विदेशी युवतीद्वारा गहना चोरी

विदेशी युवतीद्वारा गहना चोरी
समुद्रपारि डट कम सम्वाददाता
१९ जुन, ०९ । न्युरोडको व्यस्त र सुरक्षाका दृष्टिले अति संवेदनशील क्षेत्रमा दिनदहाडै विदेशी किशोरीबाट लाखौँको चोरी भएको छ ।
झट्ट सुन्दा अपत्यारिलो लागे पनि यस्तै घटना भयो बिहीबार मध्याहृन न्युरोड पीपलबोटछेउको एक गहनागृहमा ।
नाटकीय रूपमा गहना चोर्न सफल किशोरीले गहना चोरेको तीन घन्टा पनि नबित्दै प्रहरीले उनीहरू बसेको होटलमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएर अर्को नौलो व्यावसायिक दक्षता प्रदर्शन गरे ।
ट्याक्सीमा आएका अधबैँसे सिरिया र टर्कीका दुई युवती करिब २ बजेर १० मिनेटमा असरी ज्वेलर्समा हतारहतार छिरे । आफू आएको ट्याक्सीलाई पसलबाहिर केही बेर पर्खन आग्रह गरे । “अस्पष्ट अङ्ग्रेजी बोल्ने उनीहरूले बढी तौलका सामान झिक्न भने”, बिक्री काउन्टरकी एक युवतीले भनिन्, “उनीहरू हतारमा देखिन्थे ।” खाजा खाने समय भएकाले त्यतिबेला ज्वेलर्स काउन्टरमा कार्यरत पाँचजनामध्ये दुईजना मात्र थिए ।
चोरीमा संलग्न सिरियाकी २० वर्षीया किशोरी अलखालिल र टर्कीकी १९ वर्षीया इभी किजीले विभिन्न किसिमका सामान देखाउन आग्रह गरे । कहिले यता कहिलो उता कहिले तल कहिले माथि गरेर दुईजना कामदारलाई रनभुल्लमा पारे । “एउटा सामान देखाउँदा पूरै ‘ट्रे’ नै देखाउन भन्ने”, उनले सुनाइन्, “त्यसपछि मात्र उनीहरूमाथि शङ्का लाग्यो ।” उनीहरू करिब चार मिनेटमै त्यहाँबाट बाहिरिएको ज्वेलर्समा राखिएको सीसी टीभीले कैद गरेको छ ।
ज्वेलर्सका सञ्चालक ज्ञानेश्वर जोशीका अनुसार १३ तोला बराबरका छवटा ब्रासलेट, १० तोला बराबरका पाँचवटा चेन र चार दशमलव आठ तोला बराबरका पाउजु -पायल) लिएर उनीहरू सोही ट्याक्सी चढेर भाग्न सफल भए ।
त्यसको कुल मूल्य करिब छ लाख ९२ हजार रुपियाँ रहेको जोशीले बताउनुभयो । पसलबाट हस्याङफस्याङ गर्दै निस्केका उनीहरू रेलिङमाथिबाटै सडकमा निस्केर ट्याक्सीमा चढेपछि त्यहाँ रहेका सुरक्षा गार्डले ट्याक्सीको नम्बर टिपेका थिए ।
तत्काल प्रहरीमा दिएको सूचनाका आधारमा बा.१ज ६८६८ नम्बरको सो ट्याक्सी चालकसहित प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो ।
चालक भरत बोहोराका अनुसार ठमेलस्थित होटल इन्काउन्टर नेपालबाट चढेर न्युरोड आएका उनीहरूले सुरुमा रिद्धिसिद्धि ज्वेलर्समा गहना चोर्ने प्रयास गरेका थिए । तर उनीहरूले ‘आई कन्ट्याक्ट’, ‘आई कन्ट्याक्ट’ भन्दै कोड भाषा प्रयोग गरेपछि पसलका व्यापारीले उनीहरूलाई गहना हेर्न दिएनन् । त्यसलगत्तै उनीहरू असरी ज्वेलर्समा पुगेर गहना चोरेर भाग्न सफल भए ।
न्युरोडबाट उनीहरू सोही ट्याक्सीमा ठमेल झरे । चालकको बयानअनुसार महानगरीय प्रहरी प्रभाग जनसेवाका प्रहरी सहायक निरीक्षक गोपाल केसीको कमान्डमा खटिएको टोली होटल इन्काउन्टरमा छापा मार्न पुग्यो ।
तर होटलको रेकर्डअनुसार उनीहरूले बिहीबार दिउँसो १२ बजे नै सो होटल छाडेका रहेछन् तर उनीहरूले होटलमा आफूहरू जोर्डनका नागरिक भन्ने परिचय टिपाएका रहेछन् । चारजनाको सङ्ख्यामा उनीहरू केही समयदेखि सोही होटलमा बस्दै आएका थिए । ती चारजनामध्ये चोरीको मुख्य नायिका अलखालिल र उनका पति गनिमेट र छोरा रहेको पाइएको छ । साथै चोरीमा संलग्न टर्कीकी किशोरी घरेलु कामदार रहेको बताइएको छ ।
प्रहरीले ठमेल, लाजिम्पाट र दरबारमार्गका होटलमा चालकलाई साथै लिई अनुसन्धान गरिरहेकै बेला चाललको मोबाइल सेटमा घन्टी बज्यो । प्रहरीले सो टेलिफोन नम्बर नोट गरे । चालकलाई सोही समूहका सदस्यले फोन गरेको आशङ्कका प्रहरी सहायक निरीक्षक केसीले सो फोनमा सम्पर्क गर्दा उक्त फोन बूढानीलकण्ठस्थित पार्क भिलेज रिजोर्टको भएको थाहा भयो ।
सिभिल ड्रेसमा रहेको केसीसहितको प्रहरीटोली त्यसपछि बूढानीकलण्ठ पुगी छापा मार्दा सीसी टीभीमा कैद भएको अनुहार र रिद्धिसिद्धिले दिएको हुलिया मिलेपछि प्रहरीले उनीहरूबाटै चोरी भएको यकिन गर्दै थप अनुसन्धान गरिरहेको छ ।
प्रहरीले उनीहरूलाई पक्राउ गरे पनि सामान भने बमराद हुन सकेको छैन ।
सोही समूहले केही दिनदेखि सोही ट्याक्सी प्रयोग गर्दै आएको र उनीहरू बुधबार भक्तपुर, बनेपा र पाटन घुमेका थिए । चालक बोहोराले उनीहरूले पोखरासमेत घुम्न जाने बताउँदै त्यहाँ ठूलाठूला गहनागृह भए/नभएको जिज्ञासा राख्ने गरेको प्रहरीसमक्ष बताएका छन्  न्युरोडको व्यस्त र सुरक्षाका दृष्टिले अति संवेदनशील क्षेत्रमा दिनदहाडै विदेशी किशोरीबाट लाखौँको चोरी भएको छ ।

झट्ट सुन्दा अपत्यारिलो लागे पनि यस्तै घटना भयो बिहीबार मध्याहृन न्युरोड पीपलबोटछेउको एक गहनागृहमा ।नाटकीय रूपमा गहना चोर्न सफल किशोरीले गहना चोरेको तीन घन्टा पनि नबित्दै प्रहरीले उनीहरू बसेको होटलमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएर अर्को नौलो व्यावसायिक दक्षता प्रदर्शन गरे ।ट्याक्सीमा आएका अधबैँसे सिरिया र टर्कीका दुई युवती करिब २ बजेर १० मिनेटमा असरी ज्वेलर्समा हतारहतार छिरे । आफू आएको ट्याक्सीलाई पसलबाहिर केही बेर पर्खन आग्रह गरे । “अस्पष्ट अङ्ग्रेजी बोल्ने उनीहरूले बढी तौलका सामान झिक्न भने”, बिक्री काउन्टरकी एक युवतीले भनिन्, “उनीहरू हतारमा देखिन्थे ।” खाजा खाने समय भएकाले त्यतिबेला ज्वेलर्स काउन्टरमा कार्यरत पाँचजनामध्ये दुईजना मात्र थिए ।चोरीमा संलग्न सिरियाकी २० वर्षीया किशोरी अलखालिल र टर्कीकी १९ वर्षीया इभी किजीले विभिन्न किसिमका सामान देखाउन आग्रह गरे । कहिले यता कहिलो उता कहिले तल कहिले माथि गरेर दुईजना कामदारलाई रनभुल्लमा पारे । “एउटा सामान देखाउँदा पूरै ‘ट्रे’ नै देखाउन भन्ने”, उनले सुनाइन्, “त्यसपछि मात्र उनीहरूमाथि शङ्का लाग्यो ।” उनीहरू करिब चार मिनेटमै त्यहाँबाट बाहिरिएको ज्वेलर्समा राखिएको सीसी टीभीले कैद गरेको छ ।

ज्वेलर्सका सञ्चालक ज्ञानेश्वर जोशीका अनुसार १३ तोला बराबरका छवटा ब्रासलेट, १० तोला बराबरका पाँचवटा चेन र चार दशमलव आठ तोला बराबरका पाउजु -पायल) लिएर उनीहरू सोही ट्याक्सी चढेर भाग्न सफल भए ।

त्यसको कुल मूल्य करिब छ लाख ९२ हजार रुपियाँ रहेको जोशीले बताउनुभयो । पसलबाट हस्याङफस्याङ गर्दै निस्केका उनीहरू रेलिङमाथिबाटै सडकमा निस्केर ट्याक्सीमा चढेपछि त्यहाँ रहेका सुरक्षा गार्डले ट्याक्सीको नम्बर टिपेका थिए ।

तत्काल प्रहरीमा दिएको सूचनाका आधारमा बा.१ज ६८६८ नम्बरको सो ट्याक्सी चालकसहित प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो ।

चालक भरत बोहोराका अनुसार ठमेलस्थित होटल इन्काउन्टर नेपालबाट चढेर न्युरोड आएका उनीहरूले सुरुमा रिद्धिसिद्धि ज्वेलर्समा गहना चोर्ने प्रयास गरेका थिए । तर उनीहरूले ‘आई कन्ट्याक्ट’, ‘आई कन्ट्याक्ट’ भन्दै कोड भाषा प्रयोग गरेपछि पसलका व्यापारीले उनीहरूलाई गहना हेर्न दिएनन् । त्यसलगत्तै उनीहरू असरी ज्वेलर्समा पुगेर गहना चोरेर भाग्न सफल भए ।

न्युरोडबाट उनीहरू सोही ट्याक्सीमा ठमेल झरे । चालकको बयानअनुसार महानगरीय प्रहरी प्रभाग जनसेवाका प्रहरी सहायक निरीक्षक गोपाल केसीको कमान्डमा खटिएको टोली होटल इन्काउन्टरमा छापा मार्न पुग्यो ।

तर होटलको रेकर्डअनुसार उनीहरूले बिहीबार दिउँसो १२ बजे नै सो होटल छाडेका रहेछन् तर उनीहरूले होटलमा आफूहरू जोर्डनका नागरिक भन्ने परिचय टिपाएका रहेछन् । चारजनाको सङ्ख्यामा उनीहरू केही समयदेखि सोही होटलमा बस्दै आएका थिए । ती चारजनामध्ये चोरीको मुख्य नायिका अलखालिल र उनका पति गनिमेट र छोरा रहेको पाइएको छ । साथै चोरीमा संलग्न टर्कीकी किशोरी घरेलु कामदार रहेको बताइएको छ ।

प्रहरीले ठमेल, लाजिम्पाट र दरबारमार्गका होटलमा चालकलाई साथै लिई अनुसन्धान गरिरहेकै बेला चाललको मोबाइल सेटमा घन्टी बज्यो । प्रहरीले सो टेलिफोन नम्बर नोट गरे । चालकलाई सोही समूहका सदस्यले फोन गरेको आशङ्कका प्रहरी सहायक निरीक्षक केसीले सो फोनमा सम्पर्क गर्दा उक्त फोन बूढानीलकण्ठस्थित पार्क भिलेज रिजोर्टको भएको थाहा भयो ।

सिभिल ड्रेसमा रहेको केसीसहितको प्रहरीटोली त्यसपछि बूढानीकलण्ठ पुगी छापा मार्दा सीसी टीभीमा कैद भएको अनुहार र रिद्धिसिद्धिले दिएको हुलिया मिलेपछि प्रहरीले उनीहरूबाटै चोरी भएको यकिन गर्दै थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उनीहरूलाई पक्राउ गरे पनि सामान भने बमराद हुन सकेको छैन ।

सोही समूहले केही दिनदेखि सोही ट्याक्सी प्रयोग गर्दै आएको र उनीहरू बुधबार भक्तपुर, बनेपा र पाटन घुमेका थिए । चालक बोहोराले उनीहरूले पोखरासमेत घुम्न जाने बताउँदै त्यहाँ ठूलाठूला गहनागृह भए/नभएको जिज्ञासा राख्ने गरेको प्रहरीसमक्ष बताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: