सीमा विवाद रहेको भारतको स्वीकार

भारतले नेपालसँग सीमा विवाद रहेको स्वीकार गरेको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव शिवशंकर मेननले नेपाल र भारतबीच सिमा विवाद रहेको भन्दै सन् १९५० देखि यता भएका सवै सन्धिको पुनरावलोकन गरि विवाद टुंगाउनुपर्ने बताउनुभएको छ ।नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसितको भेटमा मेनन्ले सिमा बिवाद रहेको स्वीकार गरेको अध्यक्ष खनालले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री माधवकुमार नेपालसितको भेटमा विदेश सचिव मेननले दुवै देशले उच्चस्तरबाट छानवीन गरी सीमा समस्या समाधान गर्न सहमति जनाएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टर्राईले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीसँगको भेटमा विदेशसचिव मेनन्ले सिमाक्षेत्रमा भारतीय सुरक्षा वलले ज्यादती गरेको भए छानविन गरि दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

मेननले आजै राष्ट्रपति डाक्टर रामवरण यादव, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोईराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित पनि छुट्टा छुट्टै भेट गर्नुभएको थियो । भारतीय बिदेश सचिव मेनन नेपालको पछिल्लो राजनीतिक अवस्था र सीमा समस्याबारे छलफल गर्न काठमाण्डु आउनुभएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: