चिलीबाट १३ करोडको च्युइङगम आयात

हामी खाने तेल लसुनदेखि च्युइङगमका लागि सात समुन्द्रपारी दक्षिण अमेरिकी मुलुकसँग निर्भर गर्छौ भन्दा विश्वास नलाग्न सक्छ। नेपालले भटमास तेलका लागिमात्र वार्षिक ३ अर्ब ५८ करोड रुपैंया दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनालाई बुझाउँदै आएको छ।नेपाल वैदेशिक व्यापार प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार नेपालले अर्जेन्टिनाबाट भटमास तेल लसुन र च्युइङगमलगायत खाद्य वस्तुका लागि वार्षिक झण्डै चार अर्ब रुपैंयाँ बराबरको आयत गर्दै आएको छ। २००७-८ मा त्यस देशबाट चुइङगममात्रै १३ करोड २४ लाख र लसुन ५४ लाख ८७ हजारको आयत गरेको छ। यसको तुलनामा एकदमै नगन्य १९ लाख ३३ हजारको मूर्ती कार्पेट हातबाट निर्मित कागज सुतीका कपडा र उनका फेटा निर्यात भएका छन् ।

परराष्ट्र अधिकारी र विज्ञले आर्थिक कूटनीतिमार्फत् बढ्दो व्यापार घाटा न्यून गर्न सकिने सुझाव दिएका छन्। तर प्रतिस्पर्धी विश्वमा बजार विस्तारका लागि आर्थिक कूटनीति बिस्तार गर्न दक्षिण अमेरिकमा एउटा दूतावाससमेत छैन।अर्जेन्टिनामात्रै होइन ब्रजिल, चिलीलगायत दक्षिण अमेरिकी मुलुकबाट चक्लेटदेखि मदिरासम्म ल्वाङदेखि लसुनसम्म आयात गरिँदै आएको छ। सबै मुलुकसँग व्यापार घाटा अत्यधिक छ ।तथ्यांकअनुसार ब्रजिलबाट ०७/८ मा ४६ करोड ८३ लाखको खाने तेल मदिरा ल्वाङ आयत गरिएको छ। ल्वाङमात्र ८० लाखको नेपाल भित्रिएको छ।नेपालबाट झोलाहरु बनाउन प्रयोग हुने बाख्राका छाला सुतीका सर्ट फेटा चाँदीका गहना चित्रकलालगायत वस्तु निर्यात भए पनि त्यसले बढ्दो व्यापार घाटा न्यून गर्न सकेको छैन। त्यस वर्ष मात्र ४ करोड ६२ लाखको मात्र नेपाली उत्पादन ब्राजिलमा पुगेका छन्। यस्तै चिलीबाट भएका ५४ लाख ७६ हजारका आयतमध्ये सबैभन्दा बढी वाइनमै खर्च भइरहेको छ। तर नेपालको निर्यात भने शून्यप्राय छ।

‘बढ्दो व्यापार घाटा न्यून गर्न आर्थिक कूटनीतिलाई जोड दिइनुपर्छ’- परराष्ट्रका एक अधिकारीले भने ‘तर त्यसका लागि पनि दूतावास वा महावाणिज्य दूतावास चाहिन्छ।’दक्षिण अमेरिकी मुलुकसँग पछिल्लो समय बढ्दै व्यापारिक सम्बन्धलाई दृष्टिगत गरी ब्राजिलमा दूतावास खोल्न सरकारले तयारी गरिरहेको छ। परराष्ट्र अर्थ र सामान्य प्रशासन मन्त्रालयबीच नयाँ दूतावास खोल्न सैद्धान्तिक सहमति पनि भइसकेको छ।’दूतावास खोल्ने सैद्धान्तिक सहमति भएको छु परराष्ट्रका एक अधिकारीले नागरिकसँग भने ‘दूतावासको आकार र दरबन्दी लागयत विषयमा भने अन्तिम निर्णय हुनै बाँकी छ।’सामान्य प्रशासनमन्त्री नियुक्त भएपछि छलफल हुने र निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिने ती अधिकारीले जानकारी दिए।परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशक गोपाल पोखरेलले दक्षिण अमेरिकी मुलुकमा नेपालका कुनकुन वस्तुको माग छ त्यसबारे संभाव्यता अध्ययन गरेर निर्यात बढाउन सकिने बताए। यसका लागि आर्थिक कूटनीतिमा जोड दिइनुपर्ने उनले सुझाए।

सरकारले आफैं र गैरसरकारी संघसंस्थाले पनि बजारको संभाव्यता अध्ययन गर्न सक्ने उल्लेख गर्दै उनले त्यसका लागि सरकारले कूटनीतिक तहबाट पहल गर्नु पर्ने बताए।’विभिन्न देशसँग बढ्दो व्यापार घाटा न्यून गर्न परम्परागत कूटनीतिमा मात्र संभव हुँदैन’ परराष्ट्रका अर्का एक अधिकारीले भने ‘निर्यात प्रवद्र्धन गर्न आर्थिक कूटनीतिलाई जोड दिइनुपर्छ।’

विदेशस्थित नियोगहरुले विभिन्न माध्यमबाट स्वदेशी उत्पादन यहाँका पर्यटन गन्तव्य कच्चा पदार्थबारे अभियान चलाउन सके निर्यात प्रवद्र्धन हुने उनले बताए।
आर्थिक कूटनीतिका सम्बन्धमा अध्ययन गर्न तत्कालीन राष्ट्रियसभा सदस्य उद्दवदेव भट्टको संयोजकत्वमा २०५१ मा र जनआन्दोलन२ पछि पूर्वराजदूत मुरारीराज शर्मा नेतृत्वको टोलीले यस्ता विभिन्न सुझाव दिए पनि कार्यान्वयन खासै कार्यान्वयन भएको छैन।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: