गर्मीको प्रभाव देशब्यापी

काठमाडौ, 23 june लामो समयसम्म मनसुन शुरु नभएर गर्मी बढेका कारण देशभर गर्मीको असर परेको छ ।
गर्मी र खडेरी बढेपछि लमजुङमा टाइफाइड, ज्वरो र झाडापखलाको प्रकोप बढेको छ । प्रकोपका कारण गाउँ-गाउँका स्वास्थ्य संस्थादेखि सदरमुकाम वेसीशहरका अस्पताल तथा क्लिनिकहरुमा विरामीको चाप निकै बढेको छ ।विरामीको चाप बढेका कारण लमजुङको एकमात्र जिल्ला सामुदायिक अस्पताल तथा क्लिनिकहरुमा अहिले विरामीलाई शैया बाहिर राखेर उपचार भइरहेको छ । दैनिक सयजना विरामी आउने गरेकोमा अहिले दैनिक दुईसय ५० विरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेको अस्पतालले जनाएको छ । ५० शैय्याको जिल्ला अस्पतालमा दैनिक ५० भन्दा बढी विरामी भर्ना हुने गरेको अस्पतालले जनाएको छ ।

लमजुङ सदरमुकाम वेसीशहरमा रहेको जिल्ला अस्पतालमा अहिले विशेष गरी भाइरल ज्वरो, टाइफाइड, निमोनिया, झाडापखला, रुघाखोकी, आउँ लगायतका रोगीहरुको संख्या बढेको छ । लमजुङ सामुदायिक अस्पतालमा लमजुङका मात्र नभएर गोरखा, तनहुँ, मनाङ लगायत जिल्लाका विरामीहरु समेत आउने गरेका छन् । अस्पतालमा विरामी बढेकाले शैय्या बाहिर रेखदेख गर्नुपर्दा ज्यादै समस्या भएको लमजुङ जिल्ला सामुदायिक अस्पतालका नर्स सुपरभाइजर नानु पुनले वताइन् ।

लमजुङ सामुदायिक अस्पतालमा मात्र नभएर सदरमुकाम वेसीशहर लगायत भोटेवडार, सुन्दरवजार, खुदी, भोर्लेटार, दुईपिप्ले लगायतका स्थानमा रहेको नीजी क्लिनिकहरुमा पनि अहिले विरामीहरुको निकै चाप छ । अघिपछि सुनसान देखिने ती क्लिनिकहरुमा अहिले विरामीहरु वढ्न थालेपछि स्वास्थ्यकर्मीलाई भ्याई नभ्याई छ ।

यता, गाउँगाउँमा विरामी बढेका कारण स्वास्थ्य संस्थामा औषधीको अभाव छ । गाउँ-गाउँमा औषधीको अभाव वढ्न थालेपछि सर्वसाधारणहरु छिमेकी गाउँको स्वास्थ्य चौकीहरुमा गएर सेवा लिन वाध्य भएका छन् । गाउँ-गाउँका स्वास्थ्य संस्थामा अहिले टाउको, पेट, आँखा तथा घाउखटिराका रोगसम्वन्धि औषधीको अभाव खडि्कएको छ ।

उनीहरुले जिल्ला जनस्वास्थ्य कार्यालयले पर्याप्तमात्रामा औषधी नपठाइदिएको आरोप लगाएका छन् । कुनै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा विरामीहरु अलपत्र परेका छन् । विरामीहरु अलपत्र परेपछि दुर्गम वस्तीका सर्वसाधारणहरु दुई/तीन दिन लगाएर सदरमुकाम वेसीशहर धाउन बाध्य छन् । सामान्य विरामी हुँदा आफ्नै गाउँको स्वास्थ्य संस्थामा एक्लै जाने गरेका विरामीहरुलाई लिएर परिवार नै सदरमुकाम वेसीशहर झरेका छन् ।

गर्मीका कारण जिल्लाभरका विद्यालय बन्द

बढ्दै गईरहेको गर्मीका कारण बुधबारबाट कञ्चनपुरका सम्पूर्ण विद्यालयहरु बन्द गरिएका छन् । केही दिन यता बढेको अत्याधिक गर्मीका कारण विद्यालयहरुमा कक्षा सञ्चालनमा कठिनाई भएकोले विद्यालयहरु बन्द गरिएको जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले जनाएको छ ।

शिक्षक पेशागत सङ्गठनहरुको मङ्गलबार बसेको संयुक्त बैठकलेे गर्मीका कारण लामो विदामा मिलान हुने गरी वर्षे विदा दिन जिल्ला शिक्षा कार्यालयलाई अनुरोध गरेपछि सम्पूर्ण बिद्यालयहरु बन्द गरिएको जिल्ला शिक्षा अधिकारी गोविन्द देव भट्टले जानकारी दिए । जिल्ला शिक्षा कार्यालयलले सवै विद्यालयहरुलाई लामो विदावाट मिलान हुने गरी विद्यार्थीहरुलाई वर्षे विदा दिन निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी भट्टले बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: