दैनिक डकैति हुनथालेपछि सिमावर्ती क्षेत्र आतंकित

अबधेशकुमार झा(kantipur)

इनरुवा , असार ६ – हतियारधारी भारतीय डाकाहरुले बिगत तीन दिन यता दैनिक रुपमा लुटपाट मच्चाउन थालेपछि सिमाबर्ती सुनसरीको अमडुवाका बासिन्दा बिस्थापित हुने अबस्थामा पुगेका छन् ।
तीन दिनदेखी २५/३० जनाको संख्यामा आउने गरेका डाकाहरुले आधुनिक हतियारवाट फायरिंग गर्दै लुटपाट गर्न थालेपछि स्थानीयहरु सुरक्षा खोज्दै विस्थापित हुने अवस्थामा पुगेका हुन् ।
सदरमुकाम इनरुवावाट ३० किलोमिटर पूर्व दक्षिणमा भारतीय सीमा संग जोडिएको अमडुवामा शुक्रवार राति मात्र करिब ३० जनाको संख्यामा आएका हतियारधारी भारतीय डाकाले गाउँमा फायरिंग गरेको अमडुवा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सरिलाल चौधरीले जानकारी दिए ।
उनका अनुसार मध्यराति आएका डाकाहरुले गाउँमा फायरिंग गरि लुटपाट गर्न खोजेपछि प्रहरी र गाउले मिलेर संयुक्त प्रतिकार गरेपछि फायरिंग गर्दै डाकाहरु भारततर्फ भागेका थिए ।
यसैगरि गत असार ३ गते आएका हतियारधारी भारतीय डाकाले अमडुवा १ बस्ने सुजन साह , सुनिल साह , राजेश राम , राजकुमार राम र मुनेश्वर राम लगायतको घरमा कुटपीट गर्दै लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । डाकाहरुले सुनचाँदी , नगद र एकहल रांगा पनि लुटेर लगेको प्रहरीले जनाएको छ । सो क्रममा स्थानिय प्रहरी चौकीका प्रहरी र डाकाहरुबीच दोहरो गोली हानाहान भएको थियो । गोली हानाहानको क्रममा नेपाल प्रहरीले ४० राउण्ड फायर गरेपनि २० राउण्ड मात्र पडकेको र पुरानो हतियार रहेका कारण अन्य २० राउण्ड पडकन नसकेको प्रहरी स्रोतले जनाएको छ ।
भारतीय सिमासँग जोडिएको उक्त गाउँमा डाकाहरु एस एस वीको क्याम्प रहेको छेवैवाट छिर्ने गरेपनि उनीहरुले कुनै प्रतिक्रिया नजनाउने स्थानीयको आरोप छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: