दोश्रो मन्त्रिमण्डल विस्तार..काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर???

विश्व ब्यापी रुपमा भारतले सिमा क्षेत्रमा गरिरहेको ज्यादतीको बिरोध भैरहेको छ। तर नेपाल हाँक्ने जिम्मा लिएका नेपाली नेताहरु भने मन्त्री बन्ने तछाड र माछाड गरीरहेका छन। अब मन्त्रीको संख्या २२ पुगेको छ।तर मन्त्रालयको भागवण्डामा कुरा नमिल्दा मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको कोशिश बुधवार पनि पुरा हुन सकेन।राष्ट्रपति कार्यालयमा भएको शपथ ग्रहणमा मन्त्रीहरुको जुलुसनै देखिने मानिसहरुको अनुमान त मिलेन तर भागवण्डाको झगडाले मन्त्रिमण्डलको पूर्णतामा ढीलाइ भएको वास्तविकतालाई अरु छर्लङ्ग तुल्याइदियो।

तराईका दल अनिर्णित

बाइस दलीय गठबन्धन सरकारमा ४० जना भन्दा बढी मन्त्रीहरु हुने पक्का भइसकेको भएपनि तराईका तीन दलहरुका तर्फबाट मन्त्री र मन्त्रालयको टुंगो लागिनसकेकाले प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिन सकेनन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले भने, मधेशी जनअधिकार फोरमसंग कुरा टुंगिसकेको भएपनि आफ्नो केन्द्रीय समितिको बैठक जारी रहेकाले मन्त्रीको सूची दिननसकेको फोरमका नेत विजय कुमार गच्छदारले बताउनु भयो।

तराई मधेश लोकतान्त्रिक पार्टीसंग दुई मन्त्रालयको टुंगो लागिसकेको भएपनि विज्ञान प्रविधि र वातावरण मन्त्रालयलाई टुक्र्याएर एउटा लिन प्रस्ताव गरिएकोमा त्यसमा कुरा मिल्न बाँकी छ। सदभावना पार्टीले चाहीं प्रस्ताव गरिए भन्दा एउटा थप गरी दुई मन्त्रालय मागेकाले कुरा मिलेन।

बुधवारको विस्तारपछि एमालेका भीम रावल (गृह) शंकर पोखरेल (संचार) रकम चेमजोङ (शान्ति तथा पुननिर्माण) र प्रभाकर प्रधानांग रवीन्द्र श्रेष्ठ (सामान्य प्रशासन) र नेपाली काँग्रेसका मोहमद आफताब आलम (श्रम तथा यातायात व्यवस्था) मन्त्री बनेका छन्।

बुधवारनै प्रधानमन्त्रीको कार्यालयमा ६ जनालाई राज्यमन्त्रीको शपथ गराइएको थियो।

तराईका दल र अरु साना दलहरुबाट मन्त्रीहरु नियुक्त हुन केही दिन लाग्न सक्ने रिजालको भनाइ थियो।

वीरबलको खिचडी

दलहरुभित्र मन्त्री बन्ने होड र दलहरुबीच चाहीं सकेसम्म धेरै मन्त्रालय पाउन र सकेसम्म राम्रो भनिने मन्त्रालय हात पार्न हानथाप भएपछि मन्त्रिमण्डलको पूर्णता वीरबलको खिचडी बनेको छ।

मन्त्रालयको बाँडफाँडकै विवादले गर्दा बुधवार तोकिइसकेका भनिएका मन्त्रालयहरुको विभाजनमा समेत अन्योल देखिएको थियो।

शुरुमा प्रधानमन्त्री सहित एमालेकै अर्थ मन्त्री र रक्षा मन्त्री रहेको मन्त्रिमण्डलको पहिलो विस्तारमा नेपाली कांग्रेस, मधेशी जनअधिकार फोरम र एउटा सानो वामपन्थी दलका आठ मन्त्रीहरु नियुक्त भएका थिए।

ती मध्ये बिनाविभागीय पाँचजनाले दुई साता पछि मन्त्रालय पाएका छन्।

गठबन्धनका दलहरुको मन्त्री पदको लालसा पूरा गर्न र क्षेत्र, लिंग र जातिको दृष्टिमा समावेशी बनाउन खोज्दा मन्त्रिमण्डलले छिट्टै भीमकाय आकार लिनेछ।

सरकारले आफ्नो आकारको औचित्य पुष्टी गर्न सबभन्दा पहिले त आफ्नो लामो आयू पक्का गर्ने काम गर्नु पर्नेछ।

विश्लेषकहरु भन्छन यो आफैमा सजिलो काम होइन। अनि त्यो गाहो कामको धूनमा यसले समयमै संविधान बनाउने र देश हाँक्ने मुख्य जिम्मेवारी पूरा गर्न कति फुर्सत पाउने हो धेरैलाई कौतुहल हुनेछ

नेपाल भारत समस्या???

खै त नेपाल भारत सिमा क्षेत्रको समस्या बारे कुनै मन्त्री तथा नेताहरुले बोलेको?कतै मैले मात्र नसुनेको होकी? कतै भारतले नै नेपालको संबिधान बनाइदिने त हैन? कस्तो लाग्छ तपाईंलाई?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: