कांग्रेस उपनेतामा सिंह

prakash११ असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको उपनेतामा प्रकाशमान सिंह चयन हुनुभएको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले सिंहलाई उपनेतामा चयन गरेको हो । कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा समर्थक देखिएका उहाँले संसदीय दलको नेताको निर्वाचनमा रामचन्द्र पौडेललाई प्रस्ताव गर्नुभएको थियो । सिंह काठमाडौं क्षेत्र न. १ बाट संविधानसभा निर्वाचनमा विजयी हुनुभएको हो । कांग्रेस विधानमा उपनेताको चयन दलका नेताले गर्ने प्रावधान छ ।

दलको नेता कार्यसमिति सदस्यहरुको निर्वाचनपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो । बैठकमा संसदीयदलको निर्वाचनको समीक्षा, संबिधानसभा र सरकारमा कांग्रेसको भुमिका अवरुद्ध संसद बैठकलगायतमा छलफल भएको दलका सचेतक शोभाकर पराजुलीले जानकारी दिनुभयो ।

गत शनिवार भएको संसदीयदलको निर्वाचनमा उपसभापति रामचन्द्र पौडेल दलको नेतामा निर्वाचित हुनुभएको थियो भने २९ सदस्यीय कार्यसमितिमध्ये १७ सदस्य निर्वाचित भएका थिए

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: