रुक्मांगदको छलकपट

राजतन्त्र रहेका वेला सेनामा आफ्ना मान्छेलाई माथि तान्न दरबारले व्यक्ति हेरेर नीति–नियम बनाइदिने गर्थ्यो। अहिले राजतन्त्र छैन, तर सेनाभित्र भने दरबारको पुरानो चलन यथावत् छ।नेपाली सेनाको स्टाफ कलेजमा पहिलो, दोस्रो र तेस्रो स्थानमा प्राप्त गर्ने अधिकृतलाई अमेरिका, बेलायत र भारतमा थप कोर्सका लागि पठाइने प्रचलन छ। यसपटकको स्टाफ कलेज कोर्स दुई हप्ताअघि सुरु भइसकेको छ। यसअघि स्टाफ कलेज कोर्स एकातिर ११ महिनाबाट घटाएर नौ महिनामा झारिएको र ३५ वर्षे उमेरबाट बढाएर ३७ वर्षे बनाइएको छ भने अर्कातिर पहिलो, दोस्रो र तेस्रो हुनेलाई विदेश पठाउने प्रावधान यसपटकदेखि खारेज गरिएको छ। प्रधानसेनापति रुक्मांगद कटवालका छोरा मेजर सुमांगदकै निम्ति पुरानो प्रावधानलाई यसपटक स्थगित गरिएको स्रोतको दाबी छ। स्टाफ कलेज कोर्समा सहभागी हुनका लागि लिइएको प्रवेश परीक्षामा दोस्रो स्थान हासिल गरेको भन्दै उनलाई उतै जन्मिएको छोराको हेरविचार गर्नेगरी अमेरिका पठाउन लागिएको हो। प्रवेश परीक्षामै उनलाई कसरी दोस्रो बनाइयो भन्ने कुरा पनि रोचक छ। स्टाफ कलेज कोर्स गर्ने अधिकृतहरूको नाम छनोटका लागि कटवालले माओवादी नेतृत्वको सरकारले म्याद थप नगरेकामध्ये तीनजना जर्नेलको एक बोर्ड गठन गरेका थिए। बोर्डमा सहायकरथीहरू पवनबहादुर पाण्डे, रमेश बिष्ट र नरबहादुर कँडेल थिए। यही बोर्डले कटवालपुत्र सुमांगदलाई प्रवेश परीक्षामा दोस्रो बनाएको हो।
आइए उत्तीर्ण हुन नसकेपछि भारतीय सर्टिफिकेट पेस गरेर सेकेन्ड ले7िटनेन्ट भएका सुमांगदले पछि आइए पास गरेपछि मात्र भारतीय सर्टिफिकेट निकालेर नेपालबाटै आइए पास गरेको सर्टिफिकेट हालिएको बताइन्छ।
उता, नयाँ सरकारले कुनै पनि अपराध गर्नेलाई उन्मुक्ति नदिने बताइरहेका वेला कटवालले भने भैरवनाथ गणमा ४७ जनालाई बेपत्ता पार्ने १० नं. बाहिनीका तत्कालीन प्रमुख मेजर जनरल तोरणजंगबहादुर सिंहलाई रथीमा बढुवा गर्ने निर्णय गराइछाडेका छन्। पूर्वराजा ज्ञानेन्द्रका पारिवारिक नातेदारसमेत रहेका सिंहलाई प्रधानसेनापति बनाउने लक्ष्यका साथ दरबारले पहिल्यैदेखि गु्रम गर्दै ल्याएको थियो। लोकतन्त्र स्थापना र राजतन्त्रको बिदाइपछि सिंह प्रधानसेनापति बन्ने सम्भावनाबाट टाढा पुगे पनि सेनाभित्रको एउटा खेमाले उनलाई नयाँ प्रधानसेनापतिको रूपमा हेर्न थालेको छ। सेनाभित्रका ठकुरी क्षेत्रीहरूले उनलाई नयाँ प्रधानसेनापतिका रूपमा भित्रभित्रै प्रचार गर्नसमेत थालेका छन्। सो समूहले सोझा र इमानदार प्रकृतिका रथी छत्रमानसिंह गुरुङको उमेरसम्बन्धी विवाद उछालेर सिंहलाई प्रधानसेनापति बनाउने योजना बनाएको स्रोतले बताएको छ। सेनाभित्र जनजातिको हालिमुहाली बढेको कथित आरोप लगाएर ठकुरी–क्षेत्री समूहले गुरुङको प्रधानसेनापति बन्ने बाटो रोक्न खोजेको हो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: