भगवानलाई ७२ करोडको मुकुट

tirupati.jpg

भारतको कर्नाटक राज्यका पर्यटन तथा नागरिक उड्डयन मन्त्री जनार्दन रेड्डीले तिरुपति बालाजी मन्दिरमा ७२ करोड रुपैयाँ मूल्यको मुकुट चढाएका छन्। ३२ किलो चाँदी र ७० हजार हिरा जडित उक्त मुकुटको बीचमा पुखराज जडान गरिएको छ। जसलाई अफ्रिकाबाट विशेषरुपमा ल्याइएको बताइएको छ।

मुकुटको बीचमा जडान गरिएको एउटा हिराको मूल्य १६ करोड रुपैयाँ भएको बताइएको छ ।

भारतका प्रख्यात उद्योगपतिसमेत रहेका रेड्डीले चढाएको उक्त मुकुटले महंगो भेटीका रुपमा ४ सय वर्ष पुरानो कीर्तिमानलाई पछि पारेको छ। चार सय वर्षअघि विजयनगरका राजाले यस्तै महंगो भेटी चढाएका थिए।यसका साथै बालाजीलाई भेटीका रुपमा चढाइएको मुकुटको संख्या आठ पुगेको छ।उता मन्त्री रेड्डीले भगवानलाई भेटी राख्न पाएकोमा खुसी व्यक्त गरेका छन्।’म आज जे छु यिनै कृपालु भगवानको आशीर्वादको फल हो’- उनले भने।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: