिनीहरुमध्येबाटै अपहरणमा परेको देखिएको छ। सरकारलाई बुझाइएको त्यो लिस्ट कतैबाट चुहावट भएको हामीलाई आशंका छ, मालाकारले बताए। दिनैपिच्छे अपहरणका खबर आउन थालेपछि व्यापारीहरु अचेल व्यापार विस्तार गर्ने कुराभन्दा ज्यान जोगाउने चिन्ताले ग्रसित छन्। एकजना अग्रणी उद्योगी तथा संविधानसभा सदस्यराजेन्द्र खेतानका अनुसार यसले व्यापारीहरुको मनोबल पुरै गिराएको छ। घरबाट कार्यालय र कार्यालयबाट घर जाँदापनि परिवारहरु चिन्तित हुनुपर्ने अवस्थामा व्यापारीको मनोबल जसकसैले अनुमान गर्न सक्छ, खेतानले भने।

तारो

एक्कासी आफुहरु अपराधीहरुको तारो बन्न थालेपछि व्यापारीहरुले कडा सुरक्षाको माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीका अनुसार अब सरकारले सुरक्षा क्षेत्रमा बजेट बढाएर औद्योगिक सुरक्षा बल तुरुन्तै गठन गर्नुपर्छ। अपहरणका श्रृंखला बढ्नुमा अपराधीलाई राजनीतिक संरक्षण प्राप्त हुनु एउटा प्रमुख कारण भएको व्यापारीहरुको गुनासो छ। त्यस्तो गुनासो सर्वसाधारणहरुलेपनि गर्न थालेका छन्। एकजना किशोरीको अपहरणपछि हालै भएको हत्याको विरोधमा सुरक्षा माग गर्दै बिहीबार राजधानीमा विद्यार्थी लगायत सर्वसाधारणले प्रदर्शन गरेका थिए। प्रहरीले अपराध रोक्न सुरक्षा कडा बनाइएको वताएको छ तर त्यसले मानिसहरुमा व्याप्त डरलाई हटाउन सकेको भने छैन।

विद्यालयबाटै बालक अपहरित

धनगढी – एक निजी विद्यालयको गेटबाटै बिहीबार सात बर्षे बालक अपहरणमा परेका छन् । स्थानीय गणेश वावा विद्यालयका कक्षा १ मा पढ्ने बालक शुभलाल राणालाई बिहान साढे १० बजेको टिफिन समयमा  दुईजनाले हात समात्दै  गेटबाट बाहिर निकालेर अपहरण गरेको  इलाका प्रहरी कार्यलय टिकापुरले जनाएको छ । प्रहरीका अनुसार टिकापुर निवासी तेजप्रताप राणाका जेठो छोरा  शुभलाले छात्रावासमा  बस्दै आएका थिए ।  फिरौती असुल्ने समूहले उनलाई अपहरण गरेको हुनसक्ने प्रहरीको अनुमान छ । परिवारले अहिलेसम्म अपहरणकारीले फोन सम्पर्क नगरेको जनाएको छ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: